
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १८ असोज । शनिबार नेपालमा थप दुई हजार १२० व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । एक दिनअघि दुुई हजार ७२२ जनामा कोरोना सङ्क्रमण भएको थियो । परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार १२० जनामासङ्क्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८४ हजार ५७० पुगेको र हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ रहेको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४४…
झापा, १८ असोज । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपालमा पेट्रोलियम पदार्थ बिक्री गरेबापत पाउने मार्जिन रकम वार्षिक करिब सवा दुई अर्ब रुपैयाँ बढाउन दबाब दिएको छ। आइओसी भारत सरकार स्वामित्वको सार्वजनिक संस्था हो। आइओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ बिक्री गर्दा अन्तर्राष्ट्रिय मूल्यका आधारमा दुई प्रतिशत रकम मार्जिन राखेर इन्धन बिक्री गर्दै आएको छ। अहिले पेट्रोल र डिजेल बिक्री गरेबापत आइओसीले पाउने मार्केटिङ कस्ट (लागत) शीर्षकको रकम एक लिटरमा ५६ पैसा भारु (८९ पैसा नेपाली) बढाएर पठाएको छ। लिटरमा ८९ पैसा बढ्दा यहाँ आयात हुने वार्षिक २५ लाख किलोलिटर पेट्रोलियम पदार्थका आधारमा एक वर्षमा करिब सवा दुई अर्ब रुपैयाँ…
झापा, १८ असोज । सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको प्रभाव तथा पहुँचका बारेमा अझै ठोस अध्ययन हुन सकेको छैन । यस विषयलाई प्रभावकारी कार्यान्वयन गराउन दुई पटक निर्देशिका र विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको सरकारले विद्यार्थीको पहुँचका विषयमा भने अझै ठोस तथ्याङ्क सङ्कलन गर्न सकेको छैन । शिक्षा क्षेत्र सम्बद्ध व्यक्तिले यसको पहुँच, प्रभावका बारेमा अध्ययन गरेर कमी कमजोरी सुधार गर्दै सबै विद्यार्थीलाई यसमा समेट्नुपर्ने सुझाव दिएका छन् । धेरै विद्यार्थी छुट्न सक्नेसामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष कृष्ण थापा यस अवधिमा वैकल्पिक विधिमा कति विद्यार्थी जोडिए त्यसको पहुँच विद्यार्थीसम्म पुगे या नपुगेको…
झापा, १८ असोज । कोरोना भाइरस (कोभिड–१९) ले मिर्गौला रोगका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोनाका कारण सरकारले लामो समयसम्म गरेको बन्दाबन्दी तथा निषेधाज्ञामा मिर्गौला रोग लागेका बिरामी र उनीहरूका परिवार प्रभावित बन्न पुगेका छन् । बन्दाबन्दी तथा निषेधाज्ञा खुुले पनि मिर्गौला रोगीलाई अस्पतालसम्म पुुग्न अहिले निकै कठिन भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा। प्रेमराज ज्ञवालीले मिर्गौला ‘फेल’ भई डाइलासिस गराइरहेका व्यक्ति आर्थिक लगायत अन्य समस्यामा त थिए नै कोरानाका कारण झन् समस्या रहेको जानकारी दिए । उनले धर्मभक्त प्रत्यारोपण केन्द्र देशकै एक मात्र प्रत्यारोपण केन्द्र भएकाले चार सिफ्टमा डाइलासिस गरिरहेको जानकारी दिए…
काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । थापामा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ । केन्द्रीय समिति बैठकअघि बिहीबार काँग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी १५९ जनाको स्वाब संकलन गरिएको थियो । केन्द्रीय सदस्य थापासहित आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी र शम्भुलाल श्रेष्ठ र तीन जना सुरक्षाकर्मी र कर्मचारीमा पनि कोरोना देखिएको हो । थापाले भने, ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पिसिआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ । मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म घरमै आइसोलेसनमा छु। यस बीचमा मेरो सम्पर्कमा रहनुभएका…
झापा, १८ असोज । गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ । ४२ प्रतिशत महिलाले सरकारले गर्भपतन गराउन मान्यता दिएको स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ । परिवार कल्याण महाशाखाका अनुसार हालसम्म १३ लाख महिलाले मात्रै सुरक्षित गर्भपतन सेवा लिएका छन् । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा भीमसेन तिंकरीले ४२ प्रतिशत महिलाले मात्र गर्भपतन सेवाका बारेमा जानकारी पाएको बताए । उनले भने, ‘सुरक्षित गर्भपतन सेवालाई…
झापा, १८ असोज । प्रदेश १ मा कार्यरत संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरूले देशमा सरकार छ कि छैन भनेर सुन्सरीको इटहरीमा खोजी गरेका छन् । श्रमजीवि शिक्षक कर्मचारी ६ महिनायता पारिश्रमिकविहिन भएपछि राज्यको नीति नियम पालना गराउने सरकारले न्याय दिलाउन भूमिका नखेलेको भन्दै सरकार भए नभएको खोजी गरेका हुन् । निर्णायक आन्दोलनमा उत्रिएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्याब्सन, एन प्याब्सनको नाममा प्रचलित नेपालको कानुन तथा नीति नियम विपरित भइरहेका गतिविधि नियन्त्रण गर्न सरकार असफल भएको ठहर गर्दै सरकार बिरूद्ध सडकमा आएको हो । इस्टु प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीको नेतृत्वमा सरकारको लाचार प्रवृत्ति, विद्यालय सञ्चालकको अराजक आचरण बिरूद्ध…
झापा, १७ असोज । पछिल्लो २४ घण्टामा देशभर थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै मृतकको कुल संख्या ५२८ पुगेको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो। यस्तै आज काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार…
झापा, १७ असोज । प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । शनिबार एकैदिन अहिलेसम्मकै सवैभन्दा धेरै २ सय ५५ जनामा कोरोना पुष्टि भएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ४३२ पुगेको छ । शुक्रबार मोरङमा १४६ सहित एकैदिन १ सय ९७ जनामा कोरोना पुष्टि भएको थियो । जसमध्ये विराटनगरमा ४७ महिला र ७६ पुरुष गरी १२३ जनामा संक्रमण पुष्टि भएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार भने सुनसरीमा १२२ जनामा कोरोनाको संक्रमण देखिएको हो । त्यसैगरी मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३–३, धनकुटामा १ र…
बिर्तामोड, १७ असोज । नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठन प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) झापाको अध्यक्षमा ईन्जिनियर शिबु बुढाथोकी चयन हुनुभएको छ । नेकपा झापाको पार्टी कार्यालयमा आज भएको एक विशेष भेलाले ई. बुडाथोकीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो । पिन प्रदेश नं. १ का सचिव तथा झापा जिल्ला कार्यदल संयोजक ई. गणेश अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ई. प्रकाश खतिवडा, ई. देवेन्द्र अधिकारी, ई.अजित ढुंगाना लगायत दर्जनौँ ईन्जिनियरहरुको उपस्थिति रहेको थियो । नवगठित पिन झापाको उपाध्यक्षमा ई.कृष्ण निरौला, सचिवमा ई. इन्द्रमणि घिमिरे र कोषाध्यक्षमा ई. महेश भण्डारी चयन हुनुभएको छ । त्यसैगरी, सचिवालय सदस्यमा ई. कमलप्रसाद…