
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३२ साउन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेको अवस्थालाई कोरोना समुदायमा फैलिएको भन्न नमिल्ने बताए । पछिल्लो समय कुनै विगत यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) नभएका व्यक्तिहरू पनि सङ्क्रमित रहेको जानकारी दिँदै उनले त्यसकै आधारमा कोरोना समुदायमा फैलियो भन्न नमिल्ने बताए । “कतिपय अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोरोना पुष्टि भएको छ,” डा. पाण्डेले थपे, “तर त्यसलाई कोरोना समुदायस्तरमा गइसक्यो भन्न मिल्दैन ।” कतिपय अवस्थामा स्थानीयस्तरमा कुनै ठाउँमा नगएका व्यक्ति सङ्क्रमित भएको भन्दै उनले समुदायमा जान सक्ने सम्भावना रहेको बताए । निर्देशक डा. पाण्डेले सबैजना सुरक्षित रहने हो भने बन्दाबन्दी गर्नुपर्ने अवस्था नआउने भन्दै व्यक्तिको हेलचेक्र्याइँले गर्दा…
झापा, ३२ साउन । कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् । कोरोनाका लागि आयुर्वेदिक पद्धति रामवाण नै नभए पनि सङ्क्रमितले चाँडो स्वास्थ्य लाभ गरेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोनाका ३३ जना बिरामी सात दिनमै निको भएर घर फर्किएका छन् । उनीहरूलाई स्वास्थ्य लाभ हासिल गर्न दुुई साताको समय पनि लागेन । अरू बिरामी पनि निको हुने क्रम बढ्दो छ । आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशी भन्छन्,…
झापा, ३२ साउन । अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् । कोरोना विषाणुका कारण पनि यो नयाँ पद्धति प्रभावकारी हुने देखिएको छ । पैसाबाट पनि कोरोना विषाणु सर्नसक्ने सम्भावनाले नगदमा भाडा सङ्कलन गर्दा हुनसक्ने सम्पर्क न्यून गर्न कार्डबाट भुक्तानी प्रणाली उपयोगी हुने देखिएको छ । साझा यातायातले यसअघि नै कार्डबाट भाडा लिन सुरु गरिसकेको छ । त्यस्तै एनएमबी बैङ्कले किपु बस सेवासँग सहकार्य गरी विद्युतीय भुक्तानीको प्रबन्ध मिलाउने सम्झौता गरिसकेको छ । आइतबारदेखि सुन्दर यातायातले विद्युतीय भुक्तानी प्रणाली…
झापा, ३१ साउन । विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सरुवा भएर खोटाङ आएका सबै प्रहरी जवान क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । “सरुवा भएर खोटाङ आएलगत्तै उनीहरु सबै जनालाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको क्वारेन्टिनमा राखिएको छ”, उनले भने, “साउन २९ गते पिसीआर परीक्षण गर्न उनीहरुसँगै १३ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा…
झापा, ३१ साउन । नेपालमा शनिवार थप ४६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण १०२ जनाको मृत्यु पुष्टि भएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्ला घर भएका तीन जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको उनले बताए । प्रवक्ता गौतमका अनुसार चार ओटा जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । देशभरका सम्पूर्ण मेडिकल कलेजहरुले…
रुस, ३१ साउन (एजेन्सी) । रुसले कोरोना भाइरसको संक्रमणविरोधी खोपको उत्पादन शुरु गरेको छ । रुसको निजी क्षेत्रको समाचार संस्था इन्टरफ्याक्सले स्वास्थ्यमन्त्रीको भनाइ उद्धृत गर्दै शनिवार यस्तो समाचार छापेको हो । समाचारअनुसार स्पुतनिक भी नामक सो खोपको पहिलो ब्याचको उत्पादन शनिवार शुरु गरिएको छ । उत्पादन शुरु भएको यो विश्वकै पहिलो कोरोना भाइरसविरोधी खोप हो । खोप यस महीनाको अन्तिममा कोभिड–१९ का बिरामीहरुको उपचारमा खटिरहेका डाक्टरलगायत स्वास्थ्यकर्मीहरुमा प्रयोगका लागि उपलब्ध गराइने रुसले बताएको छ । २ महीनाभन्दा कम समयको परीक्षणपछि रुसले खोपलाई अनुमति दिएको हो । खोपको तेस्रो चरणको परीक्षण शुरु हुँदैछ । तेस्रो चरणमा हजारौं मानिसलाई सहभागी गराइन्छ ।…
भद्रपुर, ३२ साउन । भद्रपुर नगरपालिकाले नगरका विभिन्न वडामा भइरहेको राष्ट्रिय परिचयपत्र वितरणका लागि फोटो खिच्ने कार्य तत्काल स्थगन गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ । प्रशासनले परिचयपत्रका लागि भन्दै साउन २७ गतेदेखि वडाहरुमा फोटो खिचाउने चरणबद्ध कार्य गर्दै आएको छ । नगरपालिकाले शनिबारदेखि भदौ २० गतेसम्मका लागि नगरभित्रका साप्ताहिक हाटबजारसमेत बन्द गर्ने निर्णय गरेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
झापा, ३२ साउन । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले बन्दाबन्दी ९लकडाउन० घोषणा गरेका छन् । जिल्लामा समुदायमा रहेका ५१ जना कोरोना सङ्क्रमित भएपछि पालिकाहरु धमाधम बन्द हुन थालेका हुन् । बन्दाबन्दी घोषणा गर्नेमा दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिका छन् । चारवटै पालिकाले एक हप्ताका लागि बन्दाबन्दी घोषणा गरेका हुन् । दमक नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमकका पाँच कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै आजदेखि एक हप्ताका लागि नगरपालिका बन्द गरेको हो । मेचीनगर नगरपालिकाले आम्दा मेची अस्पतालका चिकित्सक, फुटबल खेलाडीलगायत समुदाय स्तरमा नै कोरोना सङ्क्रमण देखिएपछि तीन दिनदेखि अत्यावश्यक सेवाबाहेक सबै…
बिर्तामोड, ३२ साउन । एनआइसी एसिया बैंक बिर्तामोडका एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । सो बैंकमा कार्यरत ४३ वर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । पाँच दिनअघि बिर्तामोड नगरपालिकाले दुईसय जनामा मास टेष्टिङ गरेको थियो । आज त्यसको रिपोर्ट आएको र बिराटनगर स्थायी ठेगाना भएका ती कर्मचारीलाई पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । बिर्तामोडमा सबैभन्दा धेरै भिडभाड बैंकहरुले गराउने गरेका छन । यस अघि बिर्तामोडकै एनएमबी बैंकका दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो ।
बिर्तामोड, ३१ साउन । झापाको बुट्टावारीमा शुक्रवार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको रोङ गाउँपालिका–५ का ४४ वर्षीय जसबहादुर सुनुवार छन् । साइकलमा सवार सुनुवारलाई मे १ ह ३४९५ नम्वरको टेम्पोले ठक्कर दिएको थियो । घाइते अवस्थाका राईको उपचारका लागि ल्याउँदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । घटनापछि टुम्पो चालक भद्रपुर–२ का तिलकबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।