
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ भदौ । ‘जेन–जी’ आन्दोलनका क्रममा मङ्गलवार साँझ लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा तोडफोड र लुटपाट गरिएको छ । ठुलो समूहमा आएका उनीहरूले हजारौँ क्वीन्टल चामल र चिनी लुटेका छन् । कम्पनीका लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोले भन्नुभयो, “गोदाममा भण्डारण गरिएको करिब सात हजार क्वीन्टल जिरा मसिना चामल, ५०० क्वीन्टल सोना मन्सुली चामल र तीन हजार ५०० क्वीन्टल चिनी लुटिएको छ ।” उहाँका अनुसार ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि आन्दोलनकारीहरूले खाद्य गोदाममा आक्रमण गरेका थिए । लुटपाटपछि कार्यालयको चारपाङ्ग्रे सवारी साधनमा आगजनी गरिएको छ । हाल नेपाली सेनासहितका सुरक्षाकर्मीहरूले सुरक्षा प्रदान गरेका छन् ।
झापा, २५ भदौ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ फाकुम्बा, च्यानडाँडामा पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । बुधवार बिहान गएको पहिरोमा चेप्टे शेर्पा भनेर परिचित ६५ वर्षीय लाक्पा खाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मा लाक्की शेर्पाको शव भेटिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । सोही घटनामा लाक्पा खाङ्डुका १२ वर्षीय नाति दारिञ्जी शेर्पा र छिमेकी सन्तोष सङ्कल्प घाइते भएका छन् । उनीहरूलाई फाकुम्बा स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल ताप्लेजुङमा रिफर गरिएको मृतकका आफन्त तथा गाउँ कार्यपालिका सदस्य पासाङ ग्याबु शेर्पाले जानकारी दिनुभयो ।
झापा, २५ भदौ । जेनजी आन्दोलन चर्किएपछि देशभरका २५ वटा कारागारबाट करिब १० हजार कैदीबन्दी फरार भएका छन् । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देश जोशीले रातोपाटीलाई जानकारी दिँदै फरार कैदीहरूको संख्या उल्लेख गरेका हुन् । डडेलधुरा, सप्तरी, सुनसरी, रुकुम पश्चिम, कपिलवस्तु, म्याग्दी, धादिङ लगायतका जिल्लाका कारागारहरूबाट कैदीबन्दी भागेका छन् । राजधानीको केन्द्रीय कारागार, ललितपुरको नख्खु कारागार र डिल्लीबजार कारागारमा पनि भाग्ने प्रयास भएको छ । डिल्लीबजारमा आगजनीपछि भाग्न खोजेका कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएर अड्डासार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सप्तरीबाट ४ जना, सुनसरीबाट २०२ जना, रुकुम पश्चिमबाट ४३ जना, कपिलवस्तुबाट ५० जना,म्याग्दीबाट ४ जना कैदीलाई…
झापा, २५ भदौ । नेपाली सेनाले अन्तरिम सरकार गठनका लागि जेनजी आन्दोलनमा संलग्न विभिन्न समूहसँग ग्रुप लिडरको नाम माग गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा हर्क साम्पाङसँग छलफल भइरहेका बेला बाहिर भेला भएका जेनजीहरूलाई सेनाले माइकिङ गर्दै प्रत्येक समूहबाट प्रतिनिधिको नाम दिन आग्रह गरेको हो। सेनाले भनेको छ, “तपाईंहरू यसरी होहल्ला नगर्नुस्। छलफलका लागि हरेक समूहबाट ग्रुप लिडरको नाम दिनुस्। भोलि हामी छलफलमा बोलाउँछौँ।” सैनिक मुख्यालयको पश्चिम गेट अगाडि भेला भएका जेनजीहरू अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवादित छन्। एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेपछि अन्य समूहहरूले त्यसको विरोध गरेका छन्। केही समूहले काठमाडौँ महानगर…
झापा, २५ भदौ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । उपत्यकामा जारी भएको निषेधाज्ञा, कर्फ्यु आदेश, उपत्यकाभित्रको विषम परिस्थिति लगायत विमानस्थल वरपर उडान मार्गमा देखिएको धुवाँका कारण सुरक्षालाई ध्यान दिँदै विमानस्थल बन्द गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गरी विमानस्थल बन्दबारे जानकारी दिएको हो । सोही कारण विमानस्थलमा नआउन विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले आग्रह गरेको छ । ‘विमानस्थल खुलेको सूचना पाएपश्चात् सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थलमा आउनुहुन सबै यात्रुमा अनुरोध गर्दछौँ’, सूचनामा भनिएको छ ।
झापा, २५ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै स्थगनबारे जानकारी गराएको हो । विज्ञप्तिमा भनिएको छ, ‘पूर्व निर्धारित तालिका अनुसार २०८२ भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक परीक्षा) देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ ।’ साथै स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ दिनको समयावधि दिई पछि प्रकाशन गरिने जनाएको छ ।
झापा, २५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला दुई दिनमा नेपालमा भएका घटनालाई हृदयविदारक भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनु परेकोमा आफ्नो मन विचलित भएको जनाएका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा नेपाली भाषामा लेख्दै नेपालमा शान्ति व्यवस्था कायम राख्न सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विनम्रतापूर्वक अपील गरेका छन्। उनले लेखेका छन्,“आज दिनभरिको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरूको बारेमा विस्तृत छलफल भयो। नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ। नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण…
झापा, २५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ। काठमाडौँमा चर्किएको आन्दोलनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको हो। आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको छ। कम्पनीले यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ। देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ। टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ। सेवाका लागि तयार छौँः वायुसेवा…
झापा, २५ भदौ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ । महाशाखाले आज बिहान मौसम सम्बन्धी बुलेटिन जारी गर्दै आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको…
झापा, २५ भदौ । आन्दोलनको आडमा लुटपाटमा संलग्न २६ जनालाई नेपाली सेनाले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ। पक्राउ परेकाहरू काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको सेनाले जनाएको छ। देशमा देखिएको सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै सेनाले विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ। लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि सेनाले समुदायसँग सक्रिय सहकार्यको आह्वानसमेत गरेको छ। काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाटमा संलग्न ५ जनालाई पक्राउ गरिएको छ। त्यस्तै, भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, काठमाडौँको होटल हायात र बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ। सेनाको सुरक्षा सन्देश: समुदायलाई चार आग्रहनेपाली सेनाले जारी गरेको सुरक्षा अपडेटमा…