
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २ भदौ । कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु भएको छ । मृतकमा नवलपरासी, कास्की, तनहुँ, काभ्रे, बाँकेका १–१ जना रहेका छन् । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत नवलपरासीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान नवलपरासीका ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्तालका निर्देशक डाक्टर रवि शाक्यले बताए । ती पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि साउन ३० गते आइसीयूमा भर्ना गरिएको थियो । यसैगरी काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत ९८ वर्षीय संक्रमित वृद्धको पनि मंगलबार नै मृत्यु भएको छ ।यस्तै गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको समेत मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान…
झापा, २ भदौ । विद्यालयले मनपरी नम्बर दिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले समग्र जिपिए विवरणविना एसइईको नतिजा सार्वजनिक गरेको छ । चार लाख ७२ हजार ७८ विद्यार्थीमध्ये कुन जिपिएमा कति विद्यार्थी पास भए भन्ने विवरण बोर्डले लुकाएको छ । सोमबार बसेको बोर्ड बैठकले विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरी नतिजा सार्वजनिक गरेको हो । ०७६ सालको एसइईमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले परीक्षा आवेदन दिएकोमा चार लाख ७२ हजार ७८ विद्यार्थीको प्राप्तांक बोर्डमा प्राप्त भएको थियो । ०७५ सालको एसइईमा कुल चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी थिए । कोरोना संक्रमण बढ्दै गएको तथा विद्यालयहरूमा क्वारेन्टाइन बनाइएकाले परीक्षा…
काठमाडौँ, २ भदौ । लिदी जस्तै भौगलिक बनोट भएका सिन्धुपालचोकमा मात्रै १ सय ६७ बस्ती जोखिममा छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको भौगर्भिक अध्ययन अनुसार ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेका थिए । जिल्लाका २ सय ४२ स्थानको भौगर्भिक अध्ययन भएको थियो। जसमा ७५ स्थान मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्टले पहिले गरिएको अध्ययनले लिदीमा माथिल्लो क्षेत्रमा नभई तल्लो क्षेत्रमा समस्या देखाएको बताए। २०७४ सालमा गरिएको अध्ययनले लिदीलाई संरक्षण गरेर बस्न सकिने देखाएको थियो। वर्षातका बेला सिन्धुपाल्चोकमा देखिएको विपदबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा भूगर्भविद भट्टले बेला बेलामा जोखिमका क्षेत्र…
झापा, २ भदौ । विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार जुटेको छ । शैक्षिक सत्र खेर जाँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने, सरकारको वैकल्पिक शिक्षामा गरिएको लगानी पनि खेर गई समग्र विद्यालय शिक्षामा नै दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्ने विश्लेषणपछि सरकार शैक्षिक सत्र सदुपयोग गर्ने तयारीमा जुटेको हो । यसका लागि कक्षा १० सम्मकै विद्यार्थीले अध्ययन गर्ने सबै विषयको पाठ्यक्रमको भार घटाएर शैक्षिक सत्र खेर जान नदिने अभियानमा आफूहरू जुटेको जानकारी सरकारी अधिकारीले दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सरकारले पाठ्यभार घटाउने तथा यसैलाई नयाँ…
झापा, २ भदौ । चार महीना गुजरातको कान्डला बन्दरगाहमा अडकिएर २ साताअघि मात्र कोलकाता बन्दरगाह पुगेको युरिया मल सबै नेपाल आउन अझै २० दिन लाग्ने भएको छ । देशभरका कृषक युरिया मलको चरम अभाव झेलिरहँदा कृषि मन्त्रालयले आयात गरेको २१ हजार ५ सय मेट्रिक टन युरियामध्ये २ सय ५० मेट्रिक टन मात्र सोमवार विराटनगर आइपुगेको छ । धानबालीका लागि मात्रै अहिले ३० हजार मेट्रिक टन युरियाको माग रहेका समयमा यो परिमाण अत्यन्त न्यून रहेको कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन् । कोलकाता बन्दरगाहमा रहेको बाँकी मल नेपाल आइपुग्न अझै २० दिन लाग्ने कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शिरिष पुनले बताए । साल्ट…
झापा, २ भदौ । नेपाल र भारतबीच सोमबार बसेको ‘नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ ९संयुक्त निगरानी संयन्त्र० बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । परियोजनाको काम सन्तोषजनक रहेको र थप सहकार्य गरेर अघि बढ्ने बढाउँदै जाने विषयमा पारस्परिक संवाद भएको परराष्ट्रका अधिकारीले जानकारी दिए । ‘भर्चुअल’ बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदाश वैरागी र भारततर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका थिए । लामो समयदेखि संवादहीनताको अवस्थामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको दुई दिनपछि दुई देशबीचको संयुक्त निगरानी संयन्त्र बैठक हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ…
काठमाडौं, २ भदौ । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा पुनः कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ । यस्तो कर्जाको अवसरमा सहभागी हुनेहरूका लागि नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैंकले सोमबारदेखि आगामी १४ असोजसम्म पुनर्कर्जाका लागि आवेदन दिन सकिने बताएको छ । यसअघि पर्यटन व्यवसायी, लघु, घरेलु तथा साना उद्योग व्यवसायी र अन्य सेवामूलक संस्था तथा उत्पादनमूलक उद्योगीले कोरोना महामारीबाट आफूहरू निकै मारमा परेको भन्दै सहुलियत पुनर्कर्जाको व्यवस्था मिलाइदिन माग गरेअनुसार अहिले राष्ट्र बैंकले कोरोना महामारीबाट…
काठमाडौं, २ भदौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि देशका ७७ जिल्लामध्ये २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले ५ साउनको मन्त्रिपरिषद् बैठकमार्फत संक्रामक रोग निर्मूल वा रोकथाम गर्न आवश्यक व्यवस्था मिलाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नै दिएपछि सोमबार साँझसम्म २९ जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिसकेका छन् । गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार १४ जिल्लामा जिल्लाभर निषेधाज्ञा छ भने १५ जिल्लामा संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गरिएको छ । यसैगरी, एक जिल्लामा पूर्ण लकडाउन, आठ जिल्लामा आंशिक लकडाउन, दुई जिल्लामा आंशिक सिल र एक जिल्लामा सरकारी सेवा जिल्लाभर बन्द गरिएको छ । यस्तै, पाँच…
झापा, १ भदौ । बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट काठमाडौंका १ सहित ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षिया महिलाको मृत्यु भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०७ पुगेको छ । उनका अनुसार बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनकाअनुसार काठमाडौंका १३९, ललितपुरका १५ र १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १६०…
झापा, १ भदौ । बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनकाअनुसार काठमाडौंका १३९, ललितपुरका १५ र १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १६० डिस्चार्ज भएका छन् भने कुल निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६९९ रहेको छ । ११ हजार ५ सय २० जनाको परीक्षणपछिल्लो २४ घण्टामा ११ हजार ५ सय २०…