
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ९ भदौ । प्रवासी तथा तिनीहरुको दम्पत्तिहरूका लागि एचआईभी रोकथाम कार्यक्रमको समन्वय बैठक सम्पन्न भएको छ । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालद्वारा जिल्लामा सञ्चालित यो कार्यक्रमको आज भद्रपुर नगरपालिकाको सभाहलमा बैठक सम्पन्न भएको हो । बैठकमा राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालका केन्द्रीय सदस्य सञ्जीव खड्काको अध्यक्ष, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य एवम् नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाको विशेष आतिथ्य रहेको थियो । बैठकमा परियोजना संयोजक भूषण शर्माले संस्थाको परिचय, उद्देश्य, लक्ष्य, योजना र हालसम्मको प्रगतिबारे जानकारी दिनुभएको थियो । विशेषगरी भारतमा कामका लागि कम्तिमा छ महिनाका लागि जाने र फर्किएर आएर पुनः काममा जानेहरु…
भद्रपुर, ९ भदौ । झापाको भद्रपुर नगरपालिका–८ बाट प्रहरीले आइतबार राति लागुऔषध ब्राउनसुगरसहित छ जनालाई पक्राउ गरेको छ । भद्रपुर–८ स्थित खुशबाबु श्रेष्ठ घरमा लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा छापा मार्दा छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा घरधनी खुशबाबुका छोरा २१ वर्षीय राज श्रेष्ठ, भद्रपुर–१० का २३ वर्षीय अलताप सेख, भद्रपुर–७ का १९ वर्षीय रमित राजवंशी, २९ वर्षीय सुमित पासी, धादिङ रुवीभ्याली–५ का २४ वर्षीय गुम लामा र काठमाडौं तारकेश्वर–६ का १९ वर्षीय न्यान्जी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।…
झापा, ९ भदौ । नवलपरासी पूर्वको नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। आइतबार साँझ गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको अविनाश ह्याचरी कुखुराको चल्ला बोकेको ना १ क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ प ८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। प्रहरीकाअनुसार ट्रकको ठक्करबाट मोटरसाइकल चालक गैँडाकोट–४ का २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। ट्रकले मोटरसाइकललाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…
झापा, ९ भदौ । हिन्दु धर्मालम्बी महिलाहरूले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । तीजको दिन ब्रत बस्ने महिलाले अघिल्लो दिन मिठामिठा र आडिला परिकार दरको रुपमा खाने चलन विगतदेखि चलिआएको छ । विशेषगरी, टाढा रहेका दिदी–बहिनीलाई माइती पक्षले तीजमा निम्ता गर्छन् । दिदी बहिनी, परिवारका सदस्य, इष्टमित्र र छिमेकीहरू एकैठाउँमा भेला भएर विभिन्न मिठा परिकार दरको रुपमा खाँदै रमाइलो गर्ने चलन विगतदेखि चल्दै आएको छ । विगतमा तीजको अघिल्लो दिन मात्रै दर खाने चलन रहेपनि आजभोलि शहरी क्षेत्रमा एक डेढ महिनाअघिदेखि नै दर खाने र खुवाउने चलनको विकास हुन…
झापा, ९ भदौ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट रु तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । यो गत आव २०८१–८२ को सोही अवधिको तुलनामा रु १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवमा रु तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा रु एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक…
झापा, ९ भदौ । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने व्रतालु महिलाका लागि विशेष व्यवस्था मिलाइएको छ। पशुपति क्षेत्र विकास कोषले मन्दिरको बाहिरी क्षेत्रमा चार लाइन र भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी दर्शन प्रक्रिया सहज बनाउने तयारी गरेको छ। कोषले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्नुपर्ने असहजता हटाउन एकदेखि डेढ घण्टाभित्र दर्शन सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँले तीजको तयारी लगभग पूरा भएको बताउँदै, स्वयंसेवकहरू मन्दिरको बाहिरी भागमा मात्र खटाइने जानकारी दिनुभयो। कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले मन्दिरका चारै ढोका भदौ १० गते मंगलबार बिहान ३ बजेदेखि नै खुला गरिने…
झापा, ९ भदौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । कार्यालयले ती निर्माण कम्पनीलाई आइतबार कालोसूचीमा राख्ने निर्णय गरेर सोमबार सार्वजनिक सूचना प्रकाशित गरेको हो । जसअनुसार कालोसूचीमा परेका ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । सार्वजनिक निकायहरूले लेखी पठाएका विवरणका आधारमा निर्णय गरिएको कार्यालयले जनाएको छ ।
झापा, ९ भदौ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र रातिको सम्भावित मौसम तथा वर्षाबारे जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराई भूभागका धेरै स्थान तथा बाँकी प्रदेशका पहाड भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा हुरीको पनि सम्भावना छ। त्यस्तै, आज राति देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र…
झापा, ८ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) नतिजामा झापाको कनकाई नगरपालिकाले सबैभन्दा धेरै ८६ अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ। त्यस्तै, दमक नगरपालिकाले ८३.२५ अंकसहित दोस्रो र भद्रपुर नगरपालिकाले ८१.५० अंकसहित तेस्रो स्थान प्राप्त गरेका छन्। मेचीनगर र बिर्तामोड नगरपालिकाले समान ७५.५० अंक प्राप्त गरेका छन्। मूल्याङ्कनमा प्रयोग गरिएका ११ सूचकहरू यसप्रकार छन्: शासकीय प्रबन्ध संगठन तथा प्रशासन बजेट तथा योजना व्यवस्थापन वित्तीय तथा आर्थिक व्यवस्थापन सेवा प्रवाह न्यायिक कार्यसम्पादन भौतिक पूर्वाधार सामाजिक समावेशीकरण वातावरण तथा विपद् व्यवस्थापन सहकार्य तथा समन्वय अन्य…
झापा, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि, उद्योग, जडीबुटी, पर्यटन जस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने आधार उत्पादन भएको बताउनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको आर्थिक उत्पादन विभागको पहिलो बैठकमा उहाँले भन्नुभयो, “हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने त्यसको मूल आधार उत्पादन हो । उत्पादनका निम्ति सिङ्गो पार्टी केन्द्रित नभई समाजवाद सम्भव हुँदैन ।” हेटौँडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन सङ्घर्ष’ निर्णय कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने अध्यक्ष दाहालले बताउनुभयो ।