
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३२ साउन । काँकडभिट्टा नाकाबाट चार महिनापछि पेट्रोलियम पदार्थको आयात सुरु भएको छ । यसैसातादेखि पेट्रोलियम लोड भएका ट्याङ्कर नेपाल भित्रिन थालेको मेची पेट्रोलियम डिलर्स एशोसिएसनले जनाएको छ । एशोसिएसनका अध्यक्ष नवीन कोइरालाले चालक तथा सह चालकको कोरोना परीक्षण रिपोर्टका आधारमा भारतीय आयल निगमले तेल उपलब्ध गराउन थालेको जानकारी दिए । आयात रोकिएको चार महिनापछि अहिले ट्रायलका रुपमा मात्रै पेट्रोलियम आयात भइरहेको हो । नौवटा ट्याङ्करमा पेट्रोलियम पदार्थ भित्रिएको छ । ‘हिजो मात्रै सात ट्याङ्कर तेल आइपुगेको छ’, अध्यक्ष कोइरालाले भने । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले नेपालमा लक डाउन सुरु भएपछि पेट्रोलियम…
झापा, ३२ साउन । मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पुर्याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाए । नेपालमा जेठ ३१ गतेदेखि मनसुन शुरु भएको थियो । साउन ३१ सम्मको दुई महिनामा मात्रै ठूलो मानवीय क्षति हुन पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिराले क्षति पुर्याएको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले साउन ३१ सम्म मनसुन सक्रिय भएपछिको…
झापा, ३२ साउन । विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको बताए । पर्सा जिल्लाका एक जना पुरुष र मोरङ जिल्लाका एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण १०४ जनाको मृत्यु पुष्टि भएको छ । आइतवार २१८ महिला र ४२३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए । हाल भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा १३४ जना निको भइ घर फर्किएका छन् । त्यसैगरी हालसम्म १७ हजार ३३५ जना…
झापा, ३२ साउन । पछिल्लो २४ घण्टामा देशभर ६४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १७२ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको जानकारी दिए । उनका अनुसार उपत्यकाका संक्रमितमध्ये काठमाडौं जिल्लामा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना छन् । यस्तै हालसम्म निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ भने मृतकको संख्या १०४ पुगेको छ । थप १२ हजार २ सय ४७ पीसीआर परीक्षणपछिल्लो २४ घण्टामा थप १२ हजार २ सय ४७ पीसीआर परीक्षण हुँदा २ सय…
तुलसीप्रसाद निरौलाबिर्तामोड, ३२ साउन । झापाको बिर्तामोड नपा ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र इलामको माई नपा २ दानावारीमा कार्यालय रहेको अमृत बचत तथा ऋण सहकारी संस्थावीच एकीकरण भएको छ । सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार दुई वटै सहकारीको उद्देश्य एउटै भएका कारण दुई सहकारीबीच एकीकरण गरिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतले बताए । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर वस्नेतको अध्यक्षतामा भएको दुवै सहकारीको संयुक्त बैठकले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीमा दुवै सहकारी संस्थाबीच एकीकरणको अन्तिम स्वीकृतिका लागि बैठकले गरेको सर्वसम्मत निर्णयको प्रतिलिपी पठाएको थियो ।…
मोरङ, ३२ साउन । मोरङको विराटनगर महानगरपालिका–१४ मा रहेको पोखरीमा डुबेर १६ वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका बिराटनगर महानगरपालिका–१५ का १६ बर्षीय बिशाल चौधरीको खोजतलास गर्ने क्रममा दिउँसो सवा १ बजे सोही पोखरीमा मृत अवस्थामा फेला पारेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
काठमाडौं, ३२ साउन । काठमाडौं महानगरपालिका क्षेत्रभित्र झण्डै ८ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै, हालसम्म ४ जनाको निधन हुनुका साथै १ हजार ५ सय ५४ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । हालसम्म महानगरका ३३ वडामध्ये वडा २ मा मात्रै कोरोना सङ्क्रमित भेटिएका छैनन् । कन्ट्याक्ट ट्रेसिङ गरिएकामध्ये ५८ जनामा सङ्क्रमण पाइएको छ । महानगरपालिकाले २९ साउनसम्म कोरोना परीक्षणको नतिजा आएको र त्यसपछि गरिएका परीक्षणका लागि पठाइएका व्यक्तिहरूको नतिजा आउनै बाँकी रहेको जनाएको छ । जनस्वास्थ्य महाशाखाका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्छन्, ‘यो सङ्ख्यामा केही तलमाथि हुन्छ । किनभने ठूला अस्पतालको विवरण महानगरमा आएको छैन, ती अस्पतालले पनि महानगरमा बसोबास गर्नेहरूको परीक्षण र…
काठमाडौं, ३२ साउन । नेकपाका दुई अध्यक्षले पार्टीभित्र देखापरेको विवाद सल्टाउन गठन गरेको कार्यदलको वैधानिक हैसियतलाई लिएर तीन सचिवालय सदस्यले प्रश्न गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनमा असहमति नरहे पनि यसको गठन प्रक्रियामा भने वैधानिकता खोजी गरेका हुन् ।उनीहरूले शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारमा भेटे। दुई अध्यक्षको सहमतिमा मात्र कार्यदल गठन गरेर काम गर्नु वैधानिक नहुने र भोलि कार्यदलले बुझाएको रिपोर्टमा कुनै नेताले नमान्ने अवस्था आए त्यसले मान्यता पाउनेरनपाउने विषय संवेदनशील रहेको उनीहरूको भनाइ छ । त्यसैले पार्टी कमिटीको बैठक राखेर यस विषयमा निर्णय लिनुपर्नेमा त्यसो नगरिएकाले प्रक्रियागत रुपमा त्रुटि…
काठमाडौँ, ३२ साउन । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण बन्द गर्दै एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतसमेत बन्द गराएपछि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरिएको हो । काठमाडौं भित्रने मुख्य नाका नागढुंगासहित साँगा, फर्पिङ, ककनी, टोखा, साँखु क्षेत्र हुँदै उपत्यका बाहिरबाट आउनेहरूलाई प्रहरीले सुरु बिन्दुमा नै रोक्न सुरु गरेको छ । यस्तै, पुराना पास देखाएर आउनेहरूलाई समेत नाकामा खटिएका सुरक्षाकर्मीले धमाधम फर्काउन थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी…
झापा, ३२ साउन । मुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ । आयोगको रोस्टरमा रहेका केही विज्ञ तथा आफ्नै कर्मचारीको गलत धन्दाका कारण आयोगको विश्वसनीयतामाथि धक्का लागेको हो । लोकसेवाको हालसम्मको निष्पक्ष भूमिकाकै कारण आयोगमा कुनै प्रकारको सोर्सफोर्स चल्दैन भन्ने मान्यता रहँदै आएको छ । जसका कारण निजामती सेवालगायत अन्य सरकारी सेवामा प्रवेश गर्नेहरूले योग्यता, दक्षता र क्षमताका आधारमा नै छनोट हुने अवसर पाइरहेका छन् । हालसम्म आयोगको निष्पक्षतामाथि कसैले पनि औँला ठड्याउन पाएका छैनन् । तर, पछिल्ला केही घटनाले भने आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न सिर्जना गरिदिएको हो । आयोगलाई योग्यता…