
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ११ भदौ । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा रु पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ । आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् रु सात करोड ९१ लाख ५३ हजारले बढेको उहाँले बताउनुभयो । पेट्रोलियम पदार्थ आयातबाट रु ७४ करोड ८३ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु…
झापा, ११ भदौ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थानका साथै तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने महाशाखाले प्रक्षेपण गरेको छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको…
भद्रपुर, ११ भदौ । भद्रपुर नगरपालिका अन्र्तगत श्रम तथा रोजगार शाखाको नेतृत्व गरिरहेका टिकाराम पाण्डेमाथि रोजगारी खासेको आरोप लागेको छ । पाण्डे सञ्चालक समिति अध्यक्ष रहेको झापाको कचनकवल-६ बनियानी स्थित कचनकवल अग्रेजी माध्यमिक विद्यालयमा दशकयता निरन्तर काम गरिरहेका शिक्षकलाई बिनाकारण निष्काशन गरिएपछि श्रमिकको रोजगार खोसेको आरोप लागेको हो । पछिल्लो पटक सामाजिक विषय अध्यापन गरिरहेका पर्शुराम कार्कीलाई पाण्डेको विद्यालयले राम्रो नपढाएको आरोप लगाएर कानुनी प्रकृया समेत मिचेर निस्काशन गरेको थियो । २०७२ सालदेखि सो विद्यालयमा कार्कीलाई माध्यमिक तह अन्र्तगत कक्षा ९ देखि १२ सम्म अध्यापनको जिम्मा दिइएको थियो । अभिभावक र विद्यार्थीले समेत रूचाएका कार्की कचनकवलका स्थानीय समेत हुन् ।…
झापा, १० भदौ । नेपालले ट्वान्टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी ९एसिटी०विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । मङ्गलवार सम्पन्न दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भयो । मङ्गलवारै सम्पन्न पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो । एसिटीले प्रस्तुत गरेको ९७ रनको लक्ष्य नेपालले १३।२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२, गुल्शनकुमार झाले २३ र आरिफ शेखले अविजित ११ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एसिटी १७।२ ओभरमा ९६ रनमै समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान चार तथा कप्तान रोहितकुमार पौडेल र गुल्शनकुमार…
इलाम, १० भदौ । जितपुर माध्यमिक विद्यालयमा एक शिक्षकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोप लागेको छ । स्थानीय अभिभावक र विद्यार्थीहरूले घटनाबारे गम्भीर आपत्ति जनाउँदै कानुनी कारबाहीको माग गरेका छन् । अभिभावकका अनुसार एक विद्यार्थीले गल्ती गरेको भन्दै शिक्षकले करिब दुई घण्टासम्म निरन्तर कुटपिट गरेका थिए । घटनास्थलमा रहेका अन्य विद्यार्थीहरूले पनि कुटपिट भएको देखेको पुष्टि गरेका छन् । घटनापछि पीडित विद्यार्थीलाई उपचारका लागि लगिएको छ । अभिभावकहरूले विद्यार्थीले गल्ती गरे पनि शैक्षिक विधिबाट समाधान खोज्नुपर्नेमा शिक्षकले ‘गुन्डा शैली’मा व्यवहार गरेको आरोप लगाएका छन् । उनीहरूले विद्यालय प्रशासन र शिक्षक संघमा राजनीतिक प्रभाव बढेको र अभिभावकले गुनासो गर्दा…
सिन्धुपाल्चोक, १० भदौ । भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मङ्गलवार दिउँसो बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। तातोपानीबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो अरनिको राजमार्गबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। दुर्घटनाग्रस्त सवारी सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेश कुमार कुसहवा चलाइरहेका थिए। रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए। दुर्घटनापछि उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको देखिएको छ। तर शवको पहिचान हुन बाँकी रहेको र चालक तथा सहचालक दुवै जनाको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ। प्रहरी, सशस्त्र…
झापा, १० भदौ । वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन् । पक्राउ परेकामध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट रु १२ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै अर्का एक पीडितबाट रु ६ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुसनलाई काठमाडौँ महानगरपालिका–९ बाट आइतबार र योगेन्द्रलाई काठमाडौँ महानगरपालिका–१० बाट सोमबार पक्राउ गरेको हो । दुवै जनालाई आवश्यक अनुसन्धान…
झापा, १० भदौ । तिजबारे अनावश्यक लेखेर सनातन धर्ममाथि नै प्रहार भएको भन्दै गोरखापत्र जलाउन खोज्ने सन्तोष कुमार सिलवाल९सन्तोष राजावादी० पक्राउ परेका छन्। माइतीघरमा प्रदर्शन गरिरहेका वेला मंगलबार उनी पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनी यसअघि गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा समेत पक्राउ परेका थिए ।
झापा, १० भदौ । झापाका दुई जनासहित २० जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै एक जना प्रहरी सहायक निरीक्षकसहित २० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो । गैर हाजिर हुनेमा एकजना असई, एक जना हबलदार, चारजना सहायक हबलदार, दुईजना कार्यालय सहयोगी, एक जना प्राविधि प्रहरुी जवान र बाँकी बाँकी सबै प्रहरी जवान छन् । उनीहरुमध्ये दुई जना झापाका छन् । जारी गरिएको सूचनामा झापाको भद्रपुर नगरपालिका–४ का प्रहरी जवान रतन राई र कनकाई नगरपालिका–६…
रौतहट, १० भदौ । माधवनारायण नगरपालिका–२ मुडबलवाकी २६ वर्षीया रुबीकुमारी साहको शव सुटकेसमा प्याक गरिएको अवस्थामा शनिबार राति गौर नगरपालिका–९ स्थित मुडवलवा गेटनजिक सडकमा फेला परेको छ। शव फाल्न प्रयोग गरिएको ई–रिक्साका चालक लक्ष्मण महरा प्रहरी नियन्त्रणमा छन्। प्रहरीका अनुसार आरोपित व्यक्तिले शव फाल्नका लागि रिक्सा भाडामा लिएका थिए। तर बाटोमै रिक्सा बिग्रिएपछि सुटकेस सडकमा छाडेर फरार भएका थिए। चालक महराले आफूलाई सामानको विषयमा जानकारी नभएको र रिक्सा बिग्रिएपछि फर्काइएको बयान दिएका छन्। शव फालिएको सुटकेस वैदेशिक रोजगारीबाट फर्किएका शंकित व्यक्तिले विदेशबाट ल्याएको भएको खुलेको छ। ती व्यक्ति रुबीसँग लामो समयदेखि सम्पर्कमा रहेको र घटनाको साँझ उनलाई बोलाएर हत्या गरिएको…