झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ भदौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने भलन छ । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग…

Read More

झापा, ११ भदौ । बेरोजगार नेपाली युवा–युवतीलाई यूरोप पठाउने प्रलोभन देखाएर ठगी गर्ने गिरोहका दुई सदस्यलाई भारतको राजधानी नयाँ दिल्लीमा पक्राउ गरिएको छ। दिल्ली क्राइम ब्रान्चको टोलीले उनीहरूलाई नेपाली युवकको उजुरीको आधारमा नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा उत्तर प्रदेशको बिजनौर निवासी ४१ वर्षीय जयकाब र बिहारको सिवान निवासी ४२ वर्षीय रुपेश रहेका छन्। जयकाब नेपाली भाषा बोल्नमा दक्ष छन्, किनभने उनले उत्तराखण्डको पिथौरागढमा अध्ययन गरेका थिए। रुपेश भने डेढ दशकदेखि ट्राभल एजेन्टको रूपमा काम गर्दै आएका व्यक्ति हुन्, जो चार वर्षदेखि जयकाबसँग मिलेर ठगीमा संलग्न थिए। उनीहरूले बेरोजगार नेपालीलाई सर्बिया लगायत युरोपका विभिन्न देशमा रोजगारी दिलाइदिने आश्वासन दिँदै दिल्ली बोलाएर…

Read More

पाँचथर, ११ भदौ । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–२ स्थित रहेको ईवा खोलामा अचानक आएको बाढीको कारण खोलाको बीच भागमा फसेका चार जना मानिसलाई प्रहरीले उद्धार गरेको छ । भदौ १० गते पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङ सिदिङवा गाउँपालिकाको सिमानामा रहेको इवा खोलामा पाहा मार्न गएका स्थानिय फिदिम नगरपालिका–४ का १९ बर्षीय प्रतिक तामाङ, २३ बर्षीय झल्ला सम्बाहाम्फे, २८ बर्षीय शेर बहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ बर्षीय सन्तोष पन्धाक अचानक आएको बाढी कारण खोलाको बीच भागमा रहेको बगरमा फसेका थिए । घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी फलैचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको प्रहरी टोलीले पानी परीरहेको…

Read More

झापा, ११ भदौ । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर–८ गिरीगाँउस्थित सडकखण्डबाट लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । आज दिउँसो १२ः३० बजे इँटाभट्टाबाट सलकपुरतर्फ जाँदै गरेको मे ११ पा ४२३३ नम्बरको सुपर स्लेन्डर मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा लागुऔषधसहित दुई युवक पक्राउ परेका हुन् । मोटरसाइकल चालक मेचीनगर–८ निवासी ३२ वर्षीय अजय मेचे र पछाडि सवार भारत पश्चिम बंगाल, दार्जिलिङ जिल्ला अन्तर्गत उत्तरा रथखोला नक्सलबारी निवासी ३० वर्षीय कनकन राह (टान्टु) लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। चेकजाँचको क्रममा राहले बोकेको कालो प्लास्टिकको झोलामा सेतो रंगको पोका फेला परेको थियो । उक्त पोका खोली हेर्दा…

Read More

मोरङ, ११ भदौ । विराटनगरस्थित मोरङ जिल्ला कारागारको शौचालयमा एक महिला कैदीको शव फेला परेको छ । मोरङ कारागारका प्रमुख गौरव ढुङ्गेलले महिलाको शव फेला परेको पुष्टि गरे । ढुङ्गेलका अनुसार महिला सेलको शौचालयभित्र बिहान ४ बजे झुन्डिएको अवस्थामा महिलाको शव फेला परेको हो । मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीय राधा भट्टराई (राधिका) हुन् । उनलाई कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैद २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजाय सुनाएको थियो । भट्टराई दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् । उनी र एक सन्तानको उद्धार भएको थियो भने एक सन्तानको मृत्यु भएपछि उनीमाथि…

Read More

बिर्तामोड, ११ भदौ । चलचित्त पत्रकार संघ नेपाल झापा शाखाको अधिवेशन कात्तिममा हुने भएको छ । संघको आज बसेको बैठकले केन्द्रीय सर्कुलर अनुसार कात्तिकमा अधिवेशन गर्ने निर्णय गरेको हो । संघले अधिवेशनको अवसरमा झापामा रहेर चलचित्र क्षेत्रमा योगदान पु¥याउने एक जना पत्रकारलाई ११ हजार १५१ रुपैयाँसहित सम्मान गर्ने भएको छ भने एक जना पत्रकारलाई पाँच हजार १५१ रुपैयाँसहित चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भएको संघका अध्यक्ष रमेश तिवारीले जनकारी दिनुभयो । त्यस्तै, संघकी सदस्य अस्मिता साँखीलाई संघको कोषाध्यक्षमा चयन गरिएको छ । बैठकले सरोज भट्टराई, सुनिरा मैनाली, भरत प्रसाईं र टिकाराम बाँस्तोलालाई संघको सदस्यमा चयन गर्ने सर्वसम्मत निर्णय…

Read More

झापा, ११ भदौ । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेको सवारीसाधनलाई असोज १ गतेदेखि कारवाही गरिने भन्ने प्रचारप्रति स्पष्ट प्रतिक्रिया दिँदै त्यसमा कुनै सत्यता नरहेको जनाएको छ। विभागले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै हाललाई इम्बोस्ड नम्बर प्लेट नजडाएकोमा कुनै दण्ड वा जरिवाना नलाग्ने स्पष्ट पारेको हो। विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा असोज १ पछि कारवाही हुने, जेल सजायसमेत हुन सक्ने भन्ने भ्रामक प्रचारप्रति विभागले आपत्ति जनाउँदै नागरिकलाई भ्रममा नपर्न आग्रह गरेको छ। विभागले सवारीधनीहरूलाई आफू अनुकूलको यातायात कार्यालयमा गई स्वेच्छाले नम्बर प्लेट जडान गर्न अनुरोध गर्दै डिजिटाइजेसन प्रक्रियामा सहयोग गर्न आह्वान गरेको छ। विभाग तथा प्रदेश कार्यालयहरूमा…

Read More

झापा, ११ भदौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कनकाई–८ स्थित बिरिङ खोला पुलमा पिकअप र मारुती भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । करिब पौने ९ बजेको समयमा सुरुंगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट जाँदै गरेको मे १ च ३४४० नम्बरको भ्यान आपसमा ठोक्किएका थिए । दुर्घटनामा भ्यानका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको पूर्ण पहिचान भइसकेको छैन । दुर्घटनामा घाइते भएका भ्यानका चालकलाई तत्काल उद्धार गरी बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ डाक्टरले उनको मृत्यु भएको घोषणा गरेका…

Read More

नवलपरासी, ११ भदौ । देवचुली नगरपालिका–६ स्थित टोक्रे खोला पुल नजिक मङ्गलवार सामान बोक्ने अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। दुर्घटनामा परेका सबै भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। कीर्तिपुरबाट दलदलेतर्फ जाँदै गरेको लु १ स ९०९४ नम्बरको अटो सडकबाट तल खस्दा भारत मोतिहारी घर भएका ३५ वर्षीय रिजुवान खातुनको उपचारका क्रममा मृत्यु भएको हो। अटोमा चालकसहित १२ जना सवार थिए। प्रहरी उपरीक्षक यादव ढकालका अनुसार घाइते सबैलाई चितवनस्थित अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनामा परेका अन्य ११ जनाको अवस्था सामान्य रहेको जनाइएको छ। घाइते हुनेहरूमा:३५ वर्षीया सवना खातुन१८…

Read More

झापा, ११ भदौ । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका ९तीज० को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष सदस्य एवं धर्मशास्त्रविद् प्रा…

Read More