झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ भदौ । जेनजीको प्रदर्शनमा अत्यधिक दमन भएपछि आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन् । सोमबार साँझ बसेको कांग्रेस पदाधिकारीहरूको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो । ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए । जेनजीले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ । काठमाडौँ उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ । अढाई सयभन्दा बढी घाइते भएका छन् । बानेश्वरको संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका थिए ।

Read More

झापा, २३ भदौ । काठमाडौंलगायत देशभर जेन–जी पुस्ताद्वारा शान्तिपूर्ण रूपमा आयोजित विरोध प्रदर्शनका क्रममा सरकारले गरेको दमनको माओवादी केन्द्र कोशीले निन्दा र भत्र्सना गरेको छ । आन्दोलनलाई दमन गरेर रोक्न नसकिने इतिहासमा पुष्टि भइसकेको भन्दै माओवादी केन्द्र कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले विज्ञप्ति जारी गर्दै सरकारले विवेक गुमाएको र जनताको भावना बुझ्न असफल भएको टिप्पणी गरेको छ । ‘१७ जना युवाको हत्या भएको र २ सयभन्दा बढी घाइते भएको प्रारम्भिक रिपोर्टप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अमानवीय घटनाले हाम्रो पार्टीलाई स्तब्ध, दुःखी र आक्रोशित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने जस्ता जायज…

Read More

झापा, २३ भदौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेको आरोप लगाएका छन् । समाजिक सञ्जालमार्फत जेनजीहरुलाई पत्र लेख्दै उनले जीनको आन्दोलमा आफ्नो साथ रहेको बताएका छन्। ‘सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ,’ कोइरालले भनेका छन्, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मलहम लगाउन सक्दैन। यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु।’ त्यस्तै उनले आजको नदेखि यो सरकारको औचित्य पुरै समाप्त भएको समेत बताएका छन्। ‘आजबाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ,’ कोइरालाको भनाइ छ, ‘तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत…

Read More

झापा, २३ भदौ । देशभर फैलिएको जेन जेड आन्दोलनमा सरकारी दमनका कारण हालसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये १८ जनाको ज्यान राजधानी काठमाडौंमा गएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा ८ जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ८ जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । तीमध्ये ५ जनाको पहिचान निम्नानुसार गरिएको छ– श्रीयाम चौलागाईं (१९), ग्लोबल कलेजका विद्यार्थीसुलभराज श्रेष्ठ (२१), बाँकेबुद्धि तामाङ (४२), कीर्तिपुरगौरव जोशी (उमेर खुलाइएको छैन)स्टप अधिकारी (उमेर खुलाइएको छैन) उनीहरू सबै गम्भीर घाइते अवस्थामा अस्पताल ल्याइएको र उपचारकै क्रममा निधन भएको जनाइएको छ। बाँकी तीनजनाको सनाखत हुन बाँकी छ। काठमाडौं मेडिकल कलेजमा २…

Read More

कनकाई, २३ भदौ । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत साधारणसभा शुरु भएको छ । संस्थाको इकाइगत साधारणसभा अन्तरगत कनकाईमा पहिलो इकाइगत साधारणसभा भएको हो । संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षता एवम् कनकाई नगरपालिका वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्यमा पहिलो इकाइगत साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि चौलागाईंले संस्थाले गरेको सदस्य लक्षित विभिन्न कार्यक्रम र समाजिक कार्यको प्रशंसा गर्नुभएको थियो । उहाँले वर्तमान आर्थिक मन्दीको अवस्थालाई ख्याल गर्दै ऋण र बचतको ब्याजदर सहुलित बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष बरालले वार्षिक प्रगति…

Read More

झापा, २३ भदौ । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास ९पूरै ढाकिने० चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य, राति ०१ः४१ बजे ग्रहण सकिएको थियो । समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिएको जानकारी दिनुभयो । नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट राति ०१ः४१ बजे अन्त्य भएको पनि उहाँले बताउनुभयो । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा…

Read More

झापा, २३ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग०मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ…

Read More

सन्तोष शर्मा झापा, २३ भदौ । झापामा १ सय ३१ वटा सहकारी संस्था निस्क्रिय रहेको पाइएको छ । जिल्लामा १ सय ३१ वटा सहकारी संस्था निस्क्रिय रहेको कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका रजिष्टार भूपेन्द्र खनालले जानकारी दिनुभयो । प्रदेश सरकारी ऐन २०७६ को दफा ६० (१) बमोजिम बुझाउनुपर्ने विवरण लगातार दुई वर्षसम्म नबुझाउने सहकारी संस्थाहरुलाई निस्क्रिय सूचीमा राखिएको उहाँले बताउनुभयो । सूची सार्वजनिक भएको मितिले ३५ दिनभित्र प्रदेश सहकारी ऐन २०७६ को दफा ६० (१) बमोजिम नियामक निकायमा बुझाउन सूचना जारी गरिएको उहाँले बताउनुभयो । “सहकारी संस्थाहरुको शुद्धीकरण गर्नका लागि अभियान शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “अस्तित्वमा…

Read More

झापा, २३ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यसैगरी कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ महाशाखाले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानमा र बाँकी पहाड र तराई…

Read More

झापा, २२ भदौ । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नेपाल सरकारका वरिष्ठ उप सचिव सागर मिश्र उत्कृष्ट निजामती पुरस्कारबाट सम्मानित भएका हुनुभएको छ । काठमाडौंमा भदौं २२ गते नेपाल सरकार संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा आयोजित एक कार्यक्रममा देशैभरिमा उत्कृष्ट कर्मचारीको रुपमा १ लाख नगद पुरस्कारद्धारा उहाँलाई सम्मान गरिएको हो । सरकारले प्रत्येक वर्ष निजामती क्षेत्रका बिभिन्न उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ । त्यस अन्तर्गत यसपटक १० जनालाई उत्कृष्ट राष्ट्रसेवकको रुपमा पुरस्कृत गरिएको जनाइएको छ । त्यसैगरी ५० हजार राशिको निजामती पुरस्कारबाट ३० जना कर्मचारी पुरस्कृत भएका छन् । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा भएको…

Read More