
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १८ साउन । झापाको विर्तामोड नगरपालिकाले नगरपालिका क्षेत्र भित्र अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार राति १२ बजेदेखि लकडाउन गरिने नगरपालिका कार्यालयले जनाएको छ। कोरोना भाइरस कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिदै गएको भन्दै नगर क्षेत्रमा बन्दाबन्दी गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको बताइएको छ । स्वास्थ्य क्षेत्र बाहेकका सबै उद्योग व्यवसायहरु पूर्ण बन्द गर्ने, लामोदुरीका सवारीलाई भने बिर्तामोडमा रोक्न नदिई सिधै गन्तव्य तर्फ जान दिने निर्णय भएको छ । त्यसैगरी अतिआवश्यक खाद्यलगायतका ढुवानी गर्ने साधनलाई चल्न दिईने भएको छ त्यसमा स्वास्थ्य सुरक्षालाई उच्चतम…
भद्रपुर, १८ साउन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल गाउँपालिका समितिले चार महिनायता तलवविहिन हुँदा विहान बेलुका छाक टार्न समस्या भएको भन्दै ज्यान बचाउन माग राखेर गाउँ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बन्दाबन्दी सुरू भएयता कार्यरत विद्यालयले पारिश्रमिक नदिएपछि बाँच्न धौधौ परेको भन्दै ज्यान बचाउन माग राखेर गाउँ सरकारलाई ज्ञापनपत्र बुझाएको हो । इस्टु गाउँ समितिका अध्यक्ष घनश्याम अर्यालको नेतृत्वमा गाउँ शिक्षा समिति तथा शिक्षा शाखामा ३ बुँदे माग समेटेर ज्ञापनपत्र बुझाइएको छ । युनियनका प्रदेश १ सहसचिव राजु वराल तथा गाउँ समितिका अध्यक्ष घनश्याम अर्यालले शिक्षा समितिका संयोजक तथा गाउँपालिकाका अध्यक्ष अञ्जार आलम तथा शिक्षा शाखा प्रमुख छवि…
काठमाडौँ, १८ साउन । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण पछिको बन्दाबन्दीको अवधिमा समेत आँखाका नानी निरन्तर रूपमा सङ्कलन भइरहेका छन् तर यातायातको असुविधाले सङ्कलन भएका नानी प्रत्यारोपण गर्न माग भएका स्थानमा पु¥याउन सम्भव हुन सकेको छैन । नेपाल आँखा बैङ्क तीलगङ्गाका निर्देशक शङ्खनारायण त्वयनाका अनुसार तीलगङ्गामै आएका दृष्टिविहीनमा नानी प्रत्यारोपण गरिएको छ । बुधबार नेपाल आँखा अस्पतालमा एउटा नानी दिन सकिएको छ । उनका अनुसार बन्दाबन्दीका बेला पनि शवबाट महिनामा १२ वटा जति नानी सङ्कलन भए । उपत्यकाका विभिन्न अस्पताल, विद्युतीय शवदाह गृह र आर्यघाटको परम्पराका चितामा आएका शवबाट नानी सङ्कलन हुने गरेको छ । आर्यघाटमा शवदाह गर्ने मजदुर चन्द्र ढकालका…
काठमाडौं, १८ साउन । नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्सा जारी गरेको दुई महिना नाघ्यो। तर, भारतले ती भूभाग नेपाललाई सुम्पिनुको साटो सडकलगायत संरचना विस्तार गर्दै छ। त्यसमाथि आफ्नै भूमिमा नेपालीलाई जान रोक लगाउन भन्दै पत्राचार गर्छ। तर, नेपालले आफ्नो भूमि वास्तविक रूपमा फिर्ता लिन जति सक्रियता देखाउनु पथ्र्यो त्यस्तो देखिएको छैन। खासगरी सत्तारूढ दल नेकपामा किचलोका कारण लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्बन्धी मुद्दा ओझेलमा परेको छ। नयाँ नक्सा जारी गरी संविधान संशोधनमार्फत अनुमोदन गरिसके पनि भारतसँग वार्ताको वातावरण बनेको छैन। चीनले यो विषयलाई उछालेको भन्दै भारतले नेपालको नयाँ नक्सा अस्वीकार गरेको छ। यही कारण देखाउँदै आफू नेतृत्वको सरकार परिवर्तन गर्न…
झापा, १८ साउन । कोभिड–१९ बीमालेख खरीद गर्दा अब सर्वसाधारणले सरकारबाट ५० प्रतिशत अनुदान पाउने भएका छन् । साथै, निजामती कर्मचारीहरूको पनि शतप्रतिशत सरकारी अनुदानमा कोरोना बीमा हुने भएको छ । संघीय सरकारले चालू आर्थिक वर्षको बजेटमा ५० प्रतिशत अनुदानमा सर्वसाधारणका लागि कोरोना बीमा सञ्चालन गर्ने तथा निजामती कर्मचारीलाई सरकारी अनुदानमा यस्तो बीमा गर्ने घोषणा गरेको थियो । सोही व्यवस्थालाई कार्यान्वयन गर्न बीमा समितिले कार्यविधि बनाएपछि आम सर्वसाधारणले यस्तो सुविधा पाउने भएका हुन् । समितिका अनुसार संस्थागत तथा पारिवारिक रूपमा बीमा गर्दा पनि यो सुविधा पाइनेछ । समितिले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको कार्यविधि स्वीकृत भइसकेको अर्थका प्रवक्ता उत्तरकुमार खत्रीले…
काठमाडौं, १८ साउन । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ । संक्रमितको बढ्दो संख्यालाई लिएर चिकित्सकले पर्याप्त सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् । हाल काठमाडौं उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, वीर अस्पताल, स्टार अस्पताल र त्रिवि शिक्षण अस्पतालमा संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १५ जना संक्रमित आइसियूमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल…
बिर्तामोड, १८ साउन । झापा बिर्तामोड नगरपालिकाको क्वारेन्टिनमा खटिएकी एक महिला प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । क्वारेन्टाइन सुरक्षाका लागि खटिएकी ती महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसंगै झापामा नेपाल प्रहरीमा समेत कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेन्टाइनमा सुरक्षाका लागि खटिएकी ती महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । विगत केही दिनदेखि सुरक्षा निकायका धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसअघि झापाका ३५ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको थियो । यो संगै झापामा कोरोना संक्रमितको संख्या ३७० पुगेको छ भने निको हुनको संख्या ३११ पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन…
झापा, १८ साउन । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता सयदेखि दुई सय सम्मको सङ्ख्यामा प्रतिदिन देखिएको कोरोना सङ्क्रमण शनिबार बढेर तीन सयभन्दा माथि पुगेको छ । शनिबार ३१५ जना सङ्क्रमित भएका छन् । सतर्क नहुने प्रवृत्तिले सङ्क्रमण बढ्न थालेको विज्ञको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले स्वास्थ्य सतर्कता अवलम्बन नगरेका कारण कोरोना सङ्क्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरे । उनका अनुसार मास्कको प्रयोग नगर्ने प्रवृत्तिले पनि कोरोना बढ्ने हुँदा सतर्क हुन जरुरी छ । शनिबार इलाममा नेपाल प्रहरीमा देखिएको कोरोना पनि मास्क नलगाएकाले सङ्क्रमण सरेको जानकारी गौतमले दिए ।…
झापा, १८ साउन । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ। बढेको मूल्य शनिबार रातिदेखि लागु हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको उनले बताए।पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ कायम गरिएको छ। हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ।
झापा, १८ साउन । अब सबै नगरपालिकाले व्यवस्थित सहरीकरणको मापदण्ड पालना गर्नुपर्ने भएको छ । अधिकांश नगरपालिका व्यवस्थित सहरीकरणतर्फ उन्मुख हुन नसकेका बेला अब व्यवस्थित मापदण्ड पालना गराउने तयारी गरिएको हो । नेपाल नगरपालिका सङ्घले २९३ वटै नगरपालिकाको एकीकृत सहरी पूर्वाधारको विकासको मापदण्ड अगाडि सारेको छ । सङ्घले सबै नगरपालिकामा सहरी पूर्वाधार कायम गर्ने, सहरी गरिबी, सुुकुम्बासी तथा आर्थिक विकास, सहरी पर्यावरण तथा सरसफाइ, विपद् तथा सङ्क्रमण रोग व्यवस्थापन, वित्त व्यवस्थापन, लगानी तथा स्रोत परिचालन गरी कार्यान्वयन गर्न आवश्यक सहजीकरण गर्ने योजना बनाएको छ । त्यस्तै, स्थानीय मेलमिलाप र न्यायिक समिति, सहरी कृषि, वन र जलवायु, जलस्रोत र नविकरणीय ऊर्जा,…