झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ५ भदौ । सरकारले शुक्रबारसम्म आरटी पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोड बढी खर्च गरेको छ । शुक्रबारसम्म जम्मा ५ लाख ७९ हजार ८९९ टेस्ट भएकोमा त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एउटा पीसीआर टेस्टका लागि सरकारको ५ हजार ५०० खर्च हुने गरेको भन्दै हालसम्म ५ लाख ७९ हजार ८९९ टेस्ट हुँदा सो रकम खर्च भएको जानकारी दिए । उनका अनुसार यसमा पीपीई, मास्कलगायतको खर्च जोडिएको छैन । गौतमले ३ अर्ब १८ करोड बढी खर्च गरेर हालसम्म ३० हजार ४सय ८३…

Read More

झापा, ५ भदौ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । गौतमले पछिल्लो २४…

Read More

काठमाडौं, ५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुईजना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय सदस्यद्धय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको हो । वाग्ले र काफ्ले दुवै जना सर्लाही जिल्ला निवासी हुन् । केन्द्रीय सदस्य काफ्लेले गत साउन २६ गते हरिवनमा गरेको परीक्षणमा ३२ गते पोजेटिभ रिपोर्ट आएको बताए । उनले आफुलाई कुनै लक्षण नदेखिएको र घरमै आइसोलेसनमा बसेको रातोपाटीलाई जानकारी दिए । त्यस्तै वाग्लेले पनि साउन १ गते परीक्षण गरेकोमा ४ गते रिपोर्ट पोजेटिभ आएपछि घरमै बसेको जानकारी दिए ।

Read More

बिर्तामोड, ५ भदौ । झापाको बिर्तामोडमा माउन्टेन बाइकको शोरुम ‘द हिमालयन माउन्ट बाइक’ सञ्चालनमा आएको छ । बिर्तामोडका काँकरभिट्टा रोडस्थित सिटी सेन्टरको दोस्रो तलामा शोरुम सञ्चालनमा आएको हो । चार युवाको एक करोड रुपैयाँको संयुक्त लगानीमा शोरुम सञ्चालनमा ल्याइएको शोरुमका सञ्चालक बुद्धभूषण योञ्जनले जानकारी दिनुभयो । शोरुममा योञ्जनसहित योगेन्द्र थापा, राजिव धिमाल, धनराज मगरले लगानी गर्नुभएको छ । स्वास्थ्यका लागि साइकिलिङ भन्ने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको सञ्चालक योञ्जन बताउनुहुन्छ । आज शोरुम उद्घाटनको अवसरमा ६५ हजार रुपैयाँभन्दा माथिका सात वटा साइकल बिक्री भएको छ । शोरुममा विश्वप्रसिद्ध जाइन्ट कम्पनीको ३३ हजार रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म माउन्टेन बाइक पाइने जनाइएको छ…

Read More

झापा, ५ भदौ । कोरोना संकटअघि बिदामा नेपाल आएर पुनः श्रम स्वीकृति लिएकामध्ये ४ हजारभन्दा बढी युवा विदेश जान पाएका छैनन् । सरकारले विदामा आएका श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गरे पनि श्रम गन्तव्य मुलुकसँग कूटनीतिक पहल नगर्दा विदेश जान नपाएका हुन् । हालसम्म ५ हजार ५ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएको भए पनि युएई र जापानबाहेक अन्य देश जाने ४ हजार भन्दा बढी युवा जान पाएका छैनन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अन्तरर्राष्ट्रिय उडान सुरु नभएका कारण श्रम स्वीकृति लिएका नेपाली विदेश जान नपाएको बताए “श्रम स्वीकृति लिएकामध्ये यूएईलगायत केही देशमा…

Read More

काठमाडौँ, ५ भदौ । फ्रान्समा बिहिबार कोरोनाका ४ हजार ७ सय ७१ नयाँ संक्रमित फेला परेका छन् । यो बुधबारको तुलनामा एक हजार बढि हो । एक दिन नै देशमा चार हजारभन्दा बढी संक्रमित भेटिएको मे महिनापछि यो पहिलो मौका हो । फ्रान्सबाहेक स्पेन, जर्मनी र इटलीमा पनि कोरोना संक्रमितको संख्यामा तीब्रता देखिएको छ । स्पेनमा अब धेरैजसो संक्रमण युवामा देखिएको छ जबकी जर्मनीमा भने अन्य देशको यात्राबाट फर्किएका मानिसहरुमा देखिएको छ । स्पेनमा बिहिबार ३ हजार ३ सय ४९ नयाँ संक्रमित भेटिएका छन् । बेलायतमा पनि बिहिबार ११ सय ८२ नयाँ संक्रमित देखिएका छन् । जबकी जर्मनीमा १७ सय…

Read More

झापा, ५ भदौ । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहीबार मृत्यु भएको हो । मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा प्रमोद पौडेलले जानकारी दिए । उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ । अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो । जिल्लामा कोरोना सङ्क्रमित…

Read More

काठमाडौँ, ५ भदौ । उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म वृद्धि भएको गोरखापत्रमा खबर छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ । बजारमा तरकारीको आपूर्ति सामान्य भए पनि माग बढी भएकाले मूल्य बढेको हुनसक्ने अनुमान समितिले गरेको छ । समितिका अनुसार कालीमाटी बजारमा बुधबारका लागि ४७६ मेट्रिक टन तरकारी भित्रिएकोमा बिहीबारका लागि छ सय मेट्रिक टन तरकारी भित्रिँदासमेत भाउ बढेको छ । समितिका अनुसार बुधबार प्रतिकेजी १६५ रुपैयाँ थोकमा बिक्री भएको कागती बिहीबार २९५ रुपैयाँमा किनबेच भइरहेको…

Read More

झापा, ५ भदौ । सरकारले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि ‘नो अबजेक्सन (एनओसी) लेटर’ नदिँदा सयौं विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने प्रक्रिया रोकिएको छ। बेलायत, अमेरिका, जापान, जर्मनी, नेदरल्याण्डलगायत देशका विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्न ‘अफर लेटर’ ९स्वीकृति पत्र० प्राप्त गरेका विद्यार्थी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘एनओसी लेटर’ जारी नगर्दा भर्ना हुन पाएका छैनन्। ‘सेप्टेम्बर इनटेक’ का लागि भर्ना र भिसा आवेदन गर्न विदेशी विश्वविद्यालयबाट अफर लेटर पाइसके पनि मन्त्रालयले एनओसी लेटर जारी नगर्दा भविष्य नै बिग्रन लागेको गुनासो सम्बन्धित विद्यार्थीको छ। कलेज भर्नाका लागि विद्यार्थीले बैंकबाट ५० लाख रुपैयाँसम्म ऋण लिएको तर सरकारले एनओसी पत्र नदिँदा…

Read More

झापा, ५ भदौ । कोरोना संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ। सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयारी गर्न, क्वारेन्टाइन बनाउन, निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो। ‘संक्रमण बढ्दै गएको छ। धेरै जिल्लामा आइसोलेसन बेड अभाव छ। हामीले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई यसको आवश्यक प्रबन्ध गर्न भनेका छौं’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो। प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले मन्त्रिपरिषद्को बैठकबाट आउने निर्णय कार्यान्वनमा लैजान निर्णय कुरिरहेको बताए। बिहीबार साँझ सुरु भएको मन्त्रिपरिषद् बैठक राति अबेरसम्म बसेको थियो। गृह मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय र…

Read More