
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० साउन । विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सङ्क्रमितमध्ये हालसम्म ९७ लाख ५४ हजार २५३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५५ लाख ५८ हजार ५९४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका…
झापा, १० साउन । नेपालमा कोरोना संक्रमित भएकामध्ये ७०।६ प्रतिशत निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुल १८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए । उनले पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए । मन्त्रालयका देशका विभिन्न अस्पतालमा ४ हजार ७५ पीसीआर परीक्षणमा १ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको हो । शनिबार देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३…
झापा, १० साउन । कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता अपनाउँदै जनशक्ति घटाउने निर्णय गरेका छन् । कोभिड–१९ का कारण आर्थिक गतिविधि ठप्प भएको र आम्दानीको स्रोत पनि गुमेको भन्दै मन्त्रालय मातहतका आधिकांश कार्यालयले आर्थिक मितव्ययीता अपनाउनेदेखि धमाधम कर्मचारी कटौती गरिरहेका हुन् । मन्त्रालयले चालू आवको बजेटसम्बन्धी छलफलमा कोभिडका कारण मन्त्रालयमा हुने अतिरिक्त खर्च कटौती गरिने र विभिन्न शीर्षकमा हुने खर्च व्यवस्थापन र आर्थिक मितव्ययीता अपनाइने जनाइएको थियो । पर्यटन मन्त्रालयले पनि फर्निचर, सवारीसाधन खरिद तथा मर्मतजस्ता अतिरिक्त खर्च रोक्ने र राष्ट्रिय महत्वका योजना कार्यक्रमलाई मात्रै प्राथमिकता दिने…
सन्तोष शर्माबनियानी, १० साउन । सुन्दर भविष्यको सपना बोकेर चार वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुग्नु भएका झापा शिवसताक्षी–७ का ४३ वर्षीय नरबहादुर राई अपाङ्ग शरीर लिएर स्वदेश फर्किनु भएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने क्रममा राई केही दिनअघि मात्र स्वदेश फर्किनु भएको हो । मलेसियाबाट काठमाडौँ हुँदै झापा आइपुग्नु भएका राई अहिले घरमै हुनुहुन्छ । राईको शरीरको दाहिने पातो चल्दैन भने बोलीसमेत आउँदैन । नरबहादुर मलेसियामा कम्पनीमै काम गर्ने क्रममा चार महिना अघि दुर्घटनामा परेको परिवारले जनाएको छ । काठ र जस्ताले छाएको सानो दुई तले टाँडे घरको भुइँतलमा नरबहादुरलाई…
बिर्तामोड, १० साउन । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न एकका लागि एक अभियानलाई कसैले अवरोध पुर्याउन नसक्ने बताएका छन् । शुक्रबार साँझ अन्तर्राष्ट्रिय झापाली समाजले आयोजना गरेको भच्र्युअल बैठकमा मन्त्री कार्कीले कहीँकतैबाट अवरोध आए त्यसलाई हटाउन आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । अभियानले कनकाईको कोटिहोमस्थित समर्पण भवनमा ल्याब स्थापना गरेर सरकारलाई हस्तान्तरण गर्ने यसअघि नै बताएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइको नाममा झापामा मेची अस्पताललाई मात्र ल्याब सञ्चालनको स्वीकृति दिने पत्र आएको बताइएको छ । मन्त्री कार्कीले ल्याबको…
झापा, १० साउन । झापाको मेचीनगर–२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यको हत्या आरोपमा संलग्न एक युवा पक्राउ परेका छन् । आचार्यमाथि उहाँकै पसलमा शुक्रबार धारिलो हतियार प्रहार भएको थियो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार शुक्रबार अपराह्न ४ बजेतिर भारी वर्षा भइरहेको अवस्थामा पसलमा बसिरहेका आचार्यमाथि धारिलो हतियार (दाउ) प्रहार गरी अभियुक्त भागेका थिए । आक्रमणमा गम्भीर घाइते हुनुभएका आचार्यलाई विर्तामोडको बिएन्डसी हस्पिटल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । घटना भएको सूचना पाएलगत्तै प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको पोखरेलले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
भद्रपुर, १० साउन । प्रदेश नं १ सरकारले मेची अञ्चल अस्पताललाई उपलब्ध गराएको कोभिड–१९ परीक्षण गर्ने अत्याधुनिक पिसिआर मेसिन झापामा आइपुगेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले आजदेखि मेसिनको जडान शुरु हुने र छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको बताउनुभयो । स्वीस सरकारबाट प्रदेश सरकारलाई प्राप्त भएको सो मेसिन मेची अञ्चल अस्पतालभित्र प्रयोगशालामा राखिने अस्पताल विकास समितिका अध्यक्षसमेत रहनुभएका पोर्तेलले जानकारी दिनुभयो । मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र झापाका प्रदेश सांसदको उपस्थितिमा स्वीस सरकारका प्रतिनिधि अमन गोन्छेले सो मेसिन शुक्रबार विराटनगरमा एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभएको थियो । झापामा कोभिड–१९ को…
प्रकाश सिलवालकाठमाडौँ, १० साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ । परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८० प्रतिशत, डिप्लोमा र प्रमाणापत्र तहका लागि करिब ६० प्रतिशत भार प्रदान गरिए पनि परीक्षा सञ्चालन गर्दा सैद्धान्तिक विषयलाई महत्व दिइएको पाइएको हो । परिषद्ले प्रयोगात्मक परीक्षा सम्बन्धित शिक्षण संस्थामार्फत सञ्चालन गर्दै आएकाले उक्त परीक्षा औपचारिकता मात्र हुन पुगेको सरकारी कार्यदलको निष्कर्ष छ । प्रयोगात्मक अभ्यासलाई परीक्षामा प्राथमिकता नदिइँदा उत्पादित जनशक्तिले श्रम बजारमा तत्कालै दक्ष काम गर्न कठिनाइ हुन्छ । प्राविधिक शिक्षाविज्ञ प्रा डा राजेन्द्रप्रसाद अधिकारी संयोजकत्वको कार्यदलको प्रतिवेदनले…
झापा, १० साउन । लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् । कोरोना संक्रमितको संख्या १८ हजार नाघे पनि संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ सुस्त गतिमा गरिएकाले जोखिम अत्यधिक बढेको हो । लकडाउन खुकुलो भएपछिको अवधिमा मात्रै संक्रमितको संख्या १२ हजार १ सय ६३ पुगेको छ । पहिलोपटक गत १ असारमा लकडाउन खुकुलो भएको थियो । गत ७ साउनदेखि सरकारले लकडाउन पूर्ण रूपमा हटाएको छ । पछिल्ला दुई दिनमा २ सय ८० जनामा संक्रमण देखिएको छ । लकडाउन खुकुलो हुँदा भौतिक दूरी…
काठमाडौँ, १० साउन । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन आगामी दुई वर्षभित्र तयार हुने भएको छ । भवन तयार भएपछि महँगो भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य हुुनेछ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुक्रबार निर्माणाधीन संसद् भवनको स्थलगत अनुमगन गर्नुहुदै सरकारका महत्त्वपूर्ण कामको नतिजा जनताले देख्ने र महसुस गर्ने बेला भएको बताएका छन् । उनले अबका दिनमा सरकारले भाडामा भवन लिएर संसद् सञ्चालन गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरे । वार्षिक १५ करोड भाडा तिरेर अहिले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् सञ्चालन भइरहेको छ । निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सात प्रतिशत छ । साइट क्लियरेन्सका लागि समय लागेकाले केही ढिलाइ भएको…