
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २० साउन । त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको हो । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्ने पूर्वनिर्णयबाट आफूहरू पछि हटेको बताए । अब स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित छन् । सरकारको आग्रहपछि सरकारले चैत ७ गते परीक्षा स्थगित गर्ने निर्णय…
झापा, २० साउन । सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सहित स्वास्थ्यका विज्ञसँग मंगलबार ९आज० प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्था र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दै छन् । सिएमसीका एक सदस्यका अनुसार सिसिएमसी बैठकमा संक्रमण बढ्दै गएपछिको वर्तमान अवस्थामा अति आवश्यक क्षेत्र बाहेकलाई बन्द गरेर निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर लागू गर्ने विषयमा छलफल भइरहेको छ । ‘संक्रमणको अवस्था बढ्दो क्रममा छ, समितिको बैठकमा अब अति आवश्यक बाहेकका क्षेत्रलाई बन्द…
झापा, २० साउन । संघीय राजधानी काठमाडौंंसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै छन्। समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न मंगलबार छलफल गर्न लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार २० भन्दा बढी विज्ञसँग छलफल गर्ने तय भएको छ। विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ। लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए। त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो। ‘अहिलेको अवस्था हेर्दा सरकारले केही न केही त उपाय अपनाउनै…
झापा, २० साउन । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ। वैशाख २० गतेसम्म संक्रमितको संख्या ५९ मा सीमित थियो। जेठ १९ मा कुल संक्रमित १ हजार ८ सय ११ जना थिए। त्यसपछि हालसम्म झन्डै १९ हजार संक्रमित थपिएका छन्। जेठ १९ मा मात्रै २ सय ३७ जनामा संक्रमण फेला परेको थियो। असार १९ मा एकै दिन ४ सय ७० जनामा संक्रमण देखियो। त्यसको ठीक एक महिनापछि सोमबार ४ सय…
सिमकोट, २० साउन । उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ । सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको चौकीले एक महिनामा सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको हो । चौकी स्थापना भएको छोटो अवधिमा तिब्बततर्फ मरुभूमि खण्डमा सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न गर्न टोली सफल भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । गत असार ६ गते हुम्लाको हिल्सामा सीमा सुरक्षा चौकी स्थापना भएको थियो । चौकी स्थापना भएदेखि दैनिक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पहिलो पटक सीमामा गस्ती सुरु गरेको…
झापा, १९ साउन । सोमवार थप ४१८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५०पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनले नेपालमा कोरोना संक्रमण यसैगरी थपिए पुनः लकडाउन हुने सम्भावना रहेको बताए । उनका अनुसार हाल आईसोलेशनमा ५ हजार ७३२ जना रहेका छन् । त्यसैगरी क्वारेन्टाइनमा १० हजार ४५२ जना रहेका छन्…
बिर्तामोड, १९ साउन । झापाको बिर्तामोडस्थित जन समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको आज सम्पन्न सातौँ वार्षिक साधारणसभा देवेन्द्र केसी काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा विपिन मैनाली, सचिवमा सन्तोष बस्नेत, सहसचिवमा मुना प्रसाद खतिवडा र कोषाध्यक्षमा फडिन्द्र भट्ट चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा डा. गीता शर्मा चापागाईं, नविन कडरिया, तिलक निरौला, गोविन्द निरौला, दिनेश शर्मा, मेनुका चैलागाई चयन भएका छन् । साधारणसभामा राधाश्याम तिवारी (राजेश) को संयोजक तथा रजत गुरागाईं र बालकृष्ण भट्टराई सदस्य रहेको लेखा समिति गठन गरिएको छ । संस्थाको चार सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको…
झापा, १९ साउन । कोरोनाको माहामारी समुदायमा पनि देखिन थाले पछि विभिन्न संघ सस्थाहरुले सहयोगी कार्यहरु गर्न थालेका छन । सोही क्रममा रोटरी क्लब अफ भद्रपुरले आज भद्रपुरस्थित चन्द्रगढी बजारमा निःशुल्क मास्क वितरण गरेको छ । बढी भिडभाड हुने स्थान विरेन्द्र मावि अगाडिदेखि हाट बजार लाग्ने भित्रि भागमा १३ सय मास्क वितरण गरिएको रोटरी क्लब अफ भद्रपुरका प्रेसिडेन्ट आदित्य पराजुलीले जानकारी दिनुभयो । रोट्रयाक क्लब र इन्ट्रयाक क्लब अफ भद्रपुरको सहयोगको मास्क वितरण गरिएको भाइस प्रेसिडेन्ट डा. नवराज कोइरालाले बताउनुभयो ।
बिर्तामोड, १८ साउन । झापाको दक्षिणी सिमावर्ती गाउँपालिका झापाबाट आइतबार तीन लाख रुपैयाँको कपडा प्रहरीले बरामद गरेको छ । भारतबाट झापा–१ लसुनाबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको आठ बोरा कपडा प्रहरी चौकी डाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । बरामद कपडा आवश्यक कारबाहीका लागि भन्सारमा बुझाउने तयारी भइरहेको छ ।
काठमाडौं, १९ साउन । विराटनगर, वीरगन्ज, राजविराजलगायत स्थानमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकमा विभिन्न रुपमा पुनः लकडाउन गर्न थालिएको छ । यससँगै एक सय २० दिन लकडाउन भोगेको देशबासीबीच फेरि लकडाउन हुने चर्चा सुरु भएको छ । साउन १५ मा बसेको कोरोना निर्देशक समितिको बैठकमा पनि कोरोना बढ्दै गए नयाँ निर्णय गर्ने विषयमा छलफल भएको बताइएको छ । लकडाउन खुलेसँगै देशभरि आवतजावत गर्नेको संख्या र संक्रमितको दर पनि बढेको देखिन्छ । सबैभन्दा बढी जनघनत्व भएको काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको विषयमा सीसीएमसी सचिबालय र उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिमा छलफल भइरहेको छ । ‘केही दिनलाई परीक्षण दायरा…