
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३ भदौ । झापामा आज १८ जनामा कोरोना पुष्टि भएको छ । एक महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारीले जानकारी दिनुभयो । जिल्लामा आज पाँच वटा स्थानीयमा कोरोना संक्रमित फेला परेको हो । दमकमा १३ जना, कमल गापा, कचनवल र बिर्तामोडमा १–१ जनामा तथा बाह्रदशी मा दुई जना गरी १८ जनामा कोरोना देखिएको उहाँले बताउनुभयो ।
विराटनगर, ३ भदौ । पछिल्लो २४ घण्टामा विराटनगर महानगर पालिकामा ५२ जना संक्रमित थपिएको छ। आज थपिएको ५२ जना संक्रमित मध्ये २० महिला र ३२ पुरुष छन्। योसंगै विराटनगरमा कोरोना संक्रमितको संख्या ७४२ पुगेको छ। विराटनगर–१ मा २ जना, वडा नम्बर २ मा ९ जना, वडा नम्बर ३ मा २ जना, डा नम्बर ४ मा १ जना, वडा नम्बर ५ मा ८ जना, वडा नम्बर ६ मा ६ जना, ७ मा १ जना, ८ मा ६ जना, ९ मा २ जना संक्रमित थपिएका छन् । वडा नम्बर ११ मा दुईजना, वडा नम्बर १२ मा एकजना, १३ मा तीनजना, १४ मा…
बिर्तामोड, ३ भदौ । झापाको कनकाई नगरपालिका–८ की ४३ वर्षीया मेनुका ढुंगेल बाँस्तोलाले उपचारका लागि सहयोग गरिदिन अपिल गरेकी छन् । ब्लड क्यान्सरबाट पीडित बाँस्तोलालाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । परिवारिक स्रोतका अनुसार ढुंगेलको छ महिनादेखि काठमाडौँको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ । ‘अहिलेसम्म उपचारमा १३ लाख रुपैयाँ खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध छ’, विरामीका दाजु चन्द्र ढुंगेलले भने, ‘थप आठ लाख खर्च हुने भनिएको छ, त्यसैले सहयोगका लागि सबैसँग आग्रह गरेका हौं ।’ नगरपालिकाको वडा नं. ८ का वडाध्यक्ष…
काठमाडौं, ३ भदौ । देशभरी कोरोना संक्रमणको दर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ । पछिल्लो केही हप्तायता उपत्यका लगायत देशभरी नै संक्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको हो । संक्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलजिकल टेस्टको तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बासुदेव पाण्डेले बताए । कहिलेबाट परीक्षण सुरु गर्ने भन्ने तय नभएपनि देशभरी नै हिमाल पहाड र तराईका जिल्ला समेटेर परीक्षण गरिने उनले बताए । सेरोलजिकल परीक्षणमा ‘कति केसहरु समुदायमा छन् ? कस्तो अवस्थमा छ ? भन्ने कुरा पत्ता लगाउने बताए…
काठमाडौं, ३ भदौ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जना रहेका छन् । यस्तै देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या १२० पुगेको छ…
झापा, ३ भदौ । बितेको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १२० पुगेको जानकारी दिए । उनका अनुसार काठमाडौं र बर्दियामा १—१ जना पुरुषको मृत्यु भएको छ । यस्तै मोरङ, भक्तपुर, चितवन र सुनसरीमा १—१ जना महिला गरी ६ जनाको मृत्यु भएको गौतमले बताए । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९ जनासहित देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ । यस्तै पछिल्लो २४…
सुनसरी, ३ साउन । सुनसरी खोलामा मृत फेला परेका भोक्राहा नरसिंह गाउँपालिका–७ सुनसरीका २२ बर्षीय गुणराज यादवको हत्या भएको पुष्टी भएको छ भने हत्या संग्लग्न ५ जनालाई पक्राउ गरिएको छ । गत श्रावण ३१ गते सुनसरी खोलामा बोरा भित्र मृत अवस्थामा फेला परेका यादवको सम्बन्धमा अनुसन्धान गर्दा यादवलाई निकै साथीहरु स्थानीय ४२ बर्षीय दिनेश महतो, २० बर्षीय पप्पु राम, १९ बर्षीय शिव कुमार मेहेता, दिपक कुमार यादव र प्रदिप रामले हत्या गरेको खुल्न आए संगै पाँचै जनालाई पक्राउ गरिएको हो । उनीहरुले श्रावण २९ गते साँझ ७ बजेको समयमा पालैपालो कुटपिट गरी हत्या गरेको र चोकरको बोरामा हालेर सुनसरी खोलामा…
झापा, ३ भदौ । झापाको कमल गाउँपालिका–२ का २२ वर्षीय बिशाल रिजालको करेन्ट लागेर मत्यु भएको छ । मंगलबार अपरान्ह ५ बजेको समयमा स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैँलाई अचानक करेन्ट लागेर घाईते भएका रिजाललाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा बाटैमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
काठमाडौं, ३ भदौ । देशभर कोरोना संक्रमण भयावह रूपमा बढ्दै जाँदा सूचकहरू पनि खराब हुँदै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय संक्रमित र मृत्युदर बढेको छ भने संक्रमित निको हुने दर घट्दो छ । सरकारले परीक्षण भने बढाएको छ । गत १५ साउनमा संक्रमणबाट मुक्त हुने अर्थात् उपचारपछि निको हुने दर ७२.९ प्रतिशत थियो । त्यस दिन पिसिआर परीक्षण गरिएकामा संक्रमण देखिने दर ५.१ प्रतिशत थियो । त्यस्तै, संक्रमितमध्ये मृत्यु ०.३ प्रतिशत मात्र थियो । प्रतिदश लाख संक्रमितमा मृत्युदर १.८ मात्रै थियो । १५ साउनमा तीन हजार ६ सय चार नमुना परीक्षण गरिएका थिए । त्यसमध्ये दुई सय ७४ जनामा संक्रमण देखिएको थियो । त्यस दिन दुई…
काठमाडौँ, ३ भदौ । चीनको एक फर्मा कम्पनी सिनोफार्मले यो वर्षको अन्त्यसम्म उसले कोरोना भाइरसको भ्याक्सिन बनाउने घोषणा गरेको छ । सिनोफार्ममा अध्यक्ष लिउ जिगझेनले मिडियासँगको कुराकानीमा भ्याक्सिनको तेस्रो चरणको ट्रायल संयुक्त अरब इमिरेट्स (यूएई) मा चलिरहेको र यो डिसेम्बरसम्म बजारमा आउने आशा गरिएको जानकारी दिए । भ्याक्सिनको ट्रायलको रुपमा लिउ जिंगझेनले आफैंले यसको डोज लिएका छन् । उनले ग्लोबल टाइम्ससँगको कुराकानीमा हालसम्म उनले कुनै पनि साइड इफेक्ट महसुस नगरेको बताएका छन् । चीनको बेइजिङ र उहान शहरमा यस्ता वर्कशप छन् जहाँ एक वर्षमा क्रमशः १०।२ करोड र १० करोड भ्याक्सिनको उत्पादन हुनसक्छ । यो भ्याक्सिनको दुई डोजको मूल्य हजार…