झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १० साउन । द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र र निकायले नेपालसँग व्यक्त गरेको सहायता प्रतिबद्धता गत आर्थिक वर्ष २०७६–७७ मा ५६.४ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार गत आवको जेठसम्म सरकारले ऋण तथा अनुदानसमेत गरेर एक खर्ब ९४ अर्ब ४२ करोड रुपियाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । यसमध्ये ऋण सहायता एक खर्ब ७१ अर्ब र अनुदान सहायता २२ अर्ब र ६६ करोड रुपियाँ रहेको छ । प्राप्त प्रतिबद्धतामध्ये ऋणको अंश ८८.३ र अनुदानको अंश ११.७ प्रतिशत छ । सरकारको वित्तीय स्रोतमा राजस्व र विपे्रषणपछि वैदेशिक सहायता तेस्रो स्थानमा छ । खासगरी विकास आयोजनाका लागि…

Read More

पोखरा, १० साउन । चैत ११ गतेदेखि लगाइएको लकडाउन १ सय २० दिन पछि बुधबार रातिबाट हटेको छ। लकडाउन हटेर होटल रेस्टुरेन्ट सञ्चालन गर्न पाउने निणयसँगै पोखराका पर्यटन व्यवसायी लामो समय देखि बन्द व्यवसायलाई पुनः सञ्चालन गर्न तयारीमा जुट्ने बताएका छन्। कोरोना कहरका बीच पर्यटक आइहाल्ने अवस्था नरहे पनि लामो समयदेखि बन्द होटल, रेस्टुरेन्ट सरसफाइ गरेर तयारी अवस्थामा राख्ने गरी अघि बढ्ने पोखराका पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष चीरञ्जीवी पोखरेलले बताए। कोरोनासँग सधैं डराएर चल्न सक्ने अवस्था नरहने भएकाले विश्व स्वास्थ्य संगठनको प्रोटोकललाई फलो गर्दै सुरक्षित रूपमा बिस्तारै होटल रेस्टुरेन्टलाई चलायमान बनाउने तयारीमा पर्यटन व्यवसायी जुट्ने उनले…

Read More

झापा, १० साउन । सरकारले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा गरिबी बढ्ने देखिएको छ। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसकिरहेको, विदेशबाट पनि लाखौं नेपाली स्वदेश फर्किएसँगै बेरोजगार समस्या भयावह देखिन थालेको हो। कोरोना भाइरस (कोभिड १९) ले गत फागुनदेखि वैदेशिक रोजगार ठप्प छ। वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका ४५ हजार कामदार पनि रोकिए। यस अवधिमा भारतबाट करिब ५ लाख फर्किएका छन्। खाडी, मलेसियालगायत अन्य मुलुकबाट पछिल्लो समय ३५ हजार कामदार फर्किएका छन्। रोजगारी गुमाउनेको संख्या उल्लेख्य भए पनि सरकारले त्यस्ता कामदार फिर्ता ल्याउन आनाकानी गरिरहेको छ। सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान नियमित गर्ने भएको छ। अहिले चाहेर पनि…

Read More

झापा, १० साउन । माइधार आँपटारी सडक कालोपत्रे भएको छ । ट्रङ्क रोडको मान्यता पाएपछि शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा सडक कालोपत्रे भएको हो । स्थानीय उपभोक्ताको साझेदारीमा कालोपत्रे भएको सडकको शुक्रवार नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले उद्घाटन गरेका छन् । ४१ लाख ८९ हजार रुपैयाँको लागतमा ३६७ मिटर सडक कालोपत्रे गरिएको निर्माण उपभोक्ता समितिका संयोजक एवम् स्थानीय सामाजिक अगुवा मोहनप्रसाद सुबेदीले बताए । ‘स्थानीय उपभोक्ताको समेत जनसहभागितामा सडक निर्माण भएको छ’, अध्यक्ष सुवेदीले भने, ‘तर उपभोक्ताले सडक निर्माणका लागि एक पैसा पनि तिर्नु परेन ।’ निर्माण उपभोक्ता समितिले बैकल्पिक स्रोत व्यवस्थापन गरी सडक कालोपत्रे गरेको हो । सडक कालोपत्रे गर्न नगरपालिकाले…

Read More

झापा, ९ साउन । झापाको मेचीनगर नगरपालिकामा अज्ञात समुहले खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–२ स्थित भृकुटीका ५० वर्षीय नारायण आचार्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई अज्ञात समुहले खुकुरी प्रहार गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार खुकुरी प्रहारबाट घाइते भएका आचार्यको बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा मृत्यु भएको हो । खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेकोले चाँडै पक्राउ गरिने डीएसपी थापाले जानकारी दिए । आर्चायमाथि के कारणले खुकुरी प्रहार भयो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

बिर्तामोड, ९ साउन । झापामा आज १८ जना सशस्त्र प्रहरीसहित थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मोरङको विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकरभिट्टाका एक महिलासहित १८ जना, बिर्तामोडका एक जना, बाह्रदशीका तीन जना र झापा गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिनुभयो । साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला पठाइएको उहाँले बताउनुभयो । “सबै संक्रमितलाई मोरङ गोठगाउँस्थित कोभिड उपचार केन्द्र र विराटनगरस्थित कोभिड अस्पतालमा उपचारका लागि पठाइएको छ”, उहाँले भन्नुभयो, “संक्रमित सबैको स्वास्थ्य स्थिति…

Read More

भद्रपुर, ९ साउन । शिक्षकहरूको अन्तरास्ट्रिय संगठन इजुकेशनल इन्टरनेशनल (इआइ) ले नेपालमा कार्यरत संस्थागत विद्यालयका शिक्षक कर्मचारीको तत्काल सवै तलव भुक्तानी गर्ने व्यवस्था मिलाउन नेपालका प्रधानमन्त्रीलाई आग्रह गरेको छ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) सदस्य रहेको सो संगठनले विश्व मानव अधिकार समेतको ख्याल गरेर श्रमिकको बाँच्न पाउने अधिकारको रक्षाका लागि दायित्व बोध गर्न नेपालका प्रधानमन्त्रीलाई पत्रलेखी सस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई तत्काल सबै महिनाको तलब भुक्तानीको व्यवस्था गर्न आग्रह गरेको हो । विश्वका १०३ राष्ट्रसम्म विस्तारित भइसकेको इआइले सन्सारभरका विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको हक अधिकार रक्षाका लागि काम गर्दै आएको छ । नेपालमा कार्यरत अधिकाम्स शिक्षक कर्मचारीले गएकै शैक्षिक…

Read More

झापा, ९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ग्रामीण पर्यटनमा विदेशीलाई आकर्षण हुने गरी काम गर्न तारा गाउँ विकास समितिका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । समितिको कार्यालयको आज निरीक्षण गर्दै उहाँले नेपालमा आउने पर्यटकलाई यहाँका कला संस्कृतिसित परिचित हुने गरी आवास गृह र स्तरीय होटल बनाउन निर्देशन दिनुभएको हो । मन्त्री भट्टराईले समितिले सञ्चालन गरेको नगरकोट, पोखरा, ककनी क्षेत्रका होटललाई ग्रामीण पर्यटनको झल्को दिने गरी नमूनाको रुपमा विकास गर्न पनि निर्देशन दिनुभयो । हायात रेजन्सी होटलको जग्गा विवाद चाँडो समाधान गर्न आग्रह गर्दै उहाँले ग्रामीण क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्ने आयोजना सञ्चालन गर्न समितिका अध्यक्ष…

Read More

विराटनगर, ९ साउन । प्रदेश नं १ को चालु छैटौँ बजेट अधिवेशन आजदेखि अन्त्य भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाउनुभएको थियो । चालु अधिवेशन गत जेठ १४ गतेबाट शुरु भएर ३७औँ बैठकसम्मा १० वटा विधेयक सर्वसम्मतिले पारित भएको सभामुख भण्डारीले जानकारी दिँदै बैठक अवधिमा ६२ घण्टा ३० मिनेट समय खर्च भएको र पटक–पटक गरी १५६ सदस्यले सभामा विशेष समय र शून्य समयमा बोल्नुभएको बताउनुभयो । यसअधि प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले ‘प्रदेश नं १…

Read More

झापा, ९ साउन । कोरोना भाइरस कोभिड–१९ बाट आज थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको शुक्रबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १३३ जना संक्रमित थपिएको जानकारी दिएका हुन् । यो संगै नेपालमा संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । त्यसै गरि गत २४ घण्टामा १०७ जना निको भएर डिस्चार्ज भएका छन । यो संगै कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ९४७ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । पर्सा वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको शुक्रबार…

Read More