झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३ भदौ । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज दिउँसो करिब ३:३० बजे BR 558500 नम्बरको भारतीय स्कारपियो इलामबाट बुधबारेतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको प्र.१–०१–०१६ प.३६६१ नम्बरको मोटरसाइकलसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ का ४६ वर्षीय ठाकुर अधिकारी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित B&C अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा साँझ ५:४० बजे अधिकारीको मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। मृतकको शव अस्पतालमै राखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

झापा, ३ भदौ । झापाको दक्षिणी भेगमा स्थापित दर्पण कला संसारले तीजको उपलक्ष्यमा महिलाहरूको खुल्ला नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। कला, साहित्य र अभिनयको क्षेत्रमा सक्रिय यो संस्थाले पछिल्ला दिनमा विविध कार्यक्रम गर्दै आएको छ। आधिकारिक रुपमा दर्ता भएको दुई वर्षको अन्तरालमै यस संस्थाले धेरै गतिविधि सम्पन्न गरिसकेको छ। गत वर्ष तीजकै अवसरमा स्थानीय महिलालाई अवसर दिँदै तीज म्युजिक भिडियो निर्माण गरेको थियो भने, लागुऔषध न्यूनीकरणको उद्देश्यसहित ‘परिणाम’ नामक छोटो चलचित्र पनि निर्माण गरेको थियो। सो चलचित्रको निर्देशन हरि बस्नेत ‘डिके’ ले गरेका हुन् भने सहनिर्देशन भुवन खड्का लगायतको टिमले गरेको थियो। उक्त चलचित्र यही भाद्र १३ गते नगरपालिकाको सवालबाट…

Read More

विराटनगर, ३ साउन । मोरङको रतुवामाई नगरपालिका–४ आमबारी चोकबाट चोरी भएको मोटरसाइकल प्रहरीले झापामा फेला पारेको छ । चोरीमा संलग्न दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङकी पुष्पमाया खतिवडाले घरको कम्पाउण्डमा पार्किङ गरी राखेको को ३० प ९६७७ नम्बरको मोटरसाइकल साउन ३० गते राति १२ बजे चोरी भएको थियो । उक्त मोटरसाइकल झापा जिल्लाको भद्रपुरतर्फ लैजाइरहेको भन्ने विशेष सूचनाको आधारमा भदौ २ गते दिउँसो २ बजे प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित चेकपोष्टमा चेकजाँच गर्ने क्रममा फेला पारेको हो । प्रहरीका अनुसार मोटरसाइकलमा झापाको गौरीगन्ज गाउँपालिका–५ का २० वर्षीय रोम भन्ने प्रकाश यादव र विर्तामोड नगरपालिका–१ का २० वर्षीय…

Read More

झापा, ३ भदौ । झापा दमक नगरपालिका–७ पशुडाँडास्थित पूर्व–पश्चिम लोकमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। आज ३ गते बिहान ८ः०० बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको मालवाहक ट्रक (प्र१–०२–००२ ख ०९१२) ले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल (प्र१–०१–०१२ प ९३१२) लाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–५ निवासी ४३ वर्षीय सुकदेव गौतमको बाँया खुट्टामा सामान्य चोट लागेको छ। उनलाई उपचारका लागि दमक अस्पताल पठाइएको छ र अवस्था सामान्य रहेको बताइएको छ। तर, मोटरसाइकलको पछाडि सवार उनकी ४२ वर्षीया श्रीमती मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव दमक अस्पतालको शवगृहमा…

Read More

झापा, ३ भदौ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो । आयोगले सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता हुन आएको जनाएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल,…

Read More

झापा, ३ भदौ । झापा बिर्तामोड नगरपालिका–६ बुट्टावारीस्थित एक चिया पसलमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति ११ः५५ बजे लालबहादुर तामाङले सञ्चालन गरेको काठ, बाँस र टिनको छानो भएको चिया पसलमा आगो लागेको हो । पसलमा रहेको विद्युतीय चुलोबाट तार सट भई आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट पसलमा रहेको काठ र प्लास्टिकका टेबल, फ्रिज तथा किचनका अन्य सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मानवीय वा चौपाया क्षति भने नभएको पुष्टि गरिएको छ । प्रहरी, स्थानीय बासिन्दा र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो साउन ३ गते राति…

Read More

झापा, ३ भदौ । झापा मेचीनगर नगरपालिका–५ भेटघाट चोकका करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ । सोमबार साँझ आफ्नै घरमा बिग्रिएको टेबल फ्यान मर्मत गर्ने क्रममा २२ वर्षीय संदिप राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । अचेत अवस्थामा उनलाई उपचारका लागि आम्दा अस्पताल धुलाबारी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ३ भदौ । ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको प्रमुख नगदे बाली अलैँचीले उत्पादनको सुरुआती सिजनमै उच्च मूल्य पाएको छ। नेपालकै सबैभन्दा ठूलो अलैँची बजार बिर्तामोडमा सोमबार प्रतिमन (४० केजी) रु ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले जानकारी दिए। “यो निकै राम्रो भाउ हो,” ढुङ्गानाले भने, “गत वर्ष यही सिजनमा प्रतिमन रु ४० हजारसम्ममा कारोबार भएको थियो ।” उनका अनुसार यो मूल्य विगत सात वर्षको उच्चतम हो । विसं २०७५ मा प्रतिमन रु एक लाख पाँच हजारसम्म पुगेको अलैँचीको मूल्य सोही वर्षको मङ्सिरमा रु एक लाख सात हजार पुगेको थियो। २०६७ सालमा प्रतिमन…

Read More

झापा, ३ भदौ । सामाजिक सञ्जाल टिकटकबाट चिनजान भई बिहे गर्ने प्रलोभनमा भारतसम्म पुर्‍याइएकी १५ वर्षीय किशोरीलाई पर्सा प्रहरीले सकुशल उद्धार गरेको छ। पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर प्रकाश थापाको नेतृत्वमा गरिएको प्रयासले घरबाट हराएको १८ औँ दिनमा किशोरीलाई सीमाक्षेत्रमा फेला पारिएको हो। गत साउन १२ गते कटहरिया नगरपालिका–४ निवासी सो किशोरीलाई २२ वर्षका युवकले ललाइफकाई मोटरसाइकलमा लगेर भारत पुर्‍याएको परिवारले जनाएको थियो। खोजतलास गर्ने क्रममा अभिभावकले सिसी टिभी फुटेज र टिकटकमा राखिएका फोटोमार्फत खोजी गरेपछि उनी पर्सा–पटेर्वा सुगौली गाउँपालिका–७, रघुनाथपुरसम्म पुगेको पत्ता लागेको थियो। तर, बालिकाको अवस्था सार्वजनिक हुने बित्तिकै मुस्लिम…

Read More

झापा, ३ भदौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थान तथा मधेस प्रदेशको तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी…

Read More