
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २० भदौ । झापा जिल्लाको छुट्ट छुट्टै दुई स्थानबाट लागू औषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १९ गते झापाको कमल गाउँपालिका- ५ स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगर सहित मोरङ विराटनगर- ८ का भोला अमात राय, भारत बिहारका आलम खान र दमक- ७ का राजिव मण्डललाई पक्राउ गरेको छ । त्यस्तै, मेचीनगर नगरपालिका- ६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका- ६ का प्रकाश विश्वकर्मा र बुद्धशान्ती गाउँपालिका- ४ का अशोक विश्वकर्मालाई १ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो…
झापा, २० भदौ । झापा जिल्लाका छ वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५०० औं जन्म जयन्ती (मोहम्मद दिवस) को अवसरमा जिल्लाका गौरीगञ्ज गाउँपालिका, मेचीनगर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका र भद्रपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् । पैगम्बर हजरत मोहम्मदको १५०० औं जयन्तीको अवसरमा नगर प्रमुखस्तरीय निर्णयानुसार अत्यावश्यक सेवा बारुणयन्त्र र सरसफाई बाहेक स्थानीय बिदा दिइएको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो । आजको दिनलाई मोहम्मद दिवस, ईद उल मिलान नबी र १२ रबिउल अव्वल पनि भन्ने गरिन्छ । आजको दिन मुस्लिम समुदायले मस्जिदमा कुरान पाठ गर्ने,…
झापा, २० भदौ । कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना भएको घोषणा गरिने भएको छ । पूर्ण खोप सुनिश्चितता एवं दिगोपना प्रदेश प्रमाणीकरण/घोषणा सम्बन्धी प्रदेश खोप समन्वय समितिको भदौ १९ गते कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले यही भदौ २५ गते कोशी प्रदेश पूर्णखोप सुनिश्चिता तथा दिगोपना भएको घोषणा गरिने निर्णय भएको हो । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक तथा प्रदेश खोप समन्वय समितिका सदस्यसचिव ज्ञानबहादुर बस्नेतले यही भदौ २९ गते नेपाललाई पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गर्ने कार्यक्रम रहेकाले देशलाई नै पूर्णखोप सुनिश्चिता तथा दिगोपना भएको घोषणा गर्नु पूर्व कोशी प्रदेशलाई पुर्णखोप सुनिश्चितता दिगोपना घोषणा गर्न लागेको जानकारी…
सुर्खेत, २० भदौ । सुर्खेत प्रहरीले नक्कली बिहे गराई ठगी कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । फेसबुक लगायतका सामाजिक सञ्जालको माध्यमबाट नक्कली आमाबाबु, छोरी बनेर नगद र गरगहना लिने मनसायले ठगी गरेको उजुरी परेपछि प्रहरीले वीरेन्द्रनगरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दैलेख साँडु घर भई वीरेन्द्रनगर–१०, बस्ने ४० वर्षीय गोपालकुमार विक र अछामको तुर्माखाँद–३, घर भई वीरेन्द्रनगर–१०, बस्ने वर्ष ३८ को भविसरा रास्कोटी मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार एउटै महिलालाई फरक–फरक मितिमा विभिन्न पुरुषसँग बिहे गराई ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो । उनीहरूको साथबाट बिहेमा…
झापा, २० भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतथा बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा…
झापा, २० भदौ । झापा जिल्लाको कमल गाउँपालिका–५ स्थित पाडाजुगी चोकमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले तीन जनालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। शुक्रबार राति करिब ८ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शंकास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूलाई चेकजाँच गर्दा प्लास्टिक बाहेक ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लिसिलो पदार्थ फेला पारेको हो। उक्त पदार्थ तत्काल डिजिटल तराजुमा तौल गरी बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमा मोरङ बिराटनगर महानगरपालिका–८ स्थायी घर भई हाल झापा दमक नगरपालिका–८ मा बसोबास गर्दै आएका ३१ वर्षीय भोला अमात राय, भारत बिहार प्रान्त ठाकुरगंज–५ स्थायी घर भई…
धनकुटा, १९ भदौ । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङमा एकै परिवारमा घटेका दुःखद घटनाले गाउँ नै स्तब्ध बनेको छ। वैदेशिक रोजगारीका लागि कुवेत गएका डम्बरबहादुर मगरको भदौ ४ गते उपचारको क्रममा मृत्यु भएपछि उनकी श्रीमती विद्या मगरको पनि भदौ ७ गते निधन भएको छ । मगर दम्पतीका तीन छोरीहरू १६ वर्षीया विपना, १५ वर्षीया सञ्जु र २ वर्षीया समिता आमाको काजकिरिया सकेर बुबाको शवको पर्खाइमा थिए । कुवेतबाट डम्बरबहादुरको शव बुधबार काठमाडौं आइपुगेपछि बिहीबार अरुण नदी किनारमा अन्त्येष्टि गरिएको हो । दागबत्ती छोरीहरू विपना र सञ्जुले दिएका थिए । स्थानीय विमला थापाका अनुसार, विद्याको सातौँ दिनमा काजकिरिया सकेर छोरीहरूले…
अछाम, १९ भदौ । अछामको तुर्माखाँद गाउँपालिका वडा नं ६ रानीवनस्थित चाका भिट्टामा दुई जना किशोरी आत्महत्या गरेको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रानीवनकै सर्पे कामीकी १५ वर्षीया छोरी साउनी वि।क। र सोही ठाउँकै कमल वि।क।की १२ वर्षीया छोरी प्रेमकला बि।क। को शव बिहीबार बिहान स्थानीय जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएको हो। परिवारका सदस्यहरूले दुवै किशोरीलाई बुधवार रातिदेखि सम्पर्कविहीन भएको बताउँदै खोजी कार्य थालेका थिए। खोजी क्रममा आज बिहान उनीहरूको शव जङ्गलमा भेटिएको हो। घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो। घटनास्थलको प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले आत्महत्या भएको अनुमान गरे पनि यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।…
काठमाडौँ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि सुरु हुने दोस्रो विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुँदैछ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहबीच गर्नुहुनेछ । महाधिवेशनमा २,०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २,३४१ जना सहभागी हुनेछन् । महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ रहेको छ। अधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत…
सुनसरी, १९ भदौ । सुनसरीको झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप तीव्र बनेको छ। पछिल्लो ६ दिनको अवधिमा चार जना कैदीबन्दीको मृत्यु भएको छ भने ३५३ जना बिरामी परेका छन्। बुधबार राजविराज नगरपालिका–८ का ५५ वर्षीय जलेश्वर यादवको इनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी धर्बेन्द्रकुमार मिश्रले जानकारी दिए। यादवलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको थियो। यसअघि भदौ १५ गते रामदेव उराउ, १६ गते सागर राई, र आइतबार एक जना कैदीको मृत्यु भएको थियो। मृतकहरूमा उच्च ज्वरो, कमजोरी, र श्वासप्रश्वासमा समस्या देखिएको अधिकारीहरूले बताएका छन्। ३५३ बिरामीमध्ये १३ जनालाई रेफरप्रकोप फैलिएपछि जिल्ला सुरक्षा समितिको टोली गएराति चिकित्सकसहित कारागार पुगेको थियो।…