
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ साउन । सहज रूपमा मल आपूर्ति गर्न सरकारले रासायनिक मल अनुदानमा बर्सेनि बजेट बढाउँदै गए पनि किसानले अत्यावश्यक समयमा मल पाउन सकेका छैनन् । बर्खे धानबालीको यो समयमा किसानले रासायनिक मलको चरम अभाव झेल्दै आएका छन् । यसले सरकारप्रति किसानको विश्वास घटाएको छ । मलको अभावमा उब्जनीमा प्रभाव पर्ने चिन्ता किसानलाई अहिलेदेखि नै पर्न थालेको छ । विगत ६ वर्षको तथ्यांकलाई हेर्ने हो भने सरकारले २ गुणाले बजेट वृद्धि गरेको छ । तर, किसानले सहज रूपमा रासायनिक मल पाएका छैनन् । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, १९ साउन । उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ । पर्याप्त क्रेडिट सुविधा हुँदा पनि १४ घण्टासम्म मोबाइलको बाह्य कल सेवा अवरुद्ध भएको एक मुद्दामा उच्च अदालतले १५ हजार क्षतिपूर्ति भराउन फैसला गरेको छ । यसअघि हवाई सेवा प्रदायकले समयमा उडान नगर्दा यात्रुमा पुगेको क्षति सेवा प्रदायकबाट भराउने गरी सर्वोच्च अदालतले स्थापित गरेको नजिरअनुसार उच्च अदालतले उक्त फैसला गरेको हो । यती एयरलाइन्सविरुद्ध स्थापित उक्त नजिरलाई आधार मानेर फैसला भएको हो । न्यायाधीशद्वय ठाकुरप्रसाद शर्मा पौडेल र नातिबाबु लामिछानेको संयुक्त इजलासले प्राविधिक कारणले सेवा रोकिए…
झापा, १९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख…
काठमाडौं, १९ साउन । राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो रु यसको उत्तर भने कोहीसँग छैन। कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता बुझ्नै गाह्रो छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ६ दिन सम्पर्कविहीन भए। त्यो संवादहीनता तोड्दै आइतबार तीन घण्टा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा दुवैले पहिलाभन्दा वरिष्ठतम् सहयोगी पनि राखे। अर्थात्, ओलीले सुवास नेम्बाङ र दाहालले झलनाथ खनाल। छलफल भने ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो। एउटा पदबाट राजीनामा दिनुपर्ने दाहालले जिकिर गरे। त्यसमा कुरै नगर्ने ओलीले अडान कायम राखे। छलफलपछि ब्रिफिङ सुनेका एक नेताका अनुसार ओली…
काठमाडौं, १९ साउन । मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् । सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । दैनिक सभा, बैठकसमेत हुने गरेका छन् । होटेल, किराना पसल, सुपरमार्केट, वित्तीय संस्था, बैंकलगायतमा भीड लाग्न थालेको छ । यस्तै, सार्वजनिक सवारी साधनमा पनि भौतिक दूरी कायम गराउन निकै कठिनाइ देखिएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरूको संख्या अभिलेख नगरिँदा कन्ट्याक्ट ट्रेसिङ गर्न अप्ठेरो हुने देखिएको छ । स्वास्थ्य तथा…
झापा, १९ साउन । भारतबाट हजारौं नेपाली स्वदेश आइरहेका बेला स्थानीय तहले सकेसम्म क्वारेन्टाइनमा राखेका थिए। तर, अहिले दैनिक ५ सय जना आइरहेका बेला होम क्वारेन्टाइनमा बस्न भन्दै घर जान दिइएको छ। जसले गर्दा हजारौं नेपाली फर्केको बेलाको तुलनामा अहिले गाउँगाउँमा कोरोना जोखिम बढेको छ। ‘गाउँका स्कुल भदौदेखि सञ्चालन हुने भनिएपछि त्यहाँ राखिएका क्वारेन्टाइन बन्द भए। त्यसपछि होम क्वारेन्टाइन गरिन थालिएको रहेछ’, बैतडीका नरेश सिहले भने, ‘विद्यालयहरूले अब क्वारेन्टाइन बनाउन नदिने भनिरहेका छन।’ बागलुङको बडिगाउँ गाउँपालिका–७ का हीराबहादुर खत्री, उनका छोरा तारा, भतिजा प्रेम र नाति प्रकाशसहित ६ जनाको टोली पनि आइतबारै गौरीफन्टा नाका भएर भित्रियो। तर, उनीहरूले पनि न…
झापा, १९ साउन । नेपालमा कोरोना संक्रमितको उपचारमा पहिलो पटक प्लाज्मा थेरापी विधि अपनाइएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मोरङ विराटनगरका पुरुष संक्रमितको बिहीबार राति प्लाज्मा थेरापी गरिएको हो। ती बिरामीलाई प्लाज्मा दान दिने व्यक्ति पनि पुरुष नै छन्। संक्रमित र दाता दुवैको परिचय अस्पतालले गोप्य राखेको छ। प्लाज्मा थेरापीपछि बिरामीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अस्पतालको कोभिड व्यवस्थापन समिति संयोजक डा। सन्तकुमार दासका अनुसार ती व्यक्ति गम्भीर अवस्थामा अस्पताल आएका हुन्। झन्डै ६० वर्षीय व्यक्ति साउन १० गते अस्पतालमा भर्ना भएका थिए। भर्ना हुँदा निमोनियाको समस्या पनि थियो। कोरोना संक्रमणपछि उनी सिकिस्त अवस्थामा पुगेको चिकित्सकले जनाएका…
झापा, १९ साउन । सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै शैक्षिक तथ्याङ्क भराउने गरी विद्यालय खोल्ने गृहकार्यमा जुटेको सरकारले शैक्षिक सत्रलाई व्यवस्थापन गर्दै नयाँ क्यालेन्डर बनाउने तयारी अघि बढाएको हो । २०७७ सालको शैक्षिक सत्रको चार महिना प्रत्यक्ष कक्षाको पठनपाठनबिना नै सकिएको छ । अब बाँकी आठ महिनाको अवधिलाई सदुपयोग गर्दै शैक्षिक सत्र मिलाउने भन्नेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित कार्यदलले काम अगाडि बढाएको हो । कार्यदलका सदस्य तथा अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले शैक्षिक सत्रलाई…
कुवेत सिटी, १८ साउन । खाडी मुलुक कुवेतले नेपाल, भारत र चीनसमेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरुलाई एक पत्र लेख्दै सरकारको उक्त आदेश पालना गर्न आग्रह गरेका छन् । कुवेत सरकारले सार्वजनिक गरेको पछिल्लो सूचीमा समावेश मुलुकहरुमा नेपाल सहित भारत, इरान, चीन, ब्राजिल, कोलम्बिया, आर्मेनिया, बंगलादेश, फिलिपिन्स, सिरिया, स्पेन, सिंगापुर, बोस्निया हर्जगोभिना, श्रीलंका, इराक, मेक्सिको, इन्डोनेशिया, चिली, पाकिस्तान, इजिप्ट, लेबनान, हङकङ, इटाली, मोल्डोभा, पनामा, बेरुत समेतका छन् । कुवेतले व्यावसायिक उडानहरु आंशिक खुला गरिएकै दिन नयाँ प्रतिबन्धहरु घोषणा गरेको खालिज टाइम्सले बताएको छ ।समाचार अनुसार कुवेत…
झापा, १८ साउन । आइतबार नेपालमा थप २ सय ४६ जनामा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै ३१ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । जसमा १४ हजार ६ सय ३ जना डिस्चार्ज भएका छन् । आइतबार मात्रै १ सय ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ८ सय ५८, प्रदेश नम्बर २ मा ३ हजार १ सय ६४, बागमती प्रदेशमा ५ सय ३४ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर…