झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ भदौ । नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि सङ्गठनहरूबीच मजदुरको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सहमति भएको बताउनुभयो । नेपाल चिया उत्पादक सङ्घको भद्रपुरस्थित कार्यालयमा सोमबार भएको सहमतिमा सङ्घका तर्फबाट वार्ता समिति संयोजक जेपी शर्माले हस्ताक्षर गर्नुभएको छ । त्यसैगरी, श्रमिक सङ्गठनहरूको तर्फबाट नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राई, अखिल नेपाल चिया मजदुर सङ्घकी अध्यक्ष सीता सापकोटा र नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले हस्ताक्षर गर्नुभएको छ । नयाँ…

Read More

झापा, १७ भदौ । आज दिउँसो कोशी प्रदेश तथा राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । राति गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । गएराति केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

Read More

गोरखा, १७ भदौ । गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन्। बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको रात्रिबस काठमाडौँबाट गोरखाको माछीखोला जाँदै गर्दा भिमसेनथापा गाउँपालिका–३ टारीफाँट गगटे नजिक गोरखा–आरुघाट सडकखण्डमा बिहान ५ बजे दुर्घटना भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । गति अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका कुल २१ जनामध्ये १९ जनाको उपचार प्राथमिक उपचार केन्द्र आरुघाटमा भइरहेको छ भने २ जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आरुघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १५ जना सुरक्षाकर्मी र नेपाल प्रहरीको संयुक्त टोलीले घाइतेको उद्धार गरेको…

Read More

धरान, १६ भदौ । सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आज दिउँसो ४ः०० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएका छन् । दिउँसो ३ः०० बजे दुई लाख ४९ हजार १०५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा ३२ ढोका खोलिएका थिए । आइतबार बेलुका १०ः०० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुग्दा ३१ ढोका खोलिएका थिए । प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३४ ढोका खोलिएका छन् । कोशी…

Read More

बिर्तामोड, १६ भदौ । नेपालमै युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘यहाँ छ’ नामक एप्स सार्वजनिक गरिएको छ। डिजिटल सेवा र फ्रीलान्सिङ अवसर प्रदान गर्ने यो एप्स सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। रुट डेभ्स सफ्टवेयर डेभलपमेन्ट प्रालिले विकास गरेको ‘यहाँ छ’ एप्सको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले एक विशेष समारोहकाबीच गरेकी हुन्। कार्यक्रममा कम्पनीका सल्लाहकार रवी चापागाईंको अध्यक्षता रहेको थियो भने स्वागत नविन भण्डारीले गरे। कम्पनीका प्रतिनिधि रविन थापाले एप्सको उद्देश्य, सेवा सुविधा र आगामी योजनाबारे जानकारी दिए। नेपालकै पहिलो प्राविधिक रूपमा व्यवस्थित फ्रीलान्सिङ प्लेटफर्म ‘यहाँ छ’ एप्सलाई नेपालकै पहिलो प्राविधिक रूपमा व्यवस्थित फ्रीलान्सिङ प्लेटफर्मको रूपमा प्रस्तुत गरिएको…

Read More

बिर्तामोड, १६ भदौ । मारवाडी सेवा समिति विर्तामोडकाे अध्यक्षमा विजयकुमार गाेयल चयन भएका छन् । समितिकाे सभाहलमा साेमबार सम्पन्न ३२ आैँ साधारणसभा तथा १२ आैँ अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । यसैगरी, अधिवेशनले समितिकाे उपाध्यक्षमा दिपक मित्तल, सचिवमा गाैरीशंकर गुप्ता (टिंकु), सहसचिवमा बजरंगकुमार अग्रवाल र काेषाध्यक्षमा सुमित साहेवालालाई चयन गरेकाे छ भने सदस्यमा यज्ञराज अग्रवाल, सुरेशकुमार अग्रवाल, अमितकुमार अग्रवाल, पंकज मित्तल, श्याम अग्रवाल, मिनप्रसाद अग्रवाल (सञ्जय) र मनाेज गाेयल चयन भएकाे निर्वाचन समितिले जनाएकाे छ । विधान अनुसार पहलाे चरणमा १२ जना सदस्य चयन गरिएकाे र तिनै १२ जनामध्येबाट पदाधिकारी सर्वसम्मत चयन गरिएकाे निर्वाचन समितिका संयाेजक शिवकुमार अग्रवालले…

Read More

झापा, १६ भदौ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले झापा जिल्ला मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल नजिकै शंका लागी चेकजाँच गर्दा अर्जुनधारा नगरपालिका–२ निवासी २८ वर्षीय प्रकाश योङहाङको साथबाट प्लास्टिक बाहेक २ ग्राम ३२० मिलिग्राम खैरो हेरोइन फेला परेको हो। प्रहरीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

झापा, १६ साउन । नेपालको पहिलो फ्रिलाइन्स प्लेटफर्म ‘यहा छ’ एप सार्वजनिक भएको छ।  रोजगार र सीपलाई प्रविधिसँग जोड्न उद्देश्यले निर्माण गरिएको यो एप आज सार्वजनिक गरिएको हो । ROOTDEVS सफ्टवेयर डेभलपमेन्ट प्रालि.ले निर्माण गरेको यो एपको आज बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सार्वजनिक गर्नुभएको हो ।

Read More

काठमाडौँ, १६ भदौ । भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । राति ११ः ५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः ४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उनले सुनाए । यो ग्रहण विसं २०८२ को पहिलो ग्रहण हो । यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ…

Read More

बिर्तामोड, १६ भदौ । आगामी कात्तिक तेस्रो सातादेखि सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपमा सदस्यता लिनेको संख्या दुई सय नाघेको छ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिए । गोल्डकपले भदौबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत १० हजार शुल्क तिरेर सदस्य बन्नेको संख्या दुई सय नाघेको हो । गोल्डकपको सदस्य बन्न झापासहित देशभर र विदेशमा रहेका नेपालीले पनि इच्छा देखाएका छन् । दीर्घकालीन रुपमा गोल्डकपलाई अघि बढाउन संस्थापक सदस्यता योजना ल्याइएको हो । सदस्यलाई प्रतियोगितामा विशेष सुविधा दिने तयारी गरिएको सचिवालय प्रमुख हिमाल खरेलले जानकारी दिए ।…

Read More