झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

राजेश ढुंगानानयाँ पुस्ताले गरेको आन्दोलनमा २३ भाद्र एकै दिनमा १९ जना होनहार नेपालीहरुले शहादत प्राप्त गरिसकेका छन् । कुनै राजनीतिक दलको संगठित विद्रोह बाहेक दलहरुकै उग्र विरोधमा स्वतःस्फूर्त रुपमा उठेको यो नेपाली इतिहासकै पहिलो र गर्वलायक विद्रोह हो । कांग्रेस, एमाले र माओवादीका नेताहरु मात्र होइन, उनीहरुको गाउँस्तरीय झोलेहरु समेत यो विद्रोहलाई सुनियोजित र प्रायोजित भनिरहेका छन् । तर, उनीहरुले बुझ्नै पर्दछ— नेपाली युवाले एक दिनमै गरेको यो बलिदानीपूर्ण शहादतले उनीहरुको राष्ट्रप्रेम कसैले प्रमाणित गर्नु नपर्ने गरी प्रमाणित भइसकेको छ । युवाहरुको राष्ट्रप्रेमलाई कांग्रेस–एमालेका झोलेहरुले तोक लगाएर प्रमाणित गरिदिनु पर्ने हो र ? एमाले र कांग्रेसलाई हाम्रा युवाहरुको राष्ट्रप्रेममाथि प्रश्न…

Read More

झापा, २४ भदौ । जेन–जी आन्दोलनको दोस्रो दिन आज काठमाडौँमा फेरि प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको छ । निजामती कर्मचारी (सिभिल) अस्पताल पुर्‍याएका घाइतेमध्ये उपचारका क्रममा १ जनाको मृत्यु भएको हो । अस्पताल प्रशासनले दिएको जानकारीअनुसार आज अस्पताल ल्याइएका ५१ घाइतेमध्ये एक जनाको मृत्यु भएको हो । यसअघि सोमबार बानेश्वरमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको थियो। आजसमेत काठमाडौँमा मात्रै प्रहरीको गोलीबाट मारिनेको संख्या १८ पुगेको छ । सोमबार विराटनगरमा मारिएका २ जनासमेत गर्दा भने मारिएका आन्दोलनकारीको कुल संख्या २० पुगेको छ ।

Read More

झापा, २४ भदौ । नयाँ पुस्ताका युवा (जेनजी) हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि झापासहित काठमाडौमा प्रदर्शन शुरु गरेका छन् । उनीहरु झापाको बिर्तामोड, दमक, इटहरी, पोखरासहित काठमाडौंको नयाँबानेश्वरको संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका हुन् । हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ । उनीहरुले तारबार व्यवस्थित गर्ने काममा व्यस्त देखिन्छन् । हिजो संसद भवनभित्रै प्रवेश गरेर केही युवाहरुले तोडफोड गरेका थिए । आज भने संसद भवन परिसरभित्रै सेना हतियारसहित बसिरहेका छन् । जिल्ला…

Read More

बिर्तामोड, २४ भदौ । जेन–जीको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा झापामा ५७ जना घाइते भएका छन् भने १० जना घाइते भएको छन् । घाइते हुनेहरुमा १४ जना प्रदर्शनकारी रहेका छन् । त्यसमध्ये ६ जनालाई गोली लागेको छ । त्यस्तै सुरक्षाकर्मीतर्फ जनपद २५ जना र सशस्त्र १२ जना रहेका छन् । घाइतेहरुको बीएण्डसी अस्पताल बिर्तामोड, नोवल अस्पताल विराटनगर, दमक अस्पताल दमकलगायतका अस्पतालहरुमा उपचार भइरहेको छ । प्रदर्शनकारीलाई रोक्न प्रहरीले करिव ५० राउण्ड गोली प्रहार गरेको छ भने जिल्लाभरि ८५ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ । प्रहरीले १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । दमकमा ९ जना र बिर्तामोडमा…

Read More

झापा, २४ भदौ । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो । काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौँ पठाइको सभापति ढकालले जानकारी दिनुभयो । जेनजी पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थिए । सो क्रममा दमकमा केही युवा घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालयले गए रातिबाट आज बिहान ५ः०० बजेसम्मका लागि दमक र…

Read More

बिर्तामोड, २४ भदौ । झापाको बिर्तामोडबाट नियमितरुपमा प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक ११ औं बर्षमा प्रवेश गरेको छ । २०७२ सालदेखि निरन्तर प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक हरेक हप्ताको मंगलबार प्रकाशित हुँदै आइरहेको बिर्ताज्योति साप्ताहिककी व्यवस्थापक रेवतादेवीभट्टराईले बताइन् । पत्रिकाले अनलाइन संस्करण बिर्ताज्योति डटकम समेत सञ्चालन गर्दै आएको उनले बताइन् । प्रेस काउन्सिलद्वारा ‘ख’ वर्गमा वर्गीकृत बिर्ताज्योति साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र जनचाहना अनुरुप प्रकाशन गर्दै लैजाने बिर्ताज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौलाले बताए । बिर्ताज्योति साप्ताहिक ११ औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र शुभचिन्तक सबैमा सम्पादक तुलसीप्रसाद निरौलाले धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत…

Read More

झापा, २४ भदौ । सोमबार राजधानीमा भएको जेन जेडको प्रदर्शनपछि चौतर्फी विरोध चर्किएपछि सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फिर्ता लिएको छ। प्रधानमन्त्री निवासमा साँझ बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार, मन्त्रिपरिषद्को निर्णयसँगै फेसबुक, एक्स (पूर्व ट्विटर), टिकटक लगायतका सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा आएका छन् । प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै सडक आन्दोलन गरिरहेका सन्दर्भमा मन्त्री गुरुङले भने, “अहिले प्रधानमन्त्रीको राजीनामा आउँदैन । सडकमा बसेर मागेर हुँदैन।” मन्त्री गुरुङले भ्रष्टाचार र पारदर्शिताको अभाव रहेको मुलुकमा दर्ता नगर्ने नीति अनुसार सामाजिक…

Read More

मेष: आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ। समयमा होस् नपुग्नाले काम रोकिन सक्छ। कसैले झुटो आश्वासन दिन सक्छन्। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नु पर्ला। वृष: लगानीमा रहेको रकम फिर्ता आउन सक्छ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ। आफ्नो इगो घटाएर संवाद बढाउनुहोस्, प्रेम सम्बन्धमा मिठास आउनेछ। मिथुन: आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन्। कर्कट: आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। विलासी…

Read More

झापा, २४ भदौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको मौसमबारे जानकारी दिएको छ । विभागले आज बिहान एक बुलेटिन जारी गरी हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर भन्दा दक्षिणतिर साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी…

Read More

इटहरी, २३ भदौ । ‘जेनजी’ पुस्ताको आन्दोलनमा सुनसरीको इटहरीमा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले मृतक करिब २५–२६ वर्षका रहेका भए पनि पहिचान खुल्न नसकेको बताउनुभयो । आन्दोलनमा घाइते भएका तीन जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् । आन्दोलन उग्र भएपछि स्थित नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज इटहरी उपमहानगरपालिका क्षेत्रमा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

Read More