झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

द्रोण अधिकारीभद्रपुर, १४ साउन । झापाको साविक महेशपुर–६ हाल भद्रपुर–६ मोतियावारीमा २० वर्षयता माटाको मूर्ति बनाएर जीवन गुजारा गर्दै आएका कलाकार विष्णु राजवंशी लगनशील र मेहनती युवा हुन् । अभिषेक मूर्ति उद्योगका नाममा चर्चित उनको पेशा मेचीदेखि महाकालीसम्म चर्चा कमाएर फैलिएको छ । पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जगाउन कला र संस्कृति संरक्षणमा जुटेका छन् । हिन्दु परम्पराका विशेष गरी दशैं, तिहार, छठ, सरस्वती पूजा, विश्वकर्म पूजा, देवि पूजाका लागि मूर्ति निर्माणमा सकृय राजवंशी विभिन्न जातीय संस्कार संस्कृतिका झलक दिने मूर्ति वनाउन व्यस्त रहने गर्दछन् । उनी पिताको पेशालाई निरन्तरता दिने दोस्रो पुस्ताका मूर्तिकार हुन । उनको मूर्तिकला…

Read More

झापा, १४ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छन् । संक्रमितमा काठमाडौंका १४ र भक्तपुरका १ जना समेत रहेका छन् । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका १४ सहित थप २१० जनामा संक्रमण पुष्टि भएको बताए । पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने कूल संक्रमण निको हुनेको संख्या १४ हजार २१ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७…

Read More

मोरङ, १४ साउन । मोरङको बिराटनगर महानगरपालिका–२ बरगाछी चोकबाट नियन्त्रीत लागुऔषध एन्फाटामाईन (आईस) सहित १ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा मंगलबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को ३७ प ८३१६ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका(८ का ४२ बर्षीय राम प्रसाद पोखरेललाई २२२ ग्राम १५० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका पोखरेलको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा निजको घरमा समेत रहेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुले संगै निजको घरमा नियमानुसार खानतलासी गर्दा थप ३०८ ग्राम ७८ मिलिग्राम एन्फाटामाईन (आईस) बरामद भएको थियो ।…

Read More

झापा, १४ साउन । झापा भद्रपुर निवासी ज्ञानु घिमिरेले संस्कृत भाषाको गीत सार्वनिक गर्नुभएको छ । दिपक वज्रचार्यले गाउनुभएको गीत मायाको डोरीलेलार्इ संस्कृत भाषामा आफ्नो स्वर दिनुभएको हो । विभिन्न भाषाका गीतहरु सार्वजनिक भए पनि संस्कृत भाषामा अनुवाद गरेर गाएको यो पहिलो गित रहेको गायक घिमिरेको दाबी छ । नेपाली चर्चित गीतहरुलाइ संस्कृत भाषामा अनुवाद गरी संस्कृत भाषालार्इ संरक्षण गर्ने उद्दश्य स्वरुप आफूले उक्त गीत गाएको घिमिरेले बताउनुभयो ।

Read More

भर्सटायल अभिनेताको रुपमा चिनिने आयुष्मान खुरानालाई गएको केही वर्षयता हिट मेशिन भन्ने गरिएको छ । फरक धारका फिल्म गर्न रुचाउने उनका एकपछि अर्को फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेका छन् । उनी आफूलाई अनावश्यक दबावमा राखेर नयाँ चीजहरूको खोजी गर्न मनपराउने बताउँछन् । उनी फिल्ममा निर्वाह गर्ने चरित्रलाई घर लिएर जान पनि रुचाउँदैनन् । फिल्ममा निर्वाह गरेको चरित्र काम गरेपछि उनीसँगै रहन्छ रु एक अन्तर्वार्तामा सोधिएको प्रश्नमा आयुष्मानले भनेका छन्, ‘मलाई स्विच अन र स्विच अफ गर्न सजिलै आउँछ । म फिल्ममा निभाएको चरित्र कहिल्यै घर लिएर जान रुचाउँदिनँ । म एक पद्धतिमा चल्ने अभिनेता होइन । म सजिलैसँग स्विच अन(अफ…

Read More

बिर्तामोड, १४ साउन । झापाको बुद्धशान्तिमा खोलाले बगाएर एक बालकाको मृत्यु भएको छ । मंगलबार बिहान बुद्धशान्ति–३ पिपलबोटेका महेश राईको छोरा वर्ष ३.५ का मौषम राई घर बाहिर खेल्ने क्रममा घर नजिकै रहेको हडिया खोलाले अचानक बगाएको अवस्थामा स्थानियले देखि तत्काल उद्धार गरी उपचारको लागि स्थानिय लिभिङ होप पोलिक्लिनिक बुधबारेमा लगि उपचार भईरहेकोमा उपचारको क्रममा बालकको मृत्यु भएको हो । घटनाको सम्बन्धमा इप्रका धुलाबारीबाट कानूनी प्रक्रियाको लागि प्रहरी निरिक्षक सहितको टोली उक्त स्थानमा खटी घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

काठमाडौं, १४ साउन । श्रमिकले कोरोना संक्रमणका कारण पूर्ण लकडाउन भएको चैतमा पूरै र वैशाख तथा जेठ महिनामा आधा तलब पाउने गरी श्रमिक संगठन र रोजगारदाताबीच सहमति भएको छ । लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानीलगायतका विषयमा नेपाल सरकारसमक्ष सिफारिस गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघलगायतका रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आबद्व ट्रेड युनियन महासंघहरूबीच मंगलबार द्विपक्षीय सहमति भएको हो । यसअघि रोजगारदाताले श्रमिकलाई चैत र वैशाख महिनाको तलब साबिकबमोजिम पूरै दिनुपर्ने निर्णय सरकारले गरेको थियो । तर, रोजगारदाताले भने सरकारको निर्णयअनुसार तलब दिन नसक्ने भन्दै निर्णय कार्यान्वयन नगर्ने…

Read More

झापा, १४ साउन । अब मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिमकार्ड किन्दा २ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ मा संसदमा प्रस्तु्त गरेको आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिमकार्ड र रिचार्ड कार्डमा २ प्रतिशत मोबाइल स्वामित्व शुल्क लिने ब्यवस्था थियो । नयाँ आर्थिक बर्ष शुरु हुने दिन साउन १ गते देखि टेलिकम सेवा प्रदायकले यसको कार्यान्वयन सुरु गरेका हुन । नयाँ आर्थिक बर्षदेखि कर बढेको जानकारी दिनेगरी नेपाल टेलिकमले आफ्ना सबै ग्राहकलाई एसएमएस गरेपछि सामाजिक संजालमा यसको विरोध भइरहेको छ । दुई बर्षअघिको बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत कर बढाएको भनी आलोचित…

Read More

काठमाडौं, १४ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को विवाद पेचिलो बन्दै गइरहेका बेला उपाध्यक्ष वामदेव गौतमले पार्टी जोगाउने गरी ६ बुँदे प्रस्ताव अघि सारेका छन् । उपाध्यक्ष गौतमले विगतमा पार्टी फुटको पीडा राम्रैसँग बेहोरेकाले त्यस्तो स्थिति आउन नदिन र पार्टीलाई मजबुत बनाउने उद्देश्यले यस्तो प्रस्ताव अघि सारेका हुन् । गौतमले ल्याएको सो प्रस्तावलाई नेकपाका शुभेच्छुकहरूले पार्टी जोगाउने ‘सुपरग्लु’का रूपमा लिएका छन् । सो प्रस्तावले पार्टीलाई टुटफुटबाट जोगाउने भन्दै कार्यान्वयनमा ल्याउनुपर्ने माग आमकार्यकर्ताको छ । गौतमले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार सो प्रस्ताव बुझाएका छन् । शीर्ष नेताहरूका अडानका कारण पार्टी…

Read More

झापा, १४ साउन । बालुवाटार बोलाएरै प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी सहयोग मागेपछि सभामुख अग्नी सापकोटाले सोचेछन्, सभामुखले प्रधानमन्त्रीलाई असहयोग गर्ने कुरै आएन । अनि, जवाफ दिए, ‘तपाईं प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि हो । मैले तपाईंलाई सहयोग नगरे कसलाई गर्ने ?’ यसपछि प्रधानमन्त्रीले भने, ‘उसोभए संसदमा टेबुल भइसकेको कुरा किन अघि बढेन त… ?’ बल्ल अग्नीले कुरा बुझे, एमसिसीको । ‘पार्टीले कार्यदल बनाएको छ । त्यसको सुझाव पनि हेर्नुप¥यो । तपाईं या म, हामी कोही पनि पार्टीभन्दा माथि छैनौँ । त्यसैले पार्टीबाट एउटा निचोड आओस्, म अगाडि बढाउँछु’, अग्नीले भने । यसपछि अग्नीका आफ्ना गुनासा शुरु भए, ‘सोधेर संसद स्थगन…

Read More