झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २२ साउन । अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले ‘अमेरिकी नियामक निकायले कोरोना भाइरसको भ्याक्सिनका लागि वैज्ञानिकलाई कुनै राजनीतिक दबाब नदिइने कुरामा आश्वस्त पारेको’ जानकारी दिएका छन् । अमेरिकामा यसैवर्ष नोेभेम्बरमा राष्ट्रपति चुनाव छ र राष्ट्रपति ट्रम्पको चाहना चुनाव अघि नै कुनै प्रभावकारी भ्याक्सिन आओस् भन्ने रहेको बताइन्छ । फाउचीले समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तरवार्तामा भने, ‘भ्याक्सिनका लागि कुनै दबाब नदिइने भनेर हामीलाई आश्वस्त पारिएको छ । त्यसका लागि हामीमाथि कुनै राजनीतिक हस्तक्षेप हुनेछैन । भ्याक्सिनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको सुरक्षा र प्रभावकारी मानक हो, राजनीतिक दबाब होइन भनेर हामीलाई बताइएको छ ।’ ३ नोभेम्बरमा हुने राष्ट्रपति…

Read More

अर्जुनधारा, २२ साउन । नेपाल विद्याथी संघ अर्जुनधारा नगर समितिको पहलमा नगरका विपन्न परिवारका लागि रोग प्रतिरोधात्मक औषधी वितरण गरिएको छ । नगरका ७, ९, ११ वडाका ५०० विपन्न परिवारका लागि रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गने औषधि वितरण गरिएको नगर संयोजक दिपेन धिमालले बताए । सो प्रतिरोधात्मक क्षमता अभिबृदि गने औषधि मारवाडी समाजले निःशुल्क उपलब्ध गराएको धिमालले जानकारी दिए । आगामी केही दिनमै नगरका ११ वटै वडामा सो औषधी वितरण गरिने जनाइएको छ।

Read More

झापा, २२ साउन । प्रदेश १ मा ९० वर्षीया वृद्धासहित ५७ जनाले बुधबार कोरोना भाइरस जितेर घरफर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरबाट २१ जना सङ्क्रमण निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ । निको भई घर फर्कने पूर्वसङ्क्रमितहरुमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका छ–छ, धनकुटा, उदयपुर र ते¥हथुमका एक–एक जना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ८८७ पुगेको छ । सामाजिक विकामन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डा.चुमनलाल दास र स्वास्थ्य केन्द्र विराटनगरका प्रमुख ज्ञानबहादुर बस्नेतले विराटनगर केन्द्रबाट आज निको भई घरफर्कनेहरुलाई बिदाइ…

Read More

झापा, २२ साउन । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम गर्दै आएको देश जापान फर्कन सकेनन् । त्यस्तै, अर्का युवा केदार कार्कीलाई पनि आफू काम गर्दैै आएको मुलुक जापान फर्कन मन छ । उनले जापान फर्कन धेरै प्रयास गरे । तर, कोरोना भाइरस ९कोभिड–१९० महामारीबाट सिर्जित समस्याका कारण खतिवडा र कार्की दुवै कार्यक्षेत्रमा फर्कन सकेनन् । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्दा उनीहरू समयमै आफ्नो कार्यथलो मुलुक जान नपाएका हुन् । त्यसो त अहिले लामो समयदेखि धेरै देशमा अन्तर्राष्ट्रिय उडान हुन सकेका…

Read More

काठमाडौँ, २२ साउन । बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ । बन्दाबन्दी खुलेपश्चात् काठमाडौं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ । बुधबार मात्र काठमाडौँं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६२ सहित देशभर ३८१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । उपत्यकामा अझ खतरामन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँका ५७ जना र ललितपुरका पाँच जना गरी कुल ६२ जनामा सङ्क्रमण भएको जानकारी दिए । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा काठमाडौंँका…

Read More

काठमाडौं, २२ साउन । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको ४ महीना लामो बन्दाबन्दीको अवधिमा मुलुकका अधिकांश उद्योगरव्यवसाय नराम्ररी प्रभावित भएको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’का अनुसार बन्दाबन्दीका कारण उद्योगरव्यवसायले झन्डै एक चौथाइ कर्मचारी÷कामदार कटौती गरेका छन् भने औसतमा १८ दशमलव २ प्रतिशत तलब कटौती गरेका छन् । बन्दाबन्दीमा ४ प्रतिशत उद्योगरव्यवसाय पूर्णरूपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत आंशिक रूपमा तथा ६१ प्रतिशत पूर्णरूपमा बन्द रहेको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ ।शिक्षा, होटेल तथा रेस्टुराँ, रियल इस्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप, यातायात तथा भण्डारण क्षेत्रका अधिकांश उद्योगरव्यवसाय सञ्चालनमा…

Read More

वीरगञ्ज, २२ साउन । कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज देखा परेको छ । विगत केही दिनदेखि प्रदेश २ को बारा, पर्सा, सप्तरी लगायतका जिल्लामा दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित व्यक्ति फेला पर्न थालेका छन् । बुधबार पर्सामा दुई जनाको मृत्यु हुनुका साथै ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिए । यीमध्ये अधिकांश वीरगञ्जका छन् । योसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या ७३० पुगेको छ भने सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । यस्तै बारामा १७ र महोत्तरीमा १४ जना सङ्क्रमित थपिएका छन् । बढ्दो सङ्क्रमण र समुदाय स्तरमै सङ्क्रमण देखिन थालेपछि वीरगञ्ज महानगर लगायत धेरै स्थानीय तहले निषेधाज्ञा जारी गरेका छन् । महोत्तरी…

Read More

झापा, २२ साउन । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ । बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले निर्देशिकाअनुसार बजेट छुट्याइएको र परराष्ट्र मन्त्रालयमार्फत दूतावासले पठाउने विवरणका आधार बोर्डले कोषको रकम दूतावासमा निकासा गरिने जानकारी दिए । विदेशमा रहेका नेपाली दूतावासले कोरोनाका कारण समस्यामा परेका नेपाली श्रमिकलाई यथार्थ विवरणसहित आवेदन लिन सुरु गरेकाले अर्को सातादेखि रकम माग आउने पनि उनले जानकारी…

Read More

मोरङ, २१ साउन । मोरङमा कोरोना पुष्टि भएका थप दुई जनाको मृत्यु भएको छ। विराटनगर महानगर–९ का ४५ वर्षीय पुरुषको कोशी अस्पतालमा उपचारको क्रममा र रंगेलीका ४५ वर्षीय पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको कोशी अस्पतालका निर्देशक चुमनलाल दासले जानकारी दिए। विराटनगरका पुरुष मंगलबार अस्पताल भर्ना भएका थिए उनको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । दुवैजनाको मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ आएको निर्देशक दासको भनाइ छ। यसअघि विराटनगर ९ का पुरुषको पनि अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोमा उनको पनि रिपोर्ट पोजेटिभ आएको थियो। यसअघि गत सोमबार विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोरोनाकै…

Read More

बिर्तामोड, २१ साउन । सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड १० का २८ वर्षीय युवराज राजवंशी पक्राउ परेका हुन् । सवारी ज्यान मुद्दामा झापा जिल्ला अदालतले उनलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । पुनरावेदन गरेका राजवंशीको मुद्दामा उच्च अदालतले जिल्ला अदालतकै मुद्दालाई सदर गरेको थियो । २०७४ बैशाख १२ मा भएको फैसलापछि राजवंशी फरार रहँदै आएका थिए । उनलाई बुधबार विर्तामोड–१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउपछि राजवंशीलाई जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले सजाय भुक्तान हुने गरी कारागार चलान गरेको झापा…

Read More