
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ३ भदौ । मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटलाई विद्रोही सैनिकले पक्राउ गरेको छ, यसको पुष्टि माली सरकारका प्रवक्ताले बीबीसीसँग गरेका छन् । मालीका राष्ट्रपति सँगै सैनिकले देशका प्रधानमन्त्री बोबू सिसेलाई पनि हिरासतमा लिएका छन् । सेनाको यो विद्रोहको सुरुवात मंगलबार मालीको राजधानी बामाको नजिकै एक महत्वपूण सैनिक क्याम्पमा गोलीको आवाज सुनिएसँगै भएको हो । बामाकोबाट १५ किलोमिटर टाढा रहेको काटी क्याम्पमा असन्तुष्ट कनिष्ठ अधिकारीले कमान्डरलाई हिरासतमा लिए र त्यसपछि क्याम्पमा कब्जा जमाए । त्यसपछि युवाले शहरको सरकारी भवनलाई आगो पनि लगाइदिए । मालीका राष्ट्रपतिको राजिनामाको मागको विषयमा मालीमा विरोध प्रदर्शन पनि चलिरहेको थियो । स्रोतः बीबीसी
काठमाडौँ, ३ भदौ । दिनमै दुई सयभन्दा धेरै कोभिड– १९ का नयाँ संक्रमित देखिन थालेपछि उपत्यकामा पनि निषेधाज्ञामार्फत ‘लकडाउन’ लागू गरिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयले बुधबार मध्यरातिदेखि लागू हुने एक साताका लागि निषेधाज्ञाको निर्णय लिएका छन् । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेका हुन् । कोभिड– १९ संक्रमणको जोखिम बढेको निष्कर्षसहित संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम उपत्यकाभरका लागि निषेधाज्ञा जारी भएको हो । तत्कालका लागि १० भदौसम्मका लागि निषेधाज्ञा लागू गरिएको र परिस्थिति हेरेर थप हुन सक्ने गृह…
झापा, ३ भदौ । रोटरी क्लब अफ भद्रपुरले मंगलबार झापाको पूर्व दक्षिण क्षेत्र बनियानी, हिमाली, सोमवारे, सगरमाथा र ज्ञाने चौकमा मास्क वितरण गरेको छ । कोरोना भाइरसको न्यूनीकरणमा प्रभावकारी उपायका रुपमा रहेको मास्क प्रयोगलाइ सर्वधारणको समेत सहज पँहुच र प्रयोग गर्ने बानिको बिकास होस भन्नाका खातिर रोटरी भद्रपुरले आज दुइ हजार मेडिकियर मास्क वितरण गरेको हो । रोटरी क्लब अफ भद्रपुरका प्रसिडेन्ट आदित्य पराजुलीको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रम पछि स्थलगत रुपमा सोहि ठाउँमा पुगि मास्क वितरण गरिएको रोटरी भद्रपुरका सेक्रेटरी इश्वर अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा पाष्ट प्रेसिडेन्टद्धय दिपेश ढकाल, टिकाराज ढकाल, भाइस प्रेसिडेन्ट डाक्टर नवराज कोइराला, चार्टर प्रेसिडेन्ट किशोर…
इनरुवा, २ भदौ । सुनसरीको भोक्राहा नरसिंह–७ निवासी पत्रकार दिपेन्द्र यादवलाई पितृ शोक परेको छ । पत्रकार यादवका पिता राजेश्वर यादवको सोमवार ५३ वर्षको उमेरमा निधन भएको हो । पत्रकार यादवका पिताको अन्तिम संस्कार सोमवार नै गरिएको छ । यादवको अन्तिम संस्कार सुनसरी खोला आर्यघाटमा गरिएको जनाएको छ । यादवप्रति जनता समाजवादी पार्टी सुनसरी र नेपाल पत्रकार महासंघ सुनसरीले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गरेको छ । शोक सभामा नेपाल पत्रकार महासंघका सुनसरी अध्यक्ष अमर खड्का , प्रदेश सदस्य जष्यकृष्ण यादव, जिल्ला सदस्य टोमराज मेहता, अजित झा, पत्रकार प्रमोद यादव , सुरेन्द्र मेहता, बिरेन्द्र साह लगायतका पत्रकार…
झापा, २ भदौ । नेपालमा हालसम्मकै धेरै कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । बितेको २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । यस्तै देशभर १० हजार ५६३ सक्रिय संक्रमित रहेका छन् भने आज १३ हजार ४६१ पीसीआर परीक्षण भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११४ पुगेको छ । कुन प्रदेशमा कति डिस्चार्जप्रदेश…
काठमाडौं, २ भदौ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै साँझ निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वासपश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ । घिमिरेको अन्त्येष्टि बुधबार गर्ने तयारी भएको छ ।
झापा, २ भदौ । झापामा आज २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार झापासहित प्रदेश १ मा आज १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएकामध्ये ४२ महिला र ९७ जना पुरुष छन् । झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कन्काईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुषमा कोरोना देखिएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ९६ जना…
विराटनगर, २ भदौ । प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार एकैदिन थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगरमा गएको २४ घण्टामा अहिलेसम्मकै धेरैमा संक्रमण देखिएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १०५ जना संक्रमित पुष्यिट हुँदा विराटनगरमा ९६ जना छन् । विराटनगरका जसमा ३१ महिला र ६५ पुरुषमा संक्रमण देखिएको छ । मोरङकै बुढीगंगामा २ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ६९१ पुगेको छ । जसमध्ये ९३ जना कोरोनामुक्त भएर…
बिर्तामोड, २ भदौ । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे ‘परिवर्तनका पाइलाहरु’ नामक पुस्तक लोकार्पण गर्नुभएको छ । झापाको बिर्तामोडस्थित नेकपा पार्टी कार्यालयको सभाहलमा आज आयोजित पुस्तक लोकार्पण कार्यक्रममा प्रमुख अतिथि मन्त्री घिमिरेले पुस्तकको लोकार्पण गर्नुभएको हो । कार्यक्रममा मन्त्री घिमिरेले पार्टी भित्र एकता, सहकार्य र सद्भावमा ह्रास हुँदै गएको बताउनुभयो । “पहिला–पहिला हामी कमरेडहरुमा एकता, सद्भाव र समर्पणको भावना धेरै थियो”, उहाँले भन्नुभयो, “अहिले खुट्टा तान्ने प्रवृत्तिको विकास हुँदै गएको छ ।” उहाँले परिवर्तनलाई संस्थागत गर्न आपसी एकता र सद्भाव अपरिहार्य भएको बताउनुभयो । उहाँले पार्टीमा अवसर मात्र खोज्ने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै समर्पणको…
झापा, २ भदौ । सुनको मूल्य फेरि बढेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख रुपैयाँ पार गरेको हो । यसअघि सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० सम्म पुगेर घट्दै गएकोमा बुधबार फेरि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार बढेर १ लाख ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार १३८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।