झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ भदौ । देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ । यस क्रममा आज दिउँसो पनि पानी पर्ने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोसी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भेगका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । वर्षाका कारण बाढी–पहिरो जाने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ। मौसम महाशाखाले जारी गरेको २४ घण्टे बुलेटिन अनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ । देशका पहाड भूभागका केही स्थान र तराई…

Read More

उदयपुर, १२ भदौ । उदयपुरको कटारी नगरपालिकामा एक व्यापारीको गोदामबाट नेपाल सरकारले किसानलाई वितरण गर्न पठाएको अनुदानको २ सय बोरा रासायनिक मल बरामद गरिएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय उदयपुरको अनुगमन टोलीले कटारी बजारमा अनुगमन गर्ने क्रममा आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सको गोदाममा लुकाइएको अवस्थामा मल फेला परेको हो। उक्त स्टोर्स व्यापारी दिलीप चौधरीले सञ्चालन गर्दै आएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयका अनुसार गोदामलाई तत्काल शिलबन्दी गरी छानबिन प्रक्रिया अघि बढाइएको छ। “मल कहाँबाट आयो, कसको मिलेमतोमा लुकाइयो भन्नेबारे पूर्ण छानबिन हुन्छ,” पाण्डेयले बताए। उनले आवश्यक कारबाहीका लागि कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको जानकारी दिए।…

Read More

बिर्तामोड, १२ भदौ । नेपालकै पुरानो ख्यातिप्राप्त सोल्टी होटेलको सहकार्य र विगत २० वर्षदेखि शैक्षिक अध्यापन क्षेत्रको अगुवा गेट कलेजको विद्यार्थीलाई एक दिने अध्ययापन सम्बन्धी प्रर्वतन कार्यशाला झापा बिर्तामोडमा सम्पन्न भएको छ । सोल्टीको नेपाल र जर्मनीमा कार्यगत प्रशिक्षण तथा प्रत्यक्ष रोजगारको अवसरसहित ब्याचलरमा अन्तर्राष्ट्रिय हस्पिटालिटी म्यानेजमेन्ट, ब्याचलर इन प्रोफेस्नर हस्पिटालिटी र त्यसैगरी कुकिङतर्फ लेभल तीन को (टेफ) कार्यक्रम समेत रहेको बताएको छ । गेट कलेज काठमाडौंका संस्थापक प्रबन्धक खेम लकाइ, सोल्टी होटल्सका लर्निङ एण्ड डेभलपमेन्ट अफिसर रुपेश श्रेष्ठ, स्थानीय होटल म्यानेजमेन्ट कलेजका सन्जोग खरेल, विवेक नेपाल लगायतको उपस्थितिमा झापाका एक सय भन्दा बढी विद्यार्थी अभिमुखिकरण गरेको बताइएको छ ।…

Read More

धनगढी, १२ भदौ । कैलालीको खुटिया नदीमा डुबेर चार जनाको मृत्यु भएको छ । आज दिउँसो खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका–१७ का सक्षम जोशी, जावेज भण्डारी, प्रतीक चौधरी र वडा नं. १५ का जेव भण्डारीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा चारै जना नदीमा डुबेको उहाँले बताउनुभयो । उनीहरू साथीहरूसँगै नदीमा नुहाउन गएका थिए । नदीमा नुहाउन गएका अन्य तीन जना भने सकुशल रहेको बताइएको छ ।

Read More

झापा, १२ भदौ । युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो । सरकारले नयाँ युवा नीति जारी गरेको हो । राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ’, भनेर उल्लेख छ । २०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष जनसङ्ख्या ४२।५६ प्रतिशत थियो । परिषद्का कार्यकारी…

Read More

झापा, १२ भदौ । झापा र मोरङबाट लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउँसो साँढे १२ बजे झापाको मेचीनगर नगरपालिका–८ गिरीगाँउ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३२ बर्षीय अजय मेचे र भारत वेष्ट बंगाल, दार्जिलिङ जिल्ला उत्तरा रथखोला भिमराम नक्सलबारी बस्ने ३० बर्षीय टान्टु भन्ने कनकन राहलाई लागूऔषध ब्राउन सुगर १०० ग्राम १०० मिलिग्राम सहित पक्राउ गरिएको छ । त्यस्तै, हिजो बेलुका ६ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका–७ पारिजात टोलस्थितबाट सोही स्थानका ४२ बर्षीय लालबहादुर लिम्बु र ३२ वर्षीय पदमबहादुर अधिकारीलाई लागूऔषध ब्राउनसुगर ६९० मिलिग्रामसहित…

Read More

डडेल्धुरा, १२ भदौ । डडेल्धुराको नवदुर्गा गाउँपालिकामा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्। से१ज ७३८ नम्बरको जिप नवदुर्गाको टाँकथलागडा बाट डडेल्धुरा जाँदै गर्दा वडा नं–५ चौडबान्नी नजिकको उपल्ली काँडे भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो। जिप सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनामा ४० वर्षीया तारादेवी अवस्थी, ७२ वर्षीया कलुदेबी साँउद, १८ वर्षीया सुरेश साँउद र २३ वर्षीया सुरेश पार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घाइते हुनेमा ३५ वर्षीय चालक रामबहादुर साँउद, ४८ वर्षीय चन्द्रबहादुर साँउद, ४ वर्षीय प्रितका पार्की, ४३ वर्षीय…

Read More

झापा, १२ भदौ । देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । शाखाप्रमुख डा अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २० जनाको मृत्यु भएको छ । डा. गौतमले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताउनुभयो । सत्तरी प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ । सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासीपूर्व, चितवन र नवलपराली पश्चिममा मृत्यु भएको हो । स्वास्थ्यकर्मीहरुका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गर्छ । यसले…

Read More

झापा, १२ भदौ । स्थानीय तहमा निर्वाचित ३१ महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा परेका छन् । महिलाको सुकर्मलाई सञ्चार गर्दै नेतृत्व क्षमताको पहिचान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको ‘शी लिड्स आइकन’ कार्यक्रमअन्तर्गत दोस्रो संस्करणका लागि ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोट भएका हुन् । कल्प इम्पावर वुमन नेपालको महिलाको राजनीतिमा सहभागिता प्रवद्र्धन परियोजनाअन्तर्गत आयोजना हुँदै आएको उक्त कार्यक्रमलाई गत वर्ष प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न पहिलो संस्करणपश्चात् दोस्रो संस्करणका रूपमा अगाडि बढाइएको हो । आयोजक संस्थाका अनुसार यस पटक देशभरबाट १३१ आवेदन प्राप्त भएमध्ये १११ आवेदन औपचारिक रूपमा स्वीकृत भएका थिए । निर्णायक मण्डलमा पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार एवं ब्रान्ड राजनीतिज्ञ चारु चड्डा…

Read More

झापा, १२ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउसो बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको…

Read More