झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ साउन । सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो । पछिल्ला दिनमा गाउँ गएका व्यक्ति पनि सहर फर्किने क्रम सुरु भएको छ । यसले पनि सहरी क्षेत्रमा जोखिम बढेको हो । कुनै व्यक्ति संक्रमितको सम्पर्कमा आइहाले कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत चुनौती बन्दै गएको छ । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलबार पछिल्लो २५ दिनको अवधिमा सबैभन्दा धेरै ३ सय ११ संक्रमित थपिएका छन् । यसअघि गत १९ असारमा एकै…

Read More

झापा, १४ साउन । सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ । पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो । नेपालको प्रतिबद्धता अनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पु¥याउनुपर्नेछ । हालको सङ्ख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्नेछ । गणनाका लागि क्यामरा ट्र्यापिङ गर्दा प्रशस्त बाघका डमरु देखेका छौँ तर सबैको गणना भएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भने । त्यस अवधिमा देखिएका र सन् २०२१ भित्र थपिने…

Read More

झापा, १४ साउन । नेपाली सेनाले अमेरिकाबाट नयाँ हतियार किन्ने भएपछि पुराना केही राइफल सशस्त्र प्रहरीलाई दिने भएको छ । हजार हाराहारीमा प्रयोग भइसकेका इन्सास राइफल दिन लागिएको हो । गोप्य सुरक्षा नीतिमा सशस्त्र प्रहरीले नयाँ हतियार किन्न नपाउने उल्लेख छ । ०५७–५८ सालतिर माओवादीले नेपाल प्रहरीका थ्रिनटथ्रि राइफल लुट्न थालेपछि सेनाले १७ करोड लिएर आधुनिक राइफल दिने भनेको थियो तर सम्झौताअनुसार काम भएन । त्यसैको तोडमा भारतले दिएका इन्सास राइफल दिएर सशस्त्र प्रहरी बल गठन गरियो । यसकै हतियार पनि माओवादीले लुट्न छाडेनन् । अहिले पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लागेको र जुनसुकै बेला स्थिति बिग्रन सक्ने…

Read More

झापा, १४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हिजो प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित भएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा हिजो जारी विज्ञप्तिमा जनाइएको छ ।

Read More

अर्जुनधारा, १३ साउन । झापाको अर्जुनधारा नगरपालिकाले यस आर्थिक बर्षको लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु गरेको छ । नगरपालिकाले यसबर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर नदीजन्य सामग्री उत्खनन प्रक्रिया शुरु गरेको हो । गत वर्ष ठेक्का नलाग्दा नगरको करोडौं रुपैयाँ राजश्व गुमेको थियो । नगरपालिको आन्तरिक आम्दानी गुमेपछि गतबर्षको बिकासका योजना प्रभावित बनेका थिए । नगरपालिकाले यस बर्ष भने समयमै ठेक्का प्रक्रिया शुरु गर्न लागेको जनाएको छ । यसबर्ष नगरको मुख्य आम्दानीको श्रोत रहेको नदीजन्य सामग्रीको प्रभावकारी ब्यबस्थापन गर्न नगरले सक्रियता देखाएको हो । नगर क्षेत्र भएर बग्ने बिरिङ, टाङटिङ, नेते र गोयाङ…

Read More

लक्ष्मीपुर, १३ साउन । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले असाहय वालबालिकालाई छात्रवृति दिएको छ । संस्थाले शुरु गरेको शिक्षा सचेतना कार्यक्रम अन्र्तगत मंगलवार १२ जना विपन्न एकल महिला तथा पुरुषका छोराछोरीलाई छात्रबृति दिएको हो । वालबालिकालाई कपि, कलम, ज्यामिति, कलर पेन्सिल र टिसर्ट दिइएको थियो । संस्थाका लक्ष्मीपुर सेवा केन्द्र सहयोग समिति संयोजक केदार सम्सेर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा औचित्य माथि प्रकाश सेवा केन्द्र प्रमुख उमेश भारतीले पारेका थिए । सहयोग समिति सदस्य टोमकुमारी ओझाको उपस्थिति रहेको कार्यक्रममा शुभकामना मन्तव्य वरिष्ठ प्रवन्धक इलाका सुरुङ्गाका रामनारायण प्रधानलले गरेका थिए । कार्यक्रमको सञ्चालन सेवा केन्द्रका कर्मचारी खगेन्द्र…

Read More

काठमाडौं, १३ साउन । पछिल्लो २४ घण्टामा ३११ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी दिएका हुन् । आज १२१ जना निको भएका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ भने कूल निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ । मंगलबार पीसीआर विधिबाट ५ हजार ३२ जनाको कोरोना परीक्षण भएको छ । योसँगै आजसम्म पीसीआर विधिबाट ३ लाख ५३ हजार ३ सय ७ जनाको कोरोना परीक्षण भएको छ । ५ हजार १ सय २९ जना अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका…

Read More

इलाम, १३ साउन । इलामको एक हाइड्रोपावर परियोजनाले प्रभावित क्षेत्रको वातावरण जोगाउन कुनै काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । खोलामा पानी नै नछोडी हाइड्रो सञ्चालन गर्ने गरेको र तोकिएभन्दा अन्य खोलाबाट समेत पानी ल्याएर हाइड्रोमा लगाएको भन्दै स्थानीयवासी आक्रोशित भएका हुन् । निर्माणाधीन सुपरमाई हाइड्रो परियोजनाले प्रभावित क्षेत्रका बासिन्दाको मागलाई बेवास्ता गरेको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । माईखोलाको पानीबाट निर्माण भइरहेको हाइड्रोले प्रभावित क्षेत्रमा समस्या थपेको भन्दै स्थानीयवासी सङ्गठित भएर आन्दोनमा उत्रिएका हुन् । परियोजना प्रभावित क्षेत्रका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन शुरु गरेका छन् । माईखोलाको पानीबाट निर्माण हुनुपर्ने हाइड्रोले अन्य साना खोला, खोल्साबाट…

Read More

बिर्तामोड, १३ साउन । तमु ह्युल छोज धी गुरूङ राष्ट्रिय परिषद बिर्तामोड नगर इकाइ समितिले क्यान्सर पीडितका लागि आर्थिक सहयोग गरेका छन् । सोमबार नगर परिषद्ले एक कार्यक्रमका बीच छ महिनादेखि उपचारार्थ क्यान्सर पीडितका लागि बालिकाका लागि ८९ हजार ९ सय नब्बे रूपैयाँ सहयोग हस्तान्तरण गरेको हो । परिषद बिर्तामोड नगर इकाइ समितिको पहलमा तमुस्यो आमा समूह लगायतको सहयोग रहेको नगर अध्यक्ष सलबहादुर गुरूङले बताउनुभयो। आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा तमु ह्युल छोज धी गुरूङ रास्ट्रिय परिषद १ नं. प्रदेश उपाध्यक्ष आनन्द गुरुङ, बिर्तामोड नगर समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । ताप्लेजुङ फुङलिङ नपा–५ का सन्तोष गुरुङ र सोनिया गुरुङकी दुई…

Read More

राजेन्द्र गाैतमझापा, १३ साउन । ‘अब फुटबल खेल्ने मात्र होइन पढ्ने हो,’ झापा फुटबल क्लब-११ का अध्यक्ष जलकुमार गुरुङले प्रस्ट्याए,’हिजो खेतबारीमा फुटबल खेलियो, अब त्यसरी हुँदैन, फुटबलको विकासका लागि नियमित अभ्यास गर्नुपर्छ, एकेडेमीमै बसेर सिक्नुपर्छ।’ झापामा ५ करोड खर्चेर फुटबल प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) बनाउन जुटेका उनले नेपालमा फुटबल खेल्ने कला परम्परागत शैलीको रहेकाले त्यसमा परिवर्तन जरुरी भएको बताए । ‘अहिलेको जमाना मोर्डन फुटबलको हो,’ गुरुङले भने, ‘हाम्रो जस्तो खेलले केही हुँदैन, यसमा परिवर्तन गर्नैपर्छ, त्यही सोचेर एकेडेमीको अवधारणा अघि सारिएको हो।’ प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्न लामो समयदेखिको योजनाले सार्थकता पाउनेमा आफू विश्वस्त भएको उनले सुनाए । एकेडेमी सञ्चालनका लागि स्थान…

Read More