झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ साउन । करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्यसहित आन्तरिक राजस्व विभागले एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस जानेगरी विभागले प्रणाली विकास गर्दैछ । विभागका महानिर्देशक विनोद कुँवरका अनुसार करदातालाई महìवपूर्ण सूचना तत्काल प्रवाह गर्न यस्तो प्रणाली निर्माणको प्रक्रिया अघि बढाइएको हो । ‘कसैको ट्याक्सेसन भयो अथवा कर जम्मा भयो भने त्यसको पनि जानकारी एसएमएसबाटै दिन्छौँ’ उनले भने । कस्ता करदातालाई करबारे कस्तो सूचना दिने भन्ने विषयमा विभागले कार्यविधि बनाइरहेको छ । कार्यविधिअनुसार नै सफ्टवेयर प्रणाली विकास गरिने र यही आर्थिक वर्षभित्र एसएमएसबाटै जानकारी उपलब्ध…

Read More

इलाम, २२ साउन । इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा १६ जना कोरोना पोजेटिभ देखिएका छन । गणका ३७ जनाको श्वाव संकलन गरेकोमा विहीवार १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलयले जानकारी दिएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४२ जना शसस्त्र प्रहरी सहित ६० जनाको स्वाब नमुना पठाइएकामा १६ जना शसस्त्र पहरीको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यलयले जनाएको छ । ६० जनामा ३७ जना शसस्त्र रहेकामा १६ जनालाई कोरोना पोजेटिभ देखिएको र उनीहरुलाई विराठनगरको गोठगाउँ स्थित कोरोना अस्पताल लैजाने तयारी भईरहेको स्वास्थ्य कार्यलय इलामका कोभिट १९ संयोजक विमल बरालले बताए । बरालका अनुसार थप उपचारको लागी पोजेटिभ देखिएका…

Read More

बिर्तामोड, २२ साउन । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेसनमा बसेका छन् । केही दिन पहिले संघीय राजधानी काठमाडौंमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश नम्बर २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण भएको पुष्टिसँगै उनी होम आइसोलेसनमा बसेको मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलले जानकारी दिए । पौडेलका अनुसार मन्त्री कार्कीले आफूहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षण गर्न आग्रह गरेका छन् । मन्त्रीको निवासमा कार्यरत सबैको स्वाब लिने तयारी भइरहेको सचिव पौडेलको भनाइ छ ।

Read More

बिर्तामोड, २२ साउन । झापाको मेचीनगरमा आज आठ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार झापासहित प्रदेश १ मा आज ६६ जना कोरोना संक्रमित थपिएका हुन् । विराटनगरमा ११ जना पुरूष र १० जना महिला गरी २१ जनालाई कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको अनुसारप्रदेश १ मा ५१ पुरूष र १५ जना महिलामा संक्रमण देखिएको हो । मोरङमा मात्र २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरबाहेक मोरङको बेलबारीमा २ पुरूष र रङ्गेलीमा १ पुरूषमा संक्रमण देखिएको हो । यस्तै सुनसरीमा १९ जनालाई संक्रमण देखिएको छ । धरान उपमहानगरपालिकामा ११ पुरूष र ३ महिला गरी १४…

Read More

अर्जुनधारा, २२ साउन । अर्जुनधारा नगरपालिकाले जारी गरेको लकडाउन यथावत राखेको छ । नगरले आज बिहिबारसम्म गर्ने भनेको लकडाउन अझ ४ दिनकालागि थप गरेको नगरपालिकाले जनाएको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी सीसीएमसीको बिहिबार बसेको बैठकले २६ गतेसम्म नगर क्षेत्रमा बन्दाबन्दी लकडाउन गर्ने निर्णय गरेको हो । समुदायमा संक्रमण फैलन सक्ने अवस्थालाई मध्य नजर गर्दै बिभिन्न वडामा पनि कन्ट्याक ट्रेसिङ गरीएको छ । बुधबार मात्र १२७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । नगरका ४, ५, ७, ८, ९, १० र ११ नम्बर वडाका १०२ जनाको कन्ट्याक ट्रेसिङका आधारमा गरेको स्वाबको नतिजा आउन…

Read More

झापा, २२ साउन । नेपालमा आज थप ३६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणका कारण थप ५ जनाको २४ घण्टाको अवधिमा मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ । उनले नेपालमा जुन रफ्तारमा कोरोना संक्रमित बढेको छ त्यसलाई हेर्ने हो भने अस्पतालले धान्न नसक्ने बताए । उनले जनस्वाथ्यको मापदण्ड…

Read More

काठमाडौँ, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलकाअनुसार बुधबार गरिएको स्वाब परीक्षणमा बाहिरी घेरामा सुरक्षाकर्मीमध्य ६ जनामा कोरोना देखिएको हो। ‘पहिलेदेखि नै सतर्कता अपनाउँदै आएको हौँ। आजबाट थप सुरक्षा अपनाएका छौं,’ जुगलले भने। सापकोटाका अनुसार प्रचण्डका परिवारका सबै सदस्य र निवास र प्रचण्डको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी स्वाब संकलन गरी परीक्षण गरिएको थियो। ६ सुरक्षाकर्मीमा कोरोना देखिए पनि परिवारका सदस्यमा भने नदेखिएको उनले जानकारी दिए।

Read More

झापा, २२ साउन । दिउँसो कम पानी पर्दा गर्मी बढेको छ । मनसुन चलिरहेकाले दिउँसो गर्मी भए पनि राति पानी पर्ने गरेको छ । तर दिउँसो कम पानी परेपछि गर्मी बढेको हो । दिउँसो चर्को घाम लागेपछि सतहमा भएको पानी बादल बनेर आकाशमा रहने र राति चिसो भएपछि पानी पर्न थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठकाअनुसार आज र भोलि पनि दिउँसोको भन्दा राति धेरै पानी पर्ने संभावना छ । आज र भोलि देशभरीकै मौसम सामान्य बदली भई एकरदुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने उहाँले जानकारी दिनुभयो । तर…

Read More

ओखलढुङ्गा, २२ साउन । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१० का ३६ वर्षीय रोहित ढुङ्गेल लिखु खोलाले बगाएर बेपत्ता भएका छन् । बुधबार दिउँसो १ बजेको समयमा गाई किनेर लिखु खोलाको किनाराको बाटो हुँदै फर्कदै गरेका बाबु छोरामध्ये छोरा रोहित अचानक चिप्लेर खोलामा खस्दा खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएको उनीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Read More

खोटाङ, २२ साउन । खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय राकेश राईलाई मानिस हत्याको आरोपमा पक्राउ गरिएको छ । गत २० गते राति पौने ९ बजेको समयमा स्थानीय ५६ वर्षीय जबरधन राईसँग सामान्य विवाद हुँदा रिसको आवेगमा राकेशले नजिकै रहेको दाउराको चिर्पटले प्रहार गर्दा घाइते भएका राईलाई अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले घटना घटाई फरार रहेका राकेशलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Read More