झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, ३१ साउन । कोभिड १९ सङ्क्रमणका कारण करिब पाँच महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान सुरु हुँदैछ । यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका लागि मुख्य विमानस्थल तयारी अवस्थामा छन् । सरकारले उडान सुरु गर्ने घोषणा गरे लगत्तै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका अन्य विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । प्राधिकरणले खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिकतर्फ पोखरा, भैरहवा, विराटनगर, भरतपुर, नेपालगन्जजस्ता विमानस्थललाई केन्द्रित गरेर उडान सुरक्षा व्यवस्थापन कार्यान्वयनको तयारी गरिरहेको छ । यसका लागि सरकारले जारी गरेको हवाई सेवा…

Read More

काठमाडौं, २१ साउन । साउन दोस्रो साता सकिनै लाग्दा एकाएक हल्ला फैलियो- ‘चउरमा कार्टुन, कार्टुनमा शिशु ।’ केयर बालगृहले कपनस्थित एक चउरमा बेवारिसे शिशु भेटिएको दाबी गर्दै थियो । यतिबेलासम्म बालगृहकी सञ्चालक पुष्पा अधिकारीले दाता खोज्न थालिसकेकी थिइन्। तर, पासा पल्टियो। दाता खोज्न गरिएको हल्लीखल्लीले शिशुकी आमाको मन पोल्यो। आफू स्वयम्ले जन्माएको सन्तानलाई अनाथ भनिरहँदा उनले सहन सकिनन्। अन्ततः ती महिला आफ्नो शिशु फिर्ता लिन केयर बालगृहकी सञ्चालक अधिकारी समक्ष पुगिन् र शिशुको अनुहार देखाएर पैसा कमाउने अधिकारीको योजना विफल भयो। ती महिला लकडाउनको समयमा खाडी मुलुकबाट फर्किएकी थिइन्, पेटमा बच्चा बोकेर। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका…

Read More

काठमाडौँ, २१ साउन । लकडाउन खोलेसँगै कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्य विज्ञसँग छलफल गरेका छन् । लकडाउन गर्ने वा नयाँ तरिकाले अगाडि बढ्ने भन्ने विषयमा जनस्वास्थ्य विज्ञहरूको मत बाझिएपछि निर्णयमा पुग्न सकिएन । अब विज्ञहरूको सुझाब अध्ययन गरेर सरकारले लकडाउनबारे निर्णय लिने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा केही जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमण फैलिन नदिन कडाइ गर्नुपर्ने बताए । तर, अधिकांश विज्ञहरूले अब कोरोना नियन्त्रण लागि लकडाउन विकल्प नहुनेमा जोड दिए । कोरोनाबारे व्यापक जनचेतना फैलाउन, भिडभाड नियन्त्रण गर्न र मास्कलाई अनिवार्य गर्न विज्ञहरूको सुझाब थियो । यसअघि सरकारले लकडाउन गरेको समयको सदुपयोग गर्न नसकेको उल्लेख गर्दै अब…

Read More

काठमाडौँ, २१ साउन । ‘मलाई अचम्मचाहिँ के लाग्न थाल्यो भने, तपाईंहरूजत्तिको नेता भनिएका मान्छे नेता नभएर दासजस्तो किन हुनुभा’छ ?’ शुरुमै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अरु दिनभन्दा फरक किसिमले यसरी भएपछि पहिला शंकर पोखरेलले जवाफ दिए, ‘यो डेडलक खुलाउने सन्दर्भका विषयहरूलाई जे–जसरी अर्थ लगाए पनि आखिरमा हामीले चाहेको, तपाईंले चाहेको कुरा एउटै न हो, निकास… !’ अनि, प्रचण्डले महासचिव विष्णु पौडेलतिर हेरेर भने, ‘तपाईं त पार्टीको महासचिव हो नि ! महासचिवको जस्तो भूमिकामा आउनुप¥यो ।’ यसरी पार्टीका एउटा अध्यक्षको सन्देशवाहक भएर पुगेका जिम्मेवार नेताहरूलाई अर्का अध्यक्षले त्यस्तो संज्ञा दिएपछि शनिबारको खुमलटार भेटघाटमा केही असहजता देखियो । यस्तो हुनुको कारण थियो,…

Read More

बिर्तामोड, २० साउन । झापाको बिर्तामोड नगरपालिकाले श्रीजङ्गा बाख्रापालन कृषक समूहलाई ४५ वटा बाख्रा वितरण गरेको छ । नगरपालिकाद्वारा नगर प्रमुख पकेट प्याकेज कार्यक्रम अन्तरगत ग्रामीण बाख्रा साटासाटमार्फत् वडा नं. ७ का कृषि समूहलाई बाख्रा वितरण गरेको हो । आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको हो । नगर उपप्रमुख पबित्रा महतारा प्रसाईको अध्यक्षता र नगरप्रमुख ध्रुवकुमार सिवाकोटी प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ठ अतिथि वडा नं. ७ का कार्यवाहक अध्यक्ष चन्द्रकला पकुवाल, शाखा प्रमुख साबित्रा कुमारी दाहाल, वडा सदस्य सूर्यबहादुर लावती लगायतकको उपस्थित रहेका थियो । कार्यक्रमको सञ्चालन पशुपन्छी तथा मत्स्य विकास शाखाका प्राविधिक विष्णुप्रसाद भट्टराईले गर्नु भएको…

Read More

झापा, २० साउन । भन्सार छलेर नेपाल भित्र्याइएको मोबाइल सेट प्रहरीले बरामद गरेको छ । मेचीनगर–७ स्थित नेपाल(भारत सीमा क्षेत्रबाट प्रहरीले मोबाइल सेट बरामद गरेको हो । भन्सार छलेर ल्याएको चार लाख ७५ हजार मूल्य बराबरका १९ थान मोबाइल सेट बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । काँकडभिट्टा प्रहरीको समेत सहयोगमा बरामद गरिएका मोबाइल सेट आजै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

Read More

कोरोना भाइरसको संक्रमणका कारण २३ दिनसम्म बलिउड नायक अमिताभ बच्चन मुम्बइको नानावती अस्पतालमा भर्ना भए । उनी केही दिन अगाडि मात्र कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । तर, उनले अस्पतालमा रहँदा नानावतीको प्रचार गरेको आरोप भने लागेको छ । सामाजिक संजालमा उनले महंगो अस्पताल रोजेको र प्रचार गरेको भन्दै आलोचना भैरहेको छ । एक महिलाले सामाजिक संजालमा अभिताभ बच्चनको आलोचना गर्दै अस्पतालको प्रचार गरेका कारण उनीप्रतिको सम्मान हराएको भनेर उल्लेख गरिन् । अमिताभले कोरोनामुक्त भएपछि नानावती अस्पताललाई धन्यवाद दिदै लेखेको ट्विटमा महिलाले आक्रोश व्यक्त गरेकी थिइन् । महिलाको आरोपमा जवाफ दिदै अमिताभले लेखे–‘मैले अस्पतालको प्रचार गरेको छैनँ । मलाई जुन…

Read More

झापा, २० साउन । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कनकाई–४ कोटीहोममा स्थापित कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याव मेची अस्पताल भद्रपुरले सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति र अभियानकर्मीबीच भएको बैठकबाट उक्त निर्णय भएको हो । अभियानले उक्त ल्याव अस्पताललाई हस्तान्तरण गर्ने र सो ल्याव अस्पतालले सञ्चालन गर्ने अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल विश्वकर्माले बताए । ल्याव सञ्चालनका लागि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वीकृति लगायतका प्रक्रिया अघि बढाउने समेत निर्णय भएको छ । अध्यक्ष विश्वकर्माको अध्यक्षतामा भद्रपुरस्थित जिसस भवनमा भएको बैठकले ल्याव सञ्चालनसहितका चार बुँदे निर्णय…

Read More