झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, ९ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकारले आफ्ना सम्पूर्ण कार्य चुस्त, पारदर्शी एवं सुशासनका साथ गरिरहेको बताउनुभएको छ । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डको आज शुभारम्भ गर्दै उहाँले प्रदेशलाई प्रविधियुक्त बनाउन लागिपरेको बताउनुभयो । मुख्यमन्त्री राईले आगामी दिनमा बोर्डमार्फत प्रदेशका १३७ पालिका लिङ्क गरी मुख्य योजनाको अनुगमन, सञ्चालन, क्षमता विस्तार एवं छलफल गर्न सकिने धारणा राख्नुभयो । प्रदेशका प्रमुख सचिव दिनेश भट्टराईले सरकारलाई नागरिकप्रति जिम्मेवार बनाउन बोर्ड उपयोगी हुने विचार राख्नुभयो । बोर्डका प्राविधिक प्रमुख सन्तोष भुसालले मन्त्रालयबीच कामका लागि प्रतिस्पर्धा गरिने र महालेखामार्फत खर्चको विवरण राखिने जानकारी दिनुभयो । स्वीस सरकारको सहयोगमा स्थापित ड्यासबोर्डमा प्रदेशका…

Read More

झापा, ९ साउन । कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका– ७ टप्पुस्थित जनताको तटबन्ध भत्काएर नदीको भङ्गालो बस्तीमा पस्दा सयौंैं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । यस वर्ष असारको शुरुदेखि नै पानी परेका कारण अधिकांश किसानले समयमै रोपाइँ गरेका थिए । तर, कनकाईमा आएको बाढीले जनताको तटबन्ध भत्काएर नदीको भङ्गालो बस्तीमा पस्दा झापा गाउँपालिकाका १०३ घरपरिवार पूर्णरुपमा विस्थापित भए भने सयौँं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताउनुभयो । हुलाकी राजमार्गअन्तर्गत कनकाई नदीमा निर्माणाधीन पुलका कारण नदीलाई पूर्वतर्फ मोडेका कारण नदीले बाँध भत्काएको स्थानीय बासिन्दाको भनाइ छ । कनकाई माईमा आएको बाढीले झण्डै तीन…

Read More

तुलसीप्रसाद निरौलाविर्तामोड, ९ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवस झापामा मनाइएको छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड –४ झापाको आयोजनामा अर्जुनधारा –६ कप्तानवारीस्थित अपाङ्ग वालशिक्षा सरोकार केन्द्रमा नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवस मनाइएको हो । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड –४ झापाका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अपाङ्ग वालशिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलालले स्वागत गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, अर्जुनधारा –६ का वडाध्यक्ष लोकनाथ गौतम लगायतले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको योेगदानको बारेमा चर्चा गर्दै उनले देखाएको…

Read More

बुधबारे, ९ साउन । युवाहरूको बिश्वब्यापी संस्था जेसीजद्वारा झापामा जेसीज वन निर्माण गरिएको छ । बुधबारे जेसीजले बुद्धशान्ति–१ को भोटेटारमा आज जेसीज वन निर्माण गरेको हो । ४.०२ हेक्टर क्षेत्रफलमा वन निर्माण गरिएको बुधबारे जेसीजका अध्यक्ष जेसी नन्द कुमार याफु राईले बताउनु भयो । आज बृहत बृक्षारोपण गर्दै निर्माण गरिएको वनमा ७ सय बढी विभिन्न जातका बिरुवा रोपिने बुधबारे जेसीजका सचिव जेसी अनिल वाग्लेले बताउनुभयो । बुधबारे जेसीजका अध्यक्ष जेसी नन्द कुमार याफु राई, जिल्ला वन इलामका रोङ सब डिभिजन अधिकृत इन्द्र देव यादब, बुद्ध शान्ति वार्ड नम्बर–१ का वार्ड अध्यक्ष भिमकुमार नेवार, तीनतले सामुदायिक वन समिति उपाध्यक्ष सरद मगर,…

Read More

झापा, ९ साउन । लकडाउनपछि सञ्चालन भएका सार्वजनिक यातायातमा यात्रुको कमी देखिएको छ । कमै मात्रामा यात्रा गर्ने यात्रुसँग भने तोकिएभन्दा चर्को भाडा असुलेको पाइएको छ । सरकारले छोटो दूरीका सार्वजनिक सवारी साधन चलाउन अनुमति दिएसँगै बस व्यवसायीले बस सञ्चालन गर्न थालेका हुन् । काठमाडौंका विभिन्न रुटमा बस सञ्चालन भए पनि यात्रुको अभावमा बसका सिटहरु भने रित्तै जस्तो देखिने गरेका छन् । लकडाउन अगाडि र लकडाउनको समयमा पनि काठमाडौं उपत्यकाबाट लाखौं मानिस बाहिर गएको र उनीहरु उपत्यका फर्कन नपाएपछि बसमा यात्रा गर्नेहरुको कमी देखिएको हो । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, ९ साउन । मनसुनी वायुुको प्रभाव कायमै रहेकोले मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ । शुक्रबारबाट सुधार हुँदै एक–दुई दिन मौसम खुल्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकोले सुधार हुन समय लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । देशभर मनसुनी वायुको प्रभाव बिहीबार पनि कायमै रह्यो । मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरे पनि पूर्वमा नेपाल नजिक रहेको छ । जसका कारण बदली जारी रहेको हो । मौसमविद् मानन्धरका अनुसार मौसम शुक्रबारबाट खुल्न थाले पनि तत्काल सुधार हुने छैन । एक–दुुई दिनको सुधारपछि फेरि अर्को मौसमी प्रणालीले…

Read More

काठमाडौं, ९ साउन । काठमाडौंमा झट्ट बाहिर निस्किँदा कोरोना भाइरसको जोखिम छैन, जस्तो लाग्छ । चोक, पसल, होटल, क्याफे सबैतिर मानिसको भीडभाड देखिन्छ । बाहिर गल्ली सडकमा मानिसको उही किसिमको चाप सुरु भएको छ । अधिकांशले सुरक्षा सावधानी अपनाएको देखिँदैन । साना चिया पसलहरुमा चिया चुरोट खानेहरुको भीड पुरानै अवस्थामा फर्किसकेको छ । ठूला क्याफेहरु पनि भरिभराउ हुन थालेका छन् । बिहीबार राजधानीका चाबहिल, पुतलीसडक, अनामनगरलगायतका तरकारीदेखि कपडा पसलहरुमा मानिसहरुको घुइँचो थियो । पसलेले एकाध पसलबाहेक अधिकांशले आउने ग्राहकको बीचमा दूरी कायम गराएका छैनन् । पसलेहरुलाई ग्राहकबीचको भौतिक दूरीभन्दा पनि व्यापारको बढी चिन्ता भएको पाइन्छ । धेरैले सरकारले जारी गरेको…

Read More

झापा, ९ साउन । प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलले कोभिड–१९ ले अर्थतन्त्र र राजश्व सङ्कलनमा गम्भीर असर पारेको बताउनुभएको छ । प्रदेश सभाको बैठकको शून्य र विशेष समयमा सदस्यले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले यस प्रदेशमा आर्थिक वर्ष २०७६÷७७ मा चालू खर्च ६४ दशमलव पाँच प्रतिशत र पूँजीगत खर्च ७५ दशमलव ७९ प्रतिशत भएको जानकारी दिनुभयो । कूलमा ७० दशमलव ८३ प्रतिशत बजेट खर्च र राजश्वमा ७१ प्रतिशत प्रगति भएको जनाउँदै उहाँले कोरोनाका कारण भन्सार तथा आन्तरिक राजश्वमा पनि असर परेको बताउनुभयो । उहाँले उत्पानदशील र रोजगारीका क्षेत्रमा सरकार लगानी गर्ने भन्दै बजेटले…

Read More

विराटनगर, ९ साउन । नेपाल सरकारको सहमतिमा नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिले उद्योगी र व्यवसायी उत्साहित बनेका छन् । उद्योगी व्यवसायीले सङ्घीय सरकारले चालू आवका लागि सार्वजनिक गरेको राष्ट्रिय बजेटबाट उद्योगी एवं व्यवसायी उत्साहित हुन नसके पनि मौद्रिक नीतिबाट हाम्रो क्षेत्रमा धेरै टेवा पुग्ने भएकाले यसको सफल कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । कोरोनाका कारण निजी क्षेत्रले अर्थतन्त्रमा खेल्ने भूमिका खेल्न नसकेको र उद्योग एवं व्यापार नै सङ्कटमा परेको बेलामा मौद्रिक नीति सार्वजनिक हुनुले हामीमा खुशी छाएको मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो । मोरङ व्यापार सङ्घ,…

Read More

झापा, ९ साउन । कक्षा–११ मा ७० प्रतिशत हाजिर नभएका विद्यार्थी विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मुल्यांकन तथा नतिजा प्रकाशन एवं प्रमाणीकरण कार्यविधिले यस्तो बन्देज लगाएको हो । यो वर्षदेखि कक्षा ११ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनको अधिकार सरकारले सम्बन्धित विद्यालयलाई नै दिएको छ । परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न सहज होस् भनी राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि तयार पारेको हो । कार्यविधिले परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन तथा नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्दा अपनाउनुपर्ने प्रक्रियासमेत व्याख्या गरेको छ । आजको अन्नपूर्ण…

Read More