झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ भदौ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) को गौरादह नगर कमिटी गठन भएको छ ।  गौरादह नगरपालिका वडा नं ८ मा आज भएको कार्यक्रममा  सरला पाण्डेको अध्यक्षतामा १३ सदस्यीय कमिटी  सर्वसम्मत गठन भएको हो ।  सुलोचना राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा अनेम संघ (क्रान्तिकारी) झापा जिल्ला अध्यक्ष तारा श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा माओवादी केन्द्र कोशी प्रदेश सदस्य दुर्गा चम्लागाईं (श्रीकान्त), माओवादी केन्द्र गौरादहका अध्यक्ष गणेश राजबंशी, गौरादह इन्चार्ज लेखत खड्का, सह इन्चार्ज विशाल ढकाल, चुडा भुजेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन माओवादी केन्द्र गौरादहका सचिव श्याम ढकालले गर्नुभएको थियो ।

Read More

विराटनगर, १३ भदौ । झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १२ गते झापाको बिर्तामोड नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका–१० का विशाल विश्‍वकर्मालाई २ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुहको प्रहरी टोलीले धरान–२० का संगम राई, नन्द कुमार राई, देवानगञ्ज गाउँपालिका–१ का शत्रुधन यादव र देवानगञ्ज गाउँपालिका–७ का कपिलदेव यादवलाई २७ किलोग्राम गाँजा सहित धरान–१३ र २० स्थितबाट पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय पथरी मोरङले…

Read More

काठमाण्डौ, १३ भदौ । भारतको आसाम क्रिकेट टोलीसँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपालको ‘ए’ टोली ९६ रनले विजयी भएको छ । नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आसाम १५ ओभर २ बलमा ७७ रनमा अलआउट भयो । आसामका रुहिनन्दन पेगुले सबैभन्दा धेरै १७ रन बनाए । नेपालका युवराज खत्रीले ४, बसिर अहमदले ३ तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले ११ विकेट लिए । यसअघि गुवाहिटीमा टस जितेर ब्याटिङ गरेको नेपालको ‘ए’ टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायो । नेपालका सन्दीप जोराले ३५, देव खनाल र पवन सर्राफले समान ३१, बसिर अहमदले…

Read More

झापा, १३ भदौ । नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार २ लाख ६ सय रुपैयाँ कायम भएको हो । सुनको मूल्य यो हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ थियो । जसअनुसार आज १२०० रुपैयाँ वृद्धि भएको हो । यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार २ हजार ३६० रुपैयाँ पुगेको हो ।

Read More

ताप्लेजुङ, १३ भदौ । ताप्लेजुङमा कार्यरत नेपाल प्रहरीका असई इन्द्रबहादुर भुजेलको शौचालयतर्फ जाँदै गर्दा लडेर मृत्यु भएको छ। आज बिहान करिब ८ः१७ बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत भुजेल ड्युटी जानुअघि लडेपछि अस्पताल पुर्याइएका थिए। तर उपचारकै क्रममा बिहान ९ः५५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ। झापा मेचीनगर–१० धुलाबारीका भुजेल कर्मनिष्ठ प्रहरीका रूपमा परिचित थिए। उनकी श्रीमती विनिता शेर्पा पनि असई रहेकी छन् र हाल इलाका प्रहरी कार्यालय धुलाबारीमा कार्यरत छिन्।

Read More

झापा, १३ भदौ । बाढी पूर्वानुमान महाशाखाले आज शुक्रबार झापासहित देशका ५२ जिल्लामा बाढीले जोखिम निम्त्याउन सक्ने सम्भावना देखिएको जानकारी दिएको छ । ती जिल्लामध्ये बाढी महाशाखाले ३१ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टसमेत दिएको छ । बाढी महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ। यिनै ३१ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङमा राखेको…

Read More

झापा, १३ भदौ । सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रको मौलिक पर्व गौरा आज भाद्र शुक्ल पञ्चमीका दिन बिरुडा भिजाएर सुरु गरिएको छ । केराउ, जौ, मस्याङ, मास र गुराँस गरी पाँच प्रकारका गेडागुडी भिजाउने परम्परालाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। यही बिरुडा अष्टमीका दिन भगवतीलाई चढाइन्छ र भक्तजनलाई प्रसादस्वरूप बाँडिन्छ। गौरा पूजाका लागि कुश, काँस, सामा, तीतेपाती, अपामार्ग ९कतै तिलको बिरुवा पनि० प्रयोग गरी देवीको प्रतीकात्मक आकृति बनाइन्छ। यस वर्ष भाद्र शुक्ल अष्टमीमा देवीलाई गाउँको सफा घरमा भित्र्याएर व्रतालुहरूले निराहार पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् नन्दकृष्ण जोशीले जानकारी दिनुभयो। देवी भित्र्याउने कार्य गाउँका नायकले गर्दछन्, जसलाई कसैले हेर्न नहुने मान्यता छ। पूजापछि…

Read More

काठमाडौँ, १३ भदौ । काठमाडौँको जडिबुटीमा आज बिहान भएको सवारी दुर्घटनामा दुई युवकको ज्यान गएको छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको स्कुटर रोकिराखेको बसको पछाडि ठोकिँदा दुर्घटना भएको हो। काठमाडौँ महानगरपालिका–३२ स्थित जडिबुटी आकाशेपुल नजिकै बा.प्र ०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बस सडकमा रोकिरहेकै अवस्थामा लु.४३ प ४९३८ नम्बरको स्कुटर ठोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए । दुर्घटना आज बिहान पौने तीन बजेतिर भएको हो । स्कुटर चालक नवलपरासीको सुनौल नगरपालिका–१ स्थायी घर भई हाल भक्तपुरको लोकन्थलीमा बस्दै आएका २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाँचखान नगरपालिका–२ का २३ वर्षीय नितेश नेपालको मृत्यु भएको प्रहरीले…

Read More

झापा, १३ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बिहीबार काँकडभिट्टा–लौकही सडक योजनाको (पूर्वी खण्ड) मा भइरहेको पूर्वपश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिको अनुगमन गर्नुभएको छ । मन्त्री दाहालले मेचीनगर नगरपालिका कार्यालयमा आयोजित सरोकारवालाहरूसँगको छलफल कार्यक्रममा राजमार्गको स्तरोन्नतिका क्रममा देखापरेका समस्या र जनताका मागलाई व्यावहारिक रुपमा समाधान गरिने बताउनुभयो । सो अवसरमा मन्त्री दाहाललाई मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले पूर्वीनाका काँकडभिट्टादेखि प्यारीभिट्टा बसपार्कसम्म ६ लेन सडक विस्तार गरिनुपर्नेलगायत सात बुँदे मागपत्र बुझाउनुभएको थियो । नगरप्रमुख बुढाथोकीले पूर्वीद्वार काँकडभिट्टामा प्रसिद्ध साहित्यकार गोपाल योञ्जनको सालिक राख्न र घण्टाघर बनाउन राजमार्ग छेउमै स्थान उपलब्ध गराइदिन माग गर्नुभएको छ । यसैगरी, विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्र…

Read More

झापा, १३ भदौ । निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित देशभरका सबै स्थानीय तहमा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले देशका कुनै पनि नगरपालिका र गाउँपालिका अब निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गरेकी छन्। निमित्तको भरमा सञ्चालित देशभरका दुईसय पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी मन्त्री न्यौपानले सामाजिक सञ्जालमार्फत दिएकी छन्। ‘सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ। यो काममा म निरन्तर लागिरहेकी छु,’ उनले फेसबुकमा लेखेकी छन्, ‘मैले कार्यभार समाल्दा देशभरीका ७५३ मध्ये २०० पालिका निमित्तका भरमा चलिरहेका थिए। आजबाट देशभरीका गाउँपालिका र नगरपालिकालाई…

Read More