झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ साउन । प्रदेश १ मा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको छ । मोरङ सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो । नगर प्रमुख कालीप्रसाद दासले कोरोनाले मृत्यु भएको पुष्टि गरे । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा मृतकमा कोरोना पोजेटिभ देखिएको थियो । उनको बुधबार रिपोर्ट आएको हो । बुधबार मृत्यु भएका व्यक्ति तीन महिना अघि भारतबाट आएका थिए । भारतबाट फर्किएर उनी क्वारेन्टाइन बसेका थिए । १४ दिन क्वारेन्टाइन बसेपछि परीक्षण गरिएको थियो । त्यसबेला उनमा संक्रमण देखिएको थिएन । प्रमुख दासका अनुसार रिपोर्ट नेगेटिभ आएपछि उनी फेरि भारतको झाला भन्ने…

Read More

झापा, १५ साउन । झापाको २ छुट्टाछुटै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका(४ का २८ बर्षीय संजय पोखरेल, २९ बर्षीय जिवन खत्रि दर्जी, ३० बर्षीय पंकज उप्रेती र २५ बर्षीय फियाज मुमेनलाई १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित बुधवार दिउँसो २ बजे कन्काई नगरपालिका(४ ईलुवारीबाट पक्राउ गरेको हो । यसैगरी, सोही टोलीले बिर्तामोड नगरपालिका(४ घर भई अर्जुनधारा नगरपालिका(६ बस्ने २० बर्षीय निकेश राईलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित बुधवार बेलुका ७ बजे निजको डेरा छेउबाट पक्राउ गरेको हो । नियन्त्रीत लागुऔषध ब्राउन सुगर…

Read More

बिर्तामोड, १५ साउन । संखुवासभा घर भई झापाको अर्जुनधारा नगरपालिका(४ बस्ने ३० बर्षीय सुगम राईको स्थानीय डुबे खोलाले बगाएर मृत्यु भएको छ । बुधवार दिउँसो २ बजेको समयमा श्रीमती र अन्य साथीहरुसंगै दहिझोडा सामुदायिक वन तर्फ गएका राई बाटोमा रहेको डुबे खोला तर्ने क्रममा अचानक सोही खोलाले बगाउँदा मृत्यु भएको हो । खोलाले बगाएका राईलाई संगै गएका साथीहरुले नै मृत अवस्थामा उद्धार गरी प्रहरीमा खबर गरे संगै प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी झापाकै कन्काई नगरपालिका(४ का २७ बर्षीय कमल मुखिया माई खोलामा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा खोलाले…

Read More

एजेन्सी । ‘केजीएफ’ कन्नड फिल्म इन्डस्ट्रीका लागि माइलस्टोन साबित भएको थियो । लामो समयदेखि दर्शकहरु यो फिल्मको सिक्वेलको प्रतिक्षा गरेर बसेका छन् । कन्नड सुपरस्टार यशको अभिनय गरेको फिल्मको सिक्वेलमा बलिउड सुपरस्टार सञ्जय दत्तको पनि अभिनय छ । यसमा उनी खतरनाक भिलेनको भूमिकामा छन् । बुधवार उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । बुधवारबाट ६१ वर्षका भएका सञ्जयले आफ्नो जन्मदिनको अवसरमा ट्विट गरेर फिल्ममा आफूले निर्वाह गरेको अधिराको लुक्स सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘यो फिल्ममा काम गर्न पाएकोमा खुसी छु । योभन्दा राम्रो जन्मदिनको उपहार अरु हुनै सक्दैन । धन्यवाद ।’ पोस्टरमा उनको लुक्स देखेर दर्शकहरु चकित…

Read More

झापा, १५ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया पठाउने प्रशिक्षार्थी कामदारसँग उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च हुने गरेको पाइएको छ । इपिएसमार्फत दक्षिण कोरिया जाने प्रक्रियामा रहेका कोरियन भाषा परीक्षा उत्तीर्ण प्रशिक्षार्थी कामदारहरूसँग अभिमुखीकरण तालिमका लागि भन्दै उठाइएको शुल्कबाट संकलित वार्षिक करोडौं रुपैयाँ व्यावसायिक तथा सिप विकास प्रतिष्ठानले कर्मचारीको खाजा र भत्तामै खर्च गरेको देखिएको महालेखापरीक्षकको ५७औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । महालेखाको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५र७६ मा मात्रै दक्षिण कोरियाका लागि प्रशिक्षार्थी कामदार पठाउन लिइएको भाषा परीक्षा उत्तीर्ण कामदारको अभिमुखीकरण तालिमका लागि भन्दै उठाइएको शुल्कबाट जम्मा भएको रकममध्ये २ करोड ८ लाख ७१…

Read More

झापा, १५ साउन । चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला छ भन्ने सन्देश दिने उद्देश्यसहित होटल सञ्चालन हुन लागेको होटल एसोसिएसन अफ नेपाल ९हान०का प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । होटल सञ्चालनमा ल्याए पनि यो अवस्थामा ठूलो सङ्ख्यामा पर्यटक आउने देखिँदैन, उनले भने, यद्यपि सरकारले अनुमति दिएको अवस्थामा नेपालको होटल बन्द छैन भन्ने सन्देश राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा दिन पनि सञ्चालन गर्दैछौँ । बिहीबारदेखि होटल तथा…

Read More

काठमाडौं, १५ साउन । विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिवेदन संसद्मा पठाएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका सल्लाहकार डा। खेम कार्कीको संलग्नतामा ओम्नी समूहसँग महँगो मूल्यमा स्वास्थ्य सामग्री खरिदको निर्णय २०७६ चैत २० मा भएको थियो। ओम्नीलाई १ अर्ब २४ करोडको स्वास्थ्य सामग्रीको ठेक्का दिइएको थियो। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा प्राप्त प्रतिवेदनमा स्वास्थ्य सामग्री खरिदमा कानुन मिचिएको भन्दै प्रश्नै प्रश्न उठाइएको छ। ओम्नीमार्फत स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता र कानुनको उल्लंघन भएको भन्दै उजुरी परेपछि समितिले…

Read More

काठमाडौँ, १५ साउन । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता अपनाउन सीएमसीले सरोकारवालालाई आग्रह गरेको हो । यहाँका उद्योग धन्दा, कलकारखाना र सबै कार्यालय सुचारु हुँदा विभिन्न जिल्लाबाट मजदुर आउने क्रम बढेसँगै कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भएको सीएमसीको बुझाइ छ । काठमाडौँ, सङ्कट व्यवस्थापन केन्द्र ९सीएमसी०का सल्लाहकार एवं काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यका प्रवेश गर्ने व्यक्तिलाई उच्च निगरानी राख्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरिएको बताए…

Read More

झापा, १५ साउन । बन्दाबन्दीको अन्त्यसँगै विशेष अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्न नयाँ कार्ययोजना जारी गरेको छ । अदालतले सर्वोच्चको पूर्ण इजलासबाट यसअघि जारी फैसला अनुसार, न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राहीले पालना गर्नुपर्ने नियम समेटेर कार्ययोजना जारी गरिएको हो । विशेषले सर्वोच्चको फैसला अनुसार उपत्यकाका सेवाग्राहीको हकमा साउन ८ गतेपछि र उपत्यका बाहिरका सेवाग्राहीका हकमा भदौ १ पछि मुद्दाको म्याद र हद म्यादको समय तोकेको छ । उक्त समयबाट ३० दिनसम्म म्याद र हद म्याद गणना हुनेछ । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले सर्वोच्चको फैसला अनुसार कोरोना जोखिम न्यूनीकरणका लागि आन्तरिक कार्ययोजना बनाइएको बताए । पाण्डेयका अनुसार अदालतले कोरोना…

Read More

अर्जुनधारा, १४ साउन । अर्जुनधारा नगरपालिकाले यस आर्थिक बर्षको लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि वडाका जनप्रतिनिधि, स्थानीयवासीसँग छलफल सुरु गरेको छ । नगरपालिकाले यसबर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर नदीजन्य सामग्री उत्खनन गर्नका लागि उनीहरुसँग अन्र्तक्रिया गरेको हो । नगर क्षेत्र भएर बग्ने बिरिङ, टाङटिङ, नेते र गोयाङ खोलामा उत्पादित सामग्रीको उपयोग गरेर राजश्व संकलन गर्ने जनप्रतिनिधि तथा त्यस क्षेत्रका सरोकारवालासँग छलफल शुरु गरेको हो । नगरको वडा नं. १, २ र ३ को वडा नं. १ मा भएको थियो भने ४, ५ र ७ नं. वडाको ४ नं. वडामा सरोकारवालासहित जनप्रतिनिधिको सहभागितामा भएको थियो…

Read More