झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झिलझिले, १ भदौ । समुदायमा कोरोना संक्रमण फैलन थालेपछि शिवसताक्षी नगरले पनि आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । बिहान ८ बजे देखी दिउसो १ बजे सम्म आंशिक रुपमा बजार खुल्ला गरेपनि सवारी साधनमा आवत जावतमा भने पुण रोक लगाएको छ । पालिकाले दिएको समय बाहेक पसल खोले, सडकमा आवत जावत गरे, विनाकाम घर बाहिर निस्कीए क्वोन्टिनमा समेत राखिने नगरका प्रवक्ता नविन ईजमले जानकारी दिए । नगरपालिकाको बोर्ड बैठकले सोमबार राति १२ बजे देखि भदौ ८ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले सबै नगरबासीलाई अत्यावस्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।…

Read More

भद्रपुर, १ भदौ । मेची अस्पताल भित्र राखिएको कोभिड–१९ उपचार केन्द्र अन्यत्रै सार्न कांग्रेस क्षेत्र नं. ३ ले माग गर्दै प्रधानमन्त्री तथा प्रदेश १ कार्यालयलाई ज्ञापन पत्र पठाएको छ । मेची अञ्चल अस्पतालको उपचार सेवा प्रभावित भएको भन्दै कांग्रेस क्षेत्रीय समितिले उक्त ज्ञापनपत्र पठाएको हो । झापाको एक मात्र सरकारी अस्पतालका रूपमा रहेको मेची अस्पताल भित्र कोरोना उपचार केन्द्र राखिएपछि रोग सर्ने त्रासले सर्वसाधारण आउन नसकेपछि उपचारसेवा प्रभावित भएको भन्दै कांग्रेसले कोभिड १९ को उपचारका लागि अन्यत्र व्यवस्थापन गर्न माग राखेर प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई झापाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पठाएको…

Read More

काठमाडौं, १ भदौ । विवादित पूर्व–पश्चिम विद्युतीय रेलमार्गको टेन्डरको फाइल संघीय संसद् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा पुगेको छ । विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा १०६ किलोमीटर खण्डमा ट्र्याकबेड निर्माणको टेन्डरको स्पेसिफिकेशन रेल विभागले सीमित निर्माण व्यवसायीहरू लक्षित गर्दै बनाइएको भन्दै विरोध भएपछि समितिले फाइल मगाएको हो । समितिले अध्ययनका लागि उक्त फाइल माग गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १० दिनअघि यस टेन्डरको सम्पूर्ण कागजात समितिलाई बुझाएको छ । समितिले विस्तृत अध्ययन नगरे पनि प्रारम्भिक अध्ययनमा ट्र्याकबेड टेन्डरको प्रारम्भिक अध्ययनमा सबै कागजी प्रक्रिया पूरा भएको पाइएको समितिकी सभापति कल्याणी खड्काले बताइन् । ‘विभिन्न कोणबाट टेन्डरका बारेमा कुरा उठेकाले अध्ययनका लागि फाइल…

Read More

सिन्धुपाल्चोक, १ भदौ । शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ । आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । आज वर्ष २२ का छविलाल दोङ, वर्ष छ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको प्रनाउ काफ्लेले जानकारी दिए । पहिरामा बेपत्ता ३९ जनामध्ये आजसम्म २२ जनाको शव फेला परेको र अन्यको सेना, प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । रासस

Read More

काठमाडौं, १ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड–१९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरी कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि क्याम्पसलाई घरबाटै काम गर्न निर्देशन दिएको बताए । उनका अनुसार त्रिविका सबै पदाधिकारी, शिक्षक, कर्मचारी आआफ्नो निकाय प्रमुखसँग सम्पर्कमा रही सुरक्षितरुपमा घरबाटै कार्य गर्ने तथा अनलाइन, भर्चुअल वा विद्युतीय…

Read More

इलाम, १ भदौ । सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका सूर्योदय– ९ घर भएका ती पुरुषको गए राति मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उनको उपचार गरेका थिए । उनको गएराति ११ः ५ बजे मृत्यु भएको सूर्योदय नगरपालिकाले जनाएको छ । गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि उनको रिर्पोट भने आउन वाँकी स्वाब सङ्कलन गरेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए । युवकलाई छाती दुख्ने, ज्वरो आउने…

Read More

झापा, १ भदौ । कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चारवटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपियाँभन्दा बढी सहयोग गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडालाई डिप्रोक्स लघुवित्त, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नबिल बैङ्कले गरी १३ करोड २६ लाख ६१ हजार ३५० रुपियाँ हस्तान्तरण गरेका हुन् । अर्थ मन्त्रालयका अनुसार नबिल बैङ्कले छ करोड, कृषि विकास बैङ्कले चार करोड १० लाख १० हजार ७५ र राष्ट्रिय वाणिज्य बैङ्कले दुई करोड ६९ लाख ९३ हजार १४५ रुपियाँ सहयोग प्रदान गरेका छन् । त्यस्तै डिप्रोक्स लघुवित्तले ४६ लाख ५८ हजार १२९…

Read More

काठमाडौं, १ भदौ । वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा कार्यरत रहँदा भ्रष्टाचार गरेको ठहर भएपछि नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणासहित तीन जनालाई सैनिक सेवाबाट बर्खास्त गरिएको छ । सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सैनिक अदालतले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर समेत गरेको ठहरपछि आइतबार सहायक रथी राणासहित महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको हो । सैनिक स्रोतका अनुसार राणाले १ करोड ५२ लाख २७ हजार ३ सय २१ रुपैयाँ २९ पैसा हिनामिना गरेको ठहर भएको छ । गत जेठदेखि राणा…

Read More

झापा, १ भदौ । पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी न्यूनीकरण गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा काम गर्ने भएको छ । यो सफ्टवेयरमार्फत स्वचालित प्रणालीमा जाने निगमले जनाएको छ । यसका लागि निगमका सम्पूर्ण कार्य विद्युतीय प्रणालीमा लगिने भएको छ । यसअन्तर्गत पेट्रालियम पदार्थ ढुवानी गर्ने ट्याङ्करहरूलाई ईआरपी प्रणालीमा समेटर जीपीएस जडान गरी अनलाइन निगरानी गरिने र पेट्रोलियम पदार्थ भर्दा र खन्याउँदासम्मका गतिविधि निगरानी हुने जनाइएको छ । त्यस्तै उनीहरूको रुट, समय तथा यात्राको रेकर्ड र निगरानी हुनेछ । भारतबाट पेट्रोलियम पदार्थ भरेर नेपाल आउने ट्याङ्करलाई पनि यही प्रविधिमा समेटेर निगरानी गरिनेछ ।…

Read More

काठमाडौँ, १ भदौ । नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु¥याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ । विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३–७४ देखि नाफा गर्न सुरु गरेको हो । त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ । त्यसअनुसार आव २०७४–७५ मा दुई अर्ब ८५ करोड, आव २०७५–७६ मा नौ अर्ब ८१ करोड र आव ७०७६–७७ मा हालसम्मकै उच्च रु ११ अर्ब पाँच करोड रुपियाँ नाफामा रहेको छ । त्यस्तै आव २०७५–७६ मा प्रणाली चुहावट…

Read More