
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ साउन । प्रदेश नं १ मा आज २३ जनामा सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १९, झापामा दुई, पाँचथर र धनकुटामा एक÷एक जनामा सङक्रमण देखिएको छ । यसरी सङ्क्रमण देखिएकामा विराटनगरका पाँच महिलासहित सात, रतुवामाईका १२, झापाको बाह्रदशीका दुई, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीका एक÷एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९४५ पुगेको छ भने निको भै घर फर्कने ७४७ रहेका छन् । प्रदेशमा आज ५१८ को पिसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म ४० हजार १८ को पिसीआर परीक्षण सम्पन्न भैसकेको मन्त्रालयले जनाएको छ । रासस
झापा, १२ साउन । पर्याप्त तयारी नपुगेको गुनासो गरिए पनि सरकारले यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने भएको छ । सरकारले नेपालको संविधान, सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पनानुकूल ‘विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप, २०७६’ पारित गरी नयाँ पाठ्यक्रम लागू गर्न लागेको हो । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षा यसै साता प्रकाशन हुने र कोरोना महामारीका कारण रोकिएका शिक्षालयमा आगामी भदौदेखि भर्ना लिइने जनाइए पनि कक्षा ११ को नयाँ पाठ्यक्रम मुद्रित नभएको स्थितिमा सरोकारवालाबीच अन्यौले देखिएका बेला पाठ्यक्रम विकास केन्द्रले यसै वर्षदेखि सो पाठ्यक्रम कार्यान्वयनका लागि तयारी पूरा भएको स्पष्ट गरेको छ । समाजवादोन्मुख…
लक्ष्मीपुर, १२ साउन । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले सचेतना सप्ताह शुरु गरेको छ । संस्थाले विभिन्न ७ वटा विधामा साउन १२ गते शुरु गरेको सचेतना १८ गतेसम्म सञ्चालन गरिने सहारा नेपाल साकोस लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले जानकारी दिए । सहारा साकोस लक्ष्मीपुर सेवा केन्द्रद्धारा आयोजना हुने सचेतना कार्यक्रम लघुवित्त महिला सदस्यहरु माझ सञ्चालन गरिने प्रमुख भारतीले बताए । सचेतना कार्यक्रम अन्र्तगत स्वास्थ्य सचेतना, प्राकृतिक प्रकोप पूर्व तयारी सचेतना, वित्तिय परामर्श सचेतना, बालबालिका शिक्षा सचेतना, करेसाबारी निर्माण कृषि सचेतना छन् । त्यसैगरी टनेल प्रविधि अर्गानिक कृषि सचेतना र घर बगैचा निर्माण, पशु व्यवस्थापन…
भद्रपुर, १२ साउन । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमती दिने तयारीमा रहेको नगर शिक्षा समितिले विद्यालयको भौतिक पूर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि गरिएकोे तयारी बारे अनुगमनको क्रममा भद्रपुर ७ स्थित एमरल्ड एकाडमीको निरीक्षण गरिएको छ । नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा तत्काल विद्यालय सञ्चालन गर्न आवश्यक पुर्वाधार तयारी पूरा गरे नगरेको स्थलगत अनुगमका तथा निरीक्षण गरिएको हो । अनुगमनका क्रममा कोरोना रोगको भाइरस सर्न नदिने वातावरण निर्माण अन्र्तगत तयारी गरिएको निशेचीकरण उपकरण जडान, त्यसबाट उत्पन्न हुन सक्ने लाभ हानी, प्रयोग गरिने रसायन लगायतको बारेमा प्राविधिक पक्षबाट छलफल समेत…
झापा, १२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ५७२ पुगेको छ । आज सबैभन्दा बढी दैलेखमा २८ सङ्क्रमित फेला परेका छन् । यस्तै सप्तरीमा २१, पर्सामा १८, धनुषा र महोत्तरीमा १०÷१०, बैतडीमा चार, ललितपुर, काठमाडौँ र कास्कीमा तीन÷तीन, पर्सा र सल्यानमा दुई÷दुई तथा सिरहा, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र सुर्खेतमा एक÷एक जनामा सङ्क्रमण देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । यससँगै कोरोना सङ्क्रमण जितेर घर…
नवेश गुरुङझापा, ९ साउन । सन् १९९० को महाभूकम्प पछिको २०७२ बैशाख १२ को भूकम्प बढी शक्तिशाली देखियो । भूकम्पमा परी कैयौँ मानिसको ज्यान गयो । कैयौँले आफन्त गुमाए । कैयौँको घर भूकम्पले लडायो । कैयौँ मानिस खुला अकाशमुनि रहन बाध्य भए । देशका राजधानी काठमाडौँका अधिकांश ऐतिहासिक धरोहर लडेर ध्वस्त भए । राजधानीको केन्द्रमै रहेको राणाकालीन नौ तले धरहरा भूकम्पले सकेन्डमै ध्वस्त बनाइदियो । भूकम्पले देशका मध्यपश्चिम भू–भागमा बढी क्षति पु¥यायो । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको ज्यान गएको थियोे भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए ।…
नयाँदिल्ली, १२ साउन । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ । तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने नौ लाख १७ हजार ५६८ जना सङ्क्रणमुक्त भइसकेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७०८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन् ।…
सुरुङ्गा, १२ साउन । झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा कोभिड–१९ को परीक्षणका लागि स्थापना गरिएको पिसिआर मेशिन खरिदका लागि अन्तरराष्ट्रिय झापाली समाजले रु २५ लाख सहयोग गरेको छ । झापामा दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जनस्तरबाट कोरोना परीक्षण प्रयोगशाला स्थापनाको पहल थालिएको थियो । जसका लागि झापामा ‘एकका लागि एक’ अभियान सञ्चालन गरिएको थियो । अभियानसँग साझेदारी गर्दै अन्तरराष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले आज बिर्तामोडमा आयोजित कार्यक्रमबीच समाजले पठाएको रु २५ लाखको चेक अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई हस्तान्तरण गर्नुभयो । यसअघि झापामा सञ्चालित सहकारीहरुले समेत ल्याब स्थापनाका लागि रु २५ लाख अभियानलाई प्रदान…
झापा, १२ साउन । समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ शुरु गरिएको छ । मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ शुरु गरेको हो । पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिनुभयो । गत शुक्रबार काँकडभिट्टामा कार्यरत २० जना सशस्त्र प्रहरीमा कोभिड–१९ को सङ्कमण पुष्टि भएपछि मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशङ्का व्याप्त छ । आइतबार पहिलो चरणमा सशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म काँकडभिट्टाका ३२ जना र स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटल व्ययसायी, पत्रकार र सर्वसाधारण गरी ८५ जनाको स्वाब…
झापा, १२ साउन । प्रदेश नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयले जबरजस्त कक्षा सञ्चालन गरेको पाइएपछि गाउँपालिकाले बन्द गराएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले समुदायमा आधारित रहेर सिकाइ केन्द्रमार्फत वैकिल्पक सिकाइ सहजीकरण गर्नुपर्नेमा विद्यालय नै खोलेर कक्षा सञ्चालन गर्न शुरु गरेपछि बन्द गराइएको अध्यक्ष अञ्जार आलमले बताउनुभयो । “लकडाउन खुले पनि कोडिभ–१९ को जोखिम झन बढेर गइरहेको छ, यस्तो बेलामा विद्यालय खोली पठनपाठन गर्ने कुरै आउँदैन”, उहाँले भन्नुभयो, “विद्यालयले आफ्नो क्षेत्रमा सिकाइ केन्द्र स्थापना गरी थोरै सङ्ख्यामा वैकल्पिक सिकाइमा सहजीकरण गर्नुपर्छ ।” गाउँपालिकाको शिक्षा शाखाले केही दिन अघि गरेको अनुगमनका क्रममा वडा…