
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ साउन । ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ, गन्ध हराउनु, स्वाद हराउनु र झाडापखालामध्ये कुनै एक लक्षण देखिएमा, सङ्क्रमितको सम्पर्कमा रहेका, विदेशबाट फर्किने, गम्भीर श्वासप्रश्वास सङ्क्रमण भएका व्यक्ति । अग्रपङ्क्तिमा कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका कर्मचारी, बिरामीको शल्यक्रिया गर्नुपूर्व, हाल सङ्क्रमण धेरै देखिएका स्थानबाट आएका व्यक्ति, सघन उपचार कक्षमा उपचाररत व्यक्ति, दीर्घ रोग भएका मुख्यतः ६० वर्ष माथिका व्यक्ति, मध्यम, गम्भीर बिरामीको डिस्चार्ज गर्नुपूर्व । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
झापा, २४ साउन । युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ। नेपालमा कोरोना संक्रमणको ६ महिना अवधिमा उमेरका हिसाबले सबै समूहमा संक्रमित देखिएका छन्। चीनमा अध्ययन गरी फर्किएका युवामा गत माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। १५ हजार ८ सय १४ जना निको भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म ६ हजार ३ सय ३० जना आइसोलेसनमा छन्। ६६…
झिलझिले, २४ साउन । धार्मिक पर्यटनको मुख्य उद्देश्य राखेर झापाको शिवसताक्षीमा आयोजित सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोममा आयोजक समितिलाई ५ लाख ८३ हजार ४ सय ६९ को व्ययभार भएको छ । गएको कात्र्तिक २७ देखि बालाचर्तुदशी धार्मिक मेलाको अवसर पारेर आयोजना भएको कोटिहोममा आयोजक समितिले १ करोड ४७ लाख ५७ हजार ७ सय ३९ रुपैयाँ भेटी संकलन गरेको थियो । आयोजक समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले नगद रसिद ठेली बाट ७४ लाख ७५ हजार ५ सय ८८ रुपैयाँ संकलन गरेको थियो । यस्तै झापाका स्थानीय तहबाट २४ लाख ८१ हजार ५ सय…
विराटनगर, २२ साउन । कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान कोशी अस्पताल विराटनगरको आइसालेसनमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषलाई भर्नालगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । ती पुरुष विहान सवा ९ बजे अस्पताल पुगेका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । शुक्रबार दिउँसो कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । मृतकमा एक सातादेखि ज्वरो र खोकीको समस्या रहेको थियो । उनी उच्च रक्तचापको…
भद्रपुर, २३ साउन । १७ वर्ष अगाडि कुटपिट गरी ज्यान मारेर फराररहेका झापाको साविक जलथल ८ का दुर्गाबहादुर थापा मगरलाई झापा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । २०६० साल कार्तिक ३० गते छोरीका घर जलथल आएका साविकको टागनडुब्बा ४ बस्ने ४५ वर्षीय बरिकलाल माझीलाई सामान्य विवादका क्रममा कुटपिट गरी गम्भीर घाइते बनाएर फरार भएका मगर १७ वर्षपछि पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन आयोजना गरी दिएको जानकारी अनुसार छोरीको घर आएका माझी सााझ ७ बजेतिर घुम्न निस्कने क्रममा साविक जलथल ८ स्थित मणिकुमार राईको भट्टी पसलमा चुरोट मागेकोमा पसल सञ्चालककी छोरीले चुरोट दिँदा हात समाएको…
काठमाडौं, २३ साउन । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिनुभएको जानकारी अनुसार ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै अहिले कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । अहिलेसम्म १५ हजार ८ १४ जना डिस्चार्ज भएका छन् ।
ललितपुर, २३ साउन । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए । कोरोना संक्रमित ४५ वर्षीय महिला क्यान्सर पीडित थिइन् भने अर्का संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए । यसअघि बिहीबार राती पाटन अस्पतालमै कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । ती पुरुष साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ…
बिर्तामोड, २३ साउन । झापाको बाह्रदशी गाउँपालिका–३ स्थित बस स्टेण्डबाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले स्थानीय २७ वर्षीय मिलन भुजेललाई एक ग्राम ब्राउनसुगर सहित बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । पक्राउ परेका भुजेलको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड, २३ साउन । झापाको कमल गाउँपालिका–५ स्थित टुक्रेमा जंगली हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल–५ का ५८ बर्षीय रोहित रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान करिब ४ः१५ बजे जंगलबाट बस्ती छिरेका दुई वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घर समेत क्षति पुयाएको छ । घरमा क्षति पु¥याउने क्रममा भाग्दा रेग्मीलाई हात्तीले कुल्चिएरको उहाँले बताउनुभयो ।
धरान, २३ साउन । सुनसरीको धरान उपमहानगरपालिका–१६ का ६५ वर्षीय केशरबहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।