
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
एजेन्सी, १६ भदौ । अफगानिस्तानको जलालाबाद नजिकै गएराति गएको ६ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या छ सय पुगेको छ । भुकम्पमा कैयौं घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको सङ्ख्या उल्लेख भएको छैन । अमेरिकी भू–गर्भ सर्वेक्षण (यूसजीएस) का अनुसार भूकम्प जलालाबाद शहरबाट १७ माइल टाढा र झन्डै पाँच माइलको गहिराइमा गएको हो । भूकम्पपछि ५।२ म्याग्निच्युड सम्मका कम्तीमा पाँचवटा पराकम्पन पनि गएराति छन् । अफगान स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्र दुर्गम र हिमाली भू–भाग भएकाले वास्तविक क्षति र जनधनको नोक्सानीबारे पूर्ण विवरण आउन समय लाग्नेछ । उहाँले उद्धारका लागि ठूलो अभियान शुरु गरिएको र सयौं जनशक्ति परिचालन गरिएको जानकारी…
झापा, १६ भदौ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालू आर्थिक वर्ष २०८२–८३ को साउन महिनामा १ अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार रुपैयाँको, अलैँची ३२ करोड ४३ लाख २१ हजार रुपैयाँको, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख रुपैयाँको, अम्लिसो आठ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा…
बिर्तामोड, १६ भदौ । प्रदेश राजधानी विराटनगरमा ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ तुलनात्मक अध्ययन पुस्तकमाथि विमर्श सम्पन्न भएको छ । मार्क्सवादी ज्ञान केन्द्र द्वारा लिखित पुस्तकको विमर्श सम्पन्न भएको हो । समाजमा व्याप्त व्यवस्थाप्रतिको भ्रम तथ्याङ्कमै चिरफार गर्नु र पुस्तकको दोस्रो संस्मरणका लागि आवश्यक सुझाव लिनु कार्यक्रमको उद्धेश्य रहेको मार्क्सवादी ज्ञान केन्द्र कोशी प्रदेशका अध्यक्ष सीता कडरियाले जानकारी दिइन् । कार्यक्रममा नेकपा एमालेका नेता घनश्याम खतिवडा, नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेश अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), नेपाली कांग्रेसका प्रवक्ता यदु बिष्ट लगायतले सुझाव राखेका थिए । प्राध्यापक कृष्ण पोख्रेल र उपप्राध्यापक इन्दिरा प्रसाईले पुस्तकमाथि विमर्श गरेका थिए । मार्क्सवादी ज्ञान…
बनियानी, १६ भदौ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले सम्पन्न नभएका योजनाहरुको छलफल अब पर्दा पछाडि नहुने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास कार्यालय झापाले आइतबार यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री राईले संघ, प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका थुप्रै योजना रहेको बताउनुहुँदै सम्पन्न नभएका योजनाहरुको छलफल पर्दा पछाडि नहुने बताउनुभयो । “थुप्रै आयोजना सञ्चालनमा छन्, नागरिकको गुनासो पनि धेरै छ”, उहाँले भन्नुभयो, “अब सम्पन्न नभएका योजनाको छलफल पर्दा पछाडि हुँदैन ।” निर्माण व्यवसायी, मन्त्री र कर्मचारी मिलेर पैसा झ्वाम पार्ने अनि नागरिक अलपत्र सडकमा हिँड्नुपर्ने भन्ने आमनागरिकको गुनासो रहेको उहाँले उल्लेख गर्नुभयो…
राजेश ढुंगानाकेही दिनकतै कोही मरेनकहीं कसैलेकसैलाई मारेनशान्त थियोर,म प्रतिद्वन्दीविहीनएक्लो दौडमा थिएँनिर्विकल्प विजेता मसबै सिद्धिएरआफ्नो मात्र एकछत्र शासनकोकोमल आसनमाथिगजधम्म बसेरअरु सबैलाईआफूभन्दापुड्का र होचादेख्न थालें एक दिनएकाबिहानै कसैलेमेरो ढोकाढकढक ढक्ढक्यायोचुकुल खोलेर हेर्दाउहीआतंक पो मुस्कुराइरहेछजसलाई मअर्काको विरुद्ध काम लगाउथें म उसलाईभित्र पस्ने निम्तो दिँदैदिनभरि सत्कार गर्दै बसेंउसलेमेरा प्रतिद्वन्दीहरू समाप्तिकोएक…एक कथानबिराइ..नबिसाइ सुनाउँदै गयो साँझपख मैलेजब उसलाई आजको दिनकोअन्तिम सत्कार गर्नकेही बाँकी छ कि ?सोधेको मात्र के थिएँउसले मलाई नै पोझम्टेर आक्रमण गर्योमेरो प्रतिद्वन्दीको आदेशमा आतंकउसको भएनमेरो आदेशमारमेरो पनि रहेनउसको हुकुममा…
झापा, १६ भदौ । झापाको अर्जुनधारा नगरपालिका–२ बेल्टारस्थित घिमिरे चोक हुँदै अवैध रूपमा काठ तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरीले सालको गोलिया काठसहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको सूचनाका आधारमा भदौ १४ गते राति सुरक्षा बेस खुदुनाबारीबाट खटिएको टोलीले लु. १ च ६८४३ नम्बरको पिकअप गाडीमा चोरी तस्करी गरी ल्याइँदै गरेको ५ थान सालको गोलिया काठ बरामद गरेको हो । गाडी चालक ३८ वर्षीय रबिन्द्र बुढाथोकी (अर्जुनधारा नगरपालिका–३ निवासी) लाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले काठ तस्करीमा संलग्न…
झापा, १६ भदौ । झापाको बिर्तामोड नगरपालिकाले यहाँका नौ घरपरिवार भूमिहीन सुकुम्बासीलाई जग्गाको धनीपूर्जा वितरण गरेको छ । नगरपालिकाको सभाहलमा आज आयोजित एक कार्यक्रमका बीच बिर्तामोड–७ का नौ घरपरिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिएको हो । वर्षौंदेखि जग्गा धनीपूर्जाको पर्खाइमा रहेका बिर्तामोड–७ का निरानध्वज लिम्बु (२ कट्ठा ४ धुर), अमृतबहादुर लिम्बु (२ कट्ठा १७ धुर), निर्मला लिम्बु (१० धुर), हरिकला मगर (१ कट्ठा ९ धुर), मसिप्रकाश राई (७ कट्ठा ५ धुर), आइतराज लिम्बू (१ कट्ठा ७ धुर), मैतीमाया लिम्बू (९ कट्ठा १८ धुर), गुरुदेव घिमिरे (१ कट्ठा साढे १८ धुर) र कृष्णबहादुर थापा (६ कट्ठा ५ धुर) ले जग्गा धनीपूर्जा पाउनुभएको…
झापा, १६ भदौ । झापाका वडाध्यक्षहरुले बिर्तामोडमा अनुभव साटासाट गरेका छन् । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले कार्यअनुभव र समस्याहरु साटासाट गरेका हुन् । नेकपा एमाले झापाको स्थानीय विकास विभागले आइतवार आयोजना गरेको अन्तर संवाद कार्यक्रममा वडाध्यक्षहरुले आफ्नो वडामा गरेका उत्कृष्ट काम र समस्याहरुको बारेमा अनुभव सुनाए । पालिका–पालिकाको समूह बनाएर सामुहिक रुपमा काम र समस्याहरु राख्दै एक अर्काबीच अन्तर संवाद गरिएको थियो । अधिकांश वडाध्यक्षहरुले वडाको दैनिक कार्य र औपचारिक कार्यक्रमहरुले जनताको बीचमा जान कठिनाई भइरहेको बताए । कर्मचारी जस्तो बस्नैपर्ने, काम गर्नैपर्ने वडाध्यक्षको समेत भूमिका हुँदा जनताको बीचमा सोचे अनुसार जान नसकेको धारणा राखेका थिए । बजेटको अपर्याप्त र…
झापा, १६ भदौ । जल तथा मौसम विज्ञान विभाग हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै, आज राति देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका…
झापा, १५ भदौ । सशस्त्र प्रहरी बल नेपालका एकाइमा कमाण्डरको रूपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतको राजश्व सङ्कलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकै पटक १६ अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । एक सशस्त्र प्रहरी उपरीक्षक, एक सशस्त्र प्रहरी नायव उपरीक्षक, सात सशस्त्र प्रहरी निरीक्षक, ५ सशस्त्र प्रहरी नायव निरीक्षक, एक सहायक निरीक्षकसहितलाई कमान्डको जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतलाई कमाण्डरबाट फिर्ता गरेर सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई पठाइएको छ । यसैगरी बारा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट…