झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चितवन, १७ असोज । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । ट्रकको आधा भाग डुबेको अवस्थामा छ । दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिन र…

Read More

झापा, १७ असोज । मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज वंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र रहेको छ । महाशाखाले हाल देशका प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदलीको र बाँकी प्रदेशहरुको पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । यसैगरी, शनिबार दिनभरको मौसम भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आन्शिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने जनाइएको छ । भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्का देखि मध्यम…

Read More

झापा, १७ असोज । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा एक कोरोना सङ्क्रमितले स्वस्थ शिशु जन्माएकी छन् । झापा बिर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माइएको हो । उनलाई यही असोज १२ गते सङ्क्रमण पुष्टि भएको थियो । बिपी प्रतिष्ठानमा उनलाई असोज १४ गते भर्ना गरिएको थियो । शल्यक्रियामा संलग्न डा मनोजकुमार साहले जानकारी दिए । साहसहित डा अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा जगत्प्रसाद, डा सहज पौडेल र नर्स गोमाको टोलीले उनको सफल प्रसूति गराएको थियो । हाल आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको प्रतिष्ठानका उपकुलपतिका प्रेस संयोजक शिशिर राईले जानकारी दिए । एक महिनाअघि पनि…

Read More

झापा, १७ असोज । सरकारले गरेका केही निर्णय हेर्दा सीमित व्यक्तिमात्र पटकपटक लाभका पदमा पुगेको देखिन्छ। यस्ता भाग्यमानीमा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, पुण्यप्रसाद रेग्मी, उपेन्द्र कोइरालालगायत छन्। सरकारको गलत कार्यशैली र मूल्यांकनले गर्दा कोही क्षमता भएर पनि अवसरबाट वञ्चित छन् भने कोही पटकपटक लाभका पद र अड्डामा पुगेका छन्। सरकारी कर्मचारी नै पटकपटक लाभको पदमा पुग्न सफल भएको देखिन्छ। कर्मचारी प्रशासनलगायत निकायमा कार्यरत रहँदा राजनीतिक नेतृत्वलाई रिझाएबापत उनीहरुले यस्तो पुरस्कार पाउने गरेको जानाकार बताउँछन्। एकताका सरकारी जागिरे खतिवडा राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, गभर्नर, अर्थमन्त्री, प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार हुँदै अहिले अमेरिकाका लागि राजदूतमा सिफारिस भएका छन्। त्यसैगरी सरकारी लाभका…

Read More

झापा, १७ असोज ।घटना–१सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार ग¥यो। किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन सफल भएको हो। उनलाई प्रलोभनमा पारी फकाएर भारत लैजाँदै गरेका एक युवतीसहित तीनजनालाई प्रहरी पक्राउ गरेको छ। घटना–२बलि दिनकै लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा असोज ५ गते सुनसरीको रामधुनी–५ की १७ वर्षीया किशोरीलाई भारतीय सीमाबाट प्रहरीले उद्धार ग¥यो। विराटनगर–१७ इस्लामपुरको बाटो हुँदै उनलाई एक गिरोहले बिक्री गर्न भारत लैजाँदै थियो। उनलाई लैजाने युवकमाथि शंका लागेपछि उनले गाडीबाट हामफालेर आफूलाई बचाएकी थिइन्। त्यसपछि उनी साना हातहरू नामक संस्थाको सहारामा…

Read More

काठमाडौं, १७ असोज । भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक्रेयाइँ बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिक जसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको छ । सरकारले पटक पटक आम नागरिकलाई कोरोनासँग ख्यालठट्टा नगर्न आग्रह गरे पनि स्वयं नागरिकले आत्मानुशासन तोड्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने, ‘कम्तीमा व्यक्ति व्यक्तिबीच दुई मिटर भौतिक दुरी कायम…

Read More

झापा, १७ असोज । संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा। बाबुराम मरासिनीले अहिलेकै जस्तो लापरबाही हुने हो भने दसैं–तिहारमा पहाडी जिल्लामा समेत फैलिने स्थिति रहेको बताए। ‘दसैं आउँदैछ, अब घर जानेहरूले गाउँ–गाउँमा पुर्याउने स्थिति छ,’ उनले भने। दैनिक ७० भन्दा बढी जहाजबाट आउनेका कारण पनि संक्रमण गाउँगाउँमा पुग्ने स्थिति रहेको उनको विश्लेषण छ। यही अवस्थामै थप फैलिन नदिन सरकारले आवतजावत गर्नेहरुको २४ घण्टे पिसिआर रिपोर्ट हेरेर मात्र पठाउने र रिपोर्ट नहुनेलाई बाटैमा जाँच गरी आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनुपर्ने सुझाए।…

Read More

झापा, १६ असोज । गौरादहमा ६५ वर्षीया वृद्धा मनमाया भण्डारीको हत्याको आरोपमा प्रहरीले उनकै पति भीम भण्डारीलाई पक्राउ गरेको छ । भीम भण्डारीलाई आज जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । मनमायाको असोज १२ गते दिउँसो साढे ४ बजेतिर गौरादह–१ स्थित आफ्नै घरमा विभत्स हत्या भएको थियो । दुबै हात बाँधेर खाटमुनि लुकाइएको अवस्थामा मनमायाको शब फेला परेको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्ट, घटनाको प्रकृति, परिस्थिति, छरछिमेकी लगायतको विश्लेषणको आधारमा मृतक मनमाया भण्डारी र उनका पति ६४ वर्षीय भीम भण्डारी सँगै रहेको अवस्थामा घटना भएको प्रवक्ता…

Read More

बिर्तामोड, १६ असोज । झापामा आज २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिनेमा एउटै वडाका १३ जना, ३ जना भारतबाट आएका र बाँकी ७ जना स्थानीयलाई एकैदिन कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये ९ जना महिला छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका–१०, २ र ७ नम्बर वडाका ४५,४७, १९ र ३० वर्षका २ महिला र २ जना पुरुष, मेचीनगर नगरपालिका–८ का ३४, ८, ३६, ४७, ३६, १९, २९, ३९, ४५, ३८, ४३, ४१, ३१ वर्षका १३ जना तथा ३६, ४५ र ३६ वर्षका ३ जना पुरुष रहेको बताए । मेचीनगर–८ का…

Read More

झापा, १६ असोज । झापाको गौरीगञ्जबाट ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत किसनगंज सिंहमारी ग्रामपंचायतका २० बर्षीय मुजफर आलिग र २५ वर्षीय जहागिर आलम रहेका छन् । उनीहरुलाई दासचौरीस्थितमा खटिएको प्रहरी टोलीले हिजो राति सँवा १० बजे ८ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका भारतीय नागरिक उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More