झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ साउन । कोसी प्रदेश सरकारले प्रदेशको नाम ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ हुने गरी संशोधन गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम संशोधन गर्ने निर्णय गरेको हो। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विगतमा रहेको ‘कोशी प्रदेश विराटनगर, नेपाल’लाई परिवर्तन गरी प्रदेशसभाले पास गरेको ऐनअनुसार नाम संशोधन गरी प्रदेश सरकारका सम्पूर्ण कार्यालयका ‘लेटरहेड’ र ‘साइनबेर्ड’मा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए। त्यसैगरी, कोशी प्रदेश सरकारको तथ्याङ्कसम्बन्धी कार्यालयलाई व्यवस्थित गर्न ब्नेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ। प्रदेश स्वास्थ्य नीति–२०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको छ।…

Read More

फिक्कल, १७ साउन । आर्थिक वर्ष २०८१–८२ मा इलामका एक सय दुई जनाले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट एक सय दुई जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका हुन् । जसमध्ये सबैभन्दा बढी अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट ९७ जनालाई एवं जिल्ला प्रशासन कार्यालयबाट तीन र इलाका प्रशासन कार्यालयले दुई जनालाई आमाको नामबाट नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । बुबाको पहिचान नहुँदा नागरिकता लिनबाट वञ्चित भएकाले आमाको नामबाट नागरिकता पाएको आज जिल्ला प्रशासन कार्यालयमा आयोजित वार्षिक प्रगति…

Read More

झापा, १६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी,…

Read More

शिवसताक्षी, १६ साउन । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले वडाका नागरिकको मृत्यु भएमा राहत रकमसहित मृत्यु दर्ता प्रमाण पत्र घरमै दिन सुरु गरेको छ । वडाका नागरिकहरुको घरमा भएको दुःखद घटनाका कारण विछिप्त अवस्थामा रहँदा समय अवधि भित्र कतिपय परिवारले मृत्यु दर्ता नगरेको, कतिपयले समय नाघि सकेपछि मात्र घटना दर्ता गर्न आएकाले वडाले मृत्यु दर्ता प्रमाण पत्र घरमै पुरयाउन सुरु गरेको हो । आज शिवसताक्षी ६ का दधिराम दमाईको घरमा वडाका सबै जनप्रतिनिधिहरु राहत रकमसहित मृत्यु दर्ता प्रमाण पत्र लिएर पुगेका थिए । दधिराम दमाईकी श्रीमती माया दमाईको २०८२ श्रावण ८ गते मृत्यु भएको थियो । आज नवौ…

Read More

बिर्तामोड, १६ साउन । बिर्तामोड नगरपालिकाले २४ जना कृषकहरुलाई आज समर्थन मूल्य रकम हस्तान्तरण गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले १२ लाख ८१ हजार ८ सय ८७ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको हो । समर्थन मूल्य प्राप्त गर्ने कृषकहरु मध्ये सबै भन्दा थोरै २ सय ८ रुपैयाँ प्राप्त गर्ने वडा नम्बर ७ का रविन बराल र सबै भन्दा धेरै ५ लाख ३४ हजार ५ सय ११ रुपैयाँ प्राप्त गर्ने वडा नम्बर ७ कै प्रदिप खनाल रहनु भएको छ । समर्थन मूल्यको भुक्तानी कार्यविधि माघ १५ गते बसेको कार्यपालिका बैठकबाट पास गरेर…

Read More

काठमाण्डौ, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओली पर्सि आइतवार तुर्कमेनिस्तान जानु हुने भएको छ । तुर्कमेनिस्तानको अवाजा शहरमा हुने भूपरिवेष्ठित विकासशील देशहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आइतवार त्यसतर्फ प्रस्थान गर्नु हुने भएको हो । यही साउन २० देखि २३ गतेसम्म अर्थात् (अगस्ट ५ देखि ८ तारिख) सम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ । उहाँले…

Read More

काठमाडौँ, १६ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ । गत चैत १५ मा तीनकुने भएको राजावादीको प्रदर्शनको घटनाका मुख्य कमान्डर प्रसाईँलाई राज्यविरुद्धको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशको विरुद्धमा उच्च अदालत पुगेका थिए । उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा बिहीबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमामा राखेर शुक्रबार पेशी तोकिएको थियो । गत जेठ २९ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले राज्यविरुद्धको कसुरसहित ज्यान मुद्दाको अभियोजनमा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । २०८१ चैत १५ मा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा…

Read More

कतिपय मानिसहरू फ्रिजको चिसो पानी पिउन मन पराउँछन् । तर, फ्रिजको पानी सीधै पिउँदा शरीरलाई हानि पु¥याउन सक्छ । विज्ञहरूको भनाइअनुसार धेरै चिसो पानीले मुटुलाई पनि असर गर्दछ र मुटुको धड्कन पनि कम गराउन सक्छ । फ्रिजको पानी सीधै पिउँदा शरीरलाई यस्ता अन्य असर पनि पार्न सक्छ । वजन बढाउँछ – खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ । यसको खराब असर मेटाबोलिजममा पर्छ । जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ । घाँटीको संक्रमण – धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ । यसरी धेरै चिसो पानी पिउनेलाई प्रायः टन्सिलको…

Read More

यतिबेला छायांकनमा रहेको फिल्म ‘मिरमिरे’ माघे सङ्क्रान्तिको विदा पारेर आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार फिल्मकी मुख्य अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसरमा निर्माण पक्षले प्रदर्शन मितिबारे जानकारी गराएको हो । वितरकसँगको सल्लाहमा फिल्मलाई माघ १ गते प्रदर्शन गर्न लागिएको निर्देशक यम शेर्पाले बताए । केही दिनदेखि फिल्मको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ । त्यसअघि काभ्रेपलाञ्चोकमा केही प्रतिशत छायांकन गरिएको थियो । अबको दुई सातामा फिल्मको सम्पूर्ण छायांकन सकिने जनाइएको छ । फिल्ममा सिर्जनासँगै दयाहाङ राई र प्रकाश सपूतको मुख्य भूमिका रहेको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्ममा माओत्से गुरुङ,…

Read More

झापा, १६ साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन एक लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

Read More