
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चन्द्र पन्दाकताप्लेजुङ, ९ साउन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गर्भवती महिलाले वडाबाटै गर्भ परीक्षण सेवा पाउन थालेका छन् । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण गर्न थालेपछि महिलाले वडाबाटै सेवा पाएका हुन् । सिदिङ्वा गाउँपालिकामा गत आर्थिक वर्षदेखि प्रत्येक वडामा पुगेर घुम्ती शिविर सञ्चालन गरी भिडियो एक्स–रेमार्फत गर्भवती महिलाको गर्भ परीक्षण गरिँदैआएको छ । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिएको छ । गाउँपालिकाले सुरु गरेको उक्त अभियानको निरन्तरतास्वरुप नयाँ आर्थिक वर्ष २०८२–८३ को सुरुमै शिविर सञ्चालन गरी गर्भवती महिलाको गर्भ परीक्षण गरिएको छ । सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा ४ साब्लाखु र…
काठमाडौ, ९ साउन । इरानको जेलबाट रिहा भएका पाँच नेपालीलाई सरकारले नेपाल ल्याएको छ। परराष्ट्र मन्त्रालयले आज (शुक्रबार) दिएको जानकारीअनुसार इरानको जेलमा रहेका ५ नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्न आदेश दिएपछि बिहीबार काठमाडौँ ल्याइएको हो। तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को सहयोगमा उनीहरूलाई स्वदेश ल्याइएको मन्त्रालयले जनाएको छ। तर परराष्ट्र मन्त्रालयले उनीहरूको नाम सार्वजनिक गरेको छैन। यसअघि इराजयल र इरानबीच द्वन्द्व हुँदा पनि तीन चरणमा गरी ९ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको जानकारी पनि मन्त्रालयले दिएको छ।
ऋतिक रोशन, जुनियर एनटीआर, कियारा आडवाणी अभिनित बलिउड फिल्म ‘वार २’को एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको छ । यी दुईजनाको भीडन्त प्रस्तुत गर्दै ट्रेलरमा विस्फोटक एक्सन, रोमान्स र दुई बीचको तीखो संवाद प्रस्तुत गरिएको छ, आउँदै गरेको जासूसी कथाको झलक दिन्छ । यो फिल्म यशराज फिल्म्सको ‘जासूसी ब्रम्हाण्ड’को नयाँ श्रृंखला हो । दुई मिनेट पैंतीस सेकेन्डको ट्रेलर रोमाञ्चक स्टन्ट, अद्भुत एक्सन दृश्य र जबरदस्त नाटकले भरिएको छ । ट्रेलर ऋतिकको आवाजबाट सुरु हुन्छ, जसले आफ्नो जागिर, नाम र पहिचान समेत त्यागेर छाया बन्ने वाचा गर्छन् । यसमा एउटा संस्कृति श्लोक पनि छ( कर्मण्येवाधिकारस्ते मा फलेषु कदचन’। यो भागवत गीताको एउटा श्लोक…
शरीरमा बिलिरुबिनको मात्रा बढ्नुलाई सामान्यत कमलपित्त वा जन्डिस (पँहेलो रोग) भनेर चिनिन्छ। जन्डिस तब हुन्छ जब रगतमा बिलिरुबिनको मात्रा अत्यधिक बढ्छ, जुन रातो रक्त कोशिकाको विघटनबाट उत्पन्न हुन्छ। सामान्य अवस्थामा, कलेजोले बिलिरुबिनलाई शरीरबाट बाहिर निकाल्छ, तर कलेजोमा कुनै समस्या भएमा, यो प्रक्रिया प्रभावित हुन्छ र रगतमा बिलिरुबिनको मात्रा बढ्न थाल्छ। गतमा बिलिरुबिनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएपछि, यसले गर्दा आँखा, छाला र पिसाब पहेँलो देखिन्छ। यो कलेजो, पित्त नली, वा रगतसँग सम्बन्धित समस्याको संकेत हुन सक्छ। समयमै उपचार नगरेमा गम्भीर समस्या निम्त्याउन सक्छ। यो लक्षण कलेजोको रोग वा अन्य स्वास्थ्य समस्याहरूको संकेत हुन सक्छ। जन्डिस आफैंमा कुनै रोग होइन, यसकारण,…
झापा, ९ साउन । झापाका लागू औषध तथा प्रतिबन्धित औषधीको कारोवार वढेसँगै प्रहरीले सम्भावित क्षेत्रहरुमा डगबाट स्नापिङ शुरु गरेको छ । प्रहरीले लागूऔषध नियन्त्रण, पहिचान तथा न्युनिकरण प्रयोजनार्थको लागि २ वटा डगबाट स्नापिङ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय के नाईन (-k9) शाखा, धरान, सुनसरीबाट खटिएको डग स्नापिङ टोलीले सम्भावित अपराध रोकथामका लागि झापामा डगबाट स्नापिङ गरेको हो । प्रहरीले बिहीवार साँझ ५ बजेको समयमा झापा मेचीनगर नगरपालिका–९ झोडास्थित गरेको डगबाट स्नापिङबाट तीन स्थानबाट तीन जनालाई पक्राउसमेत गरेको छ । प्रहरीले मेचीनगर–९ झोडा, लिलाबस्ति र खुट्टिडाँगि एरियामा डग स्नापिङ गरेको थियो । मेचिनगर–१० पाथिभरा टोल, खयरडाँगी, दनुवार बस्ति एरियामा…
विराटनगर, ९ साउन । मोरङ र सुनसरीबाट साउन ८ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बसपार्क स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को .१ ह ८९८८ नम्बरको अटोमा सवार धरान-६ का एक बालको साथबाट ३ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर फेला पारे संगै २४ बर्षीय युवराज लिम्बु र अटो चालक धरान- ८ का २८ बर्षीय निलन लिम्बुलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय धरानले धरान-१४ का ५२ बर्षीय कुमार बस्नेतलाई स्पास्मो प्रोक्सिवन ५ सय ७६ ट्याबलेट सहित उनकै कोठाबाट नियन्त्रणमा लिएको…
झापा, ९ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७८ पैसा , युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ६२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७४ रूपैयाँ ३८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ २१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ६१ पैसा ,…
झापा, ९ साउन । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज साउन ९ गतेका लागि २६ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै एल्लो अलर्ट जारी गरेको छ। बाढी मापन अनुसार कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल भए पनि आज दिनभर बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रामेछाप, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, कास्की, गोरखा, लमजुङ, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, सुर्खेत र दैलेख जिल्लामा बहने ससाना नदीमा बाढीको सम्भावना मध्यम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह…
चितवन, ९ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति कालिका नगरपालिका–२ निवासी ३५ वर्षीय मुकुन्द कँडेल हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना गए राति १२स्३० बजे भएको हो। खैरहनीबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको रात्रिबसलाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरहनीतर्फ गइरहेको बा प्र ०६–००१प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। गम्भीर घाइते कँडेलको भरतपुर अस्पतालमा राति १स्१९ बजे उपचारका क्रममा मृत्यु भएको हो। बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापा, ९ साउन । भारतको राजधानी नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीविना कुवेत जान लागेका महिलाहरूलाई नेपाली दूतावाससँगको समन्वयमा स्थलमार्ग हुँदै गएराति रूपन्देही पुर्याइएको छ । ती महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । महिलाहरूलाई त्यहाँबाट काठमाण्डौ ल्याइँदैछ । गृहमन्त्री रमेश लेखकले फर्काइएका महिलाहरूको विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा…