झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १२ साउन । काठमाडौं महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ । स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन् । सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वीरगन्ज हुँदै काठमाडौं आएको स्रोतले बतायो । पर्सा घर भई महाबौद्धमा बस्ने ती व्यवसायीको विस्तृत परिचय खुलाइएको छैन । उनको घरपरिवारका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो । उनीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गरेको छैन । शुक्रराज अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले एकै परिवारका पाँच सदस्यलाई कोरोना…

Read More

काठमाडौं, १२ साउन । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय कटौती गर्ने आफ्नै फैसलाउपर पुनरावलोकन गर्ने अनुमति दिएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार पुनरावलोकनको निस्सा दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई जन्मकैदको सजाय ‘चर्को पर्न जाने, चित्तमा लाग्ने जस्तो देखिएको’ भन्दै साढे आठ वर्ष जेल बसे मकसद पूरा हुने निष्कर्षसहित साढे ११ वर्ष कैद सजाय कटौती गरेको थियो । त्यसउपर महान्यायाधिवक्ता कार्यालयले गरेको पुनरावेदनमा १५ असारको फैसलामा कमजोरी रहेको भन्दै संयुक्त इजलासले पुनः सुनुवाइको अनुमति दिएको हो । अब यो मुद्दा अन्य मुद्दाझै सर्वोच्चमा…

Read More

काठमाडौं, १२ साउन । कोरोना संक्रमण रोकथामका लागि सडकदेखि अस्पतालसम्म खटिएका सुरक्षाकर्मीमा संक्रमण बढ्दै गएको छ । आइतबारसम्म दुई सय ९७ सुरक्षाकर्मीमा संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीमा पनि आइतबार संक्रमण देखिएको छ । सवारी शाखामा कार्यरत एक चालकमा रहेको संक्रमण अरूमा सरेको आशंकामा परीक्षण गर्दा थप तीन प्रहरीमा देखिएको हो । संक्रमित प्रहरी ब्यारेकमै बस्दै आएकाले अन्य प्रहरीलाई पनि क्वारेन्टाइनमा राखिएको छ । धेरै प्रहरीमा संक्रमण फैलिएको आशंकामा आइतबारदेखि प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ । सबैजसो प्रहरीको परीक्षणको तयारी छ । केही दिनयता प्रहरीमा संक्रमण बढिरहेको छ । प्रदेश १ का मोरङ, झापा र इलाममा संक्रमण देखिएको छ । नेपाल प्रहरीका…

Read More

वीरगञ्ज, १२ साउन । अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस ९कोभिड १९०को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ । आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका उद्योगले भारतीय कामदार भित्र्याएका हुन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उद्योगहरुले भारतीय मजदुर अवैद्य रुपमा ल्याएर कोरोनाको सङ्क्रमण फैलाएको व्यापक जनगुनासो आएको स्पष्ट पारे । यही गुनासोका आधारमा ती उद्योगहरुको अनुगमन सुरु गरिएको पनि बस्नेतले बताए । उद्योग सञ्चालन गर्न सरकारले मापदण्ड तोकेको छ । कामदारको पीसीआर परीक्षणलाई अनिवार्य गरिएको छ । कामदारलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर…

Read More

काठमाडौँ, १२ साउन । आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने विगतको अभ्यास भएकाले यसपटक सोही प्रक्रिया अवलम्बन गर्ने आन्तरिक तयारी गरिएको छ । साउनसम्मको अवस्थालाई विश्लेषण गरेर यस विषयमा अन्तिम निर्णय गर्ने योजना बनाइएको छ । सरकारले यसअघि भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि खुला गर्ने निर्णय…

Read More

झापा, १२ साउन । कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६–७७ को व्यापार तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब २१ अर्ब रुपियाँले घटेको हो । बढ्दो आयात र निर्यातमा सामान्य मात्र वृद्धि हुँदा उक्लिँदो व्यापार घाटाको ग्राफमा कोरोनाले ‘बे्रक’ लगाइदिएको हो । विभागका अनुसार आव २०७५–७६ मा १३ खर्ब २१ अर्ब रुपियाँ रहेको नेपालको व्यापार घाटा १६.७१ प्रतिशतले घटेर ११ खर्ब ६४ करोड रुपियाँ पुगेको हो । विश्व नै बन्दाबन्दीको अवस्थामा रहँदा नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्क…

Read More

काठमाडौं, १२ साउन । सरकारी कार्यालयमा भत्ता खान कार्यालय समयभन्दा अघि–पछि बैठक बस्ने गरेको पाइएको छ। राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र कर्मचारी महिनामा २२ पटकसम्म बैठक बसेका छन्। यसरी बोर्डले एक वर्षमा ४३ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ। कार्यालय समयमा सम्पन्न गर्न सकिने विषयमा पनि छुट्टै बैठक बस्दा अनावश्यक आर्थिक बोझ थपिएको छ। महालेखापरीक्षकको कार्यालयले आफ्नो ५७औं प्रतिवेदनमार्फत बैठकको संख्या घटाउँदै आर्थिक मितव्ययितता अपनाउन सुझाव दिएको छ। बोर्डले कक्षा ११ र १२ को परीक्षा सञ्चालन, नतिजा प्रकाशन, परीक्षार्थीको अभिलेख सच्याउने तथा यससँग सम्बन्धित अन्य प्राविधिक काम सञ्चालन गर्दै आएको छ। कार्यालय समयमै सम्पन्न हुन सक्ने पुनर्योग, अभिलेख सच्याउने,…

Read More

अर्जुनधारा, ११ साउन । झापाको अर्जुनधारा नगरपालिकाले गत फागुन ४ गतेदेखि आयोजना गरेको ‘बृहत नगर महोत्सव’ का जर्जहरुलाई सम्मान गरेको छ । नगरपालिकाले वडागत रुपमा बिविध कार्यक्रम गरी फागुन ४ गतेबाट ११ दिनसम्म सञ्चालन गरेको नगर महोत्सबमा जर्जको भुमिका निर्वाह गर्ने ७ जनालाई आइतवार नगरको कार्यालयमा सम्मान गरेको हो । नगर प्रमुख हरिकुमार रानाले उनीहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मानीत हुनेहरुमा हस्त परियार, कुमार भट्टराई, कालिबहादुर थापा, सुजन समाल, कृष्ण बराल, कृष्णप्रसाद पौडेल र सन्तोष मगर छन् । उनीहरुले भाषा, कला, साहित्य तथा संस्कृति प्रर्वदन समितिमा रहि जर्जको भुमिका निर्वाह गरेका थिए । नगर प्रमुख रानाको अध्यक्षतामा…

Read More