
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनुहुनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाह हुनुहुन्छ । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनुपरेको उहाँहरुले संयुक्त राजीनामा उल्लेख गर्नुभएको छ । राजीनामा पत्रमा भनिएको छ, नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति…
भद्रपुर, ११ साउन । सर्वसाधारण नागरिकलाई सुलभ ढंगले औषधीय सेवा दिने उद्देश्यले सञ्चारकर्मी पंकजकुमार शर्माले शनिबारदेखि नागरिक फार्मेसी सञ्चालनमा ल्याएका छन् । दुई दशकभन्दा लामो समयदेखि आयुर्वेदिक स्वास्थ्यमा प्रशस्त अनुभव बटुलिसकेका शर्मा पहिलोपटक एलेपोथिक उपचारजन्य स्वास्थ्यमा संलग्न भएका हुन् । भद्रपुरकै युवा व्यवसायी विकास अग्रवालसँगको साझेदारीमा जिल्लाको सदरमुकाम रहेको भद्रपुर ७ को चन्द्रगढीमा नागरिक फार्मेसी सञ्चालनमा ल्याएको शर्माले बताए । लेखनाथ चोकमा आफुले सञ्चालन गर्दै आएको पंकज आयुर्वेदिक औषधालयलाई पनि सोही स्थानमा स्थानान्तरण गरेको उनले बताए । ‘सेवाग्राहीले एउटै छानामुनिबाट दुबै प्रकृतिको स्वास्थ्य सेवा सहज ढंगले प्राप्त गर्न सकून् भन्ने उद्देश्यले दुबै फार्मेसी एकठाउँ राखियो’, शर्माले भने– ‘हामी साधारण मानिसले…
भद्रपुर, ११ साउन । लायन्स क्लव अफ भद्रपुरले महेशपुर आधारभुत विद्यालय भद्रपुर ४ मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र झोला वितरण गरेको छ । प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीको निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत प्राप्त रकमबाट विद्यालयका ६० जना विद्यार्थीलाई व्याग र ४०० थान कापी वितरण गरिएको हो । लायन्स क्लवले विगतदेखि नै सामाजिक क्षेत्रमा सहयोगको कार्यक्रम गर्दै आएको छ । विपन्न विद्यार्थीहरुलाई सहयोग गरी पढाइ प्रति अभिरूचि बढाउन र प्रोत्साहित गर्न कार्यक्रम संचालन गरिएको हो । विपन्न आदिवासी तथा संथाल समुदायबाट धेरै विद्यार्थी अध्ययन गर्ने भएकाले सो विद्यालय छनौट गरी सामग्री वितरण गरिएको छ । प्रदेश सभा सदस्य ओमप्रकाश…
भद्रपुर, ११ साउन । भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्थापना गरिन लागेको कोभिड–१९ (कोरोना भाइरस) संक्रमण परीक्षणका लागि निर्माण गरिएको कक्षको झापाका प्रदेश सांसदहरूले अनुगमन गरेका छन् । उनीहरूले पिसिआर ल्याव सञ्चालनको अवस्था बारेमा शनिवार अनुगमन गरेका हुन् । प्रदेश सांसदहरुले शुक्रबार प्रदेश सरकारबाट बुझेर पिसिआर विधिबाट कोरोना भाइरस संक्रमण परिक्षण गर्ने मेसिन झापा ल्याएका थिए । मेची अस्पतालमा साउन दोस्रो हप्ताबाट पीसीआर प्रविधिबाट कोरोना परीक्षण सुरू हुने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पिताम्वर ठाकुरले सांसदहरूलाई अस्पतालले गरिरहेको तयारी बारे जानकारी गराएका थिए । सो अवसरमा सांसदहरु बसन्त बानियाँ, झकसिंह दर्लामी, ओम सरावगी, एकराज कार्की, पूर्णसिंह राजवंशी, भद्रपुरका प्रमुख जीवनकुमार…
झापा, ११ साउन । जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । सरकारले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । संविधानमा मालपोत स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने उल्लेख छ । यस अघिसम्म मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासन सम्बन्धी तथा भू–सेवा सम्बन्धी काम स्थानीय तहले गर्नेछन् । मालपोत कार्यालय कलङ्कीले आफ्नो कार्य क्षेत्रभित्र पर्ने काठमाडौँंका नागार्जुन, कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरि र काठमाडौंँ महानगरका वडा १३, १४ र १५ का पाँच/पाँच कर्मचारीलाई जग्गा प्रशासन र भू–सेवा सम्बन्धी तालिम प्रदान गरेको छ । उक्त…
काठमाडौं, ११ साउन । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय काटिरहेका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्चको फैसलामाथि परेको पुनरावलोकन निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ । महान्यायाधिवक्ता कार्यालयले ८ असारमा कोइराला छुटेकै दिन सर्वोच्चको फैसला त्रुटिपूर्ण भएको भन्दै पुनरावलोकन निवेदन दर्ता गरेको थियो । यस मुद्दाको पेसी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने आइतबार बिहान मात्रै टुंगो लाग्नेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आफैं संलग्न भएर मुद्दाको फैसला गरेको हुँदा पुनरावलोकनका लागि इजलास र पेसी आफैंले तोक्छन् या सो दिन बिदामा बसेर वरिष्ठ न्यायाधीशले तोक्न सक्नेछन् । प्रधानन्यायाधीशले गरेको फैसलामा प्रश्नचिह्न उठेपछि उनले स्वतन्त्र न्यायपालिकाको जनआस्था गुम्न नदिनका लागि पुनरावलोकनका लागि…
काठमाडौँ, ११ साउन । छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर जानैपर्ने यात्रु समस्यामा परेकाले लामो दूरीको यातायात छिटो सञ्चालन गर्न माग गरेको छ । छोटो दूरीका मात्र सार्वजनिक यातायात सञ्चालन गर्दा यात्रु झन् समस्यामा परेको महासङ्घको दाबी छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, “जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्नु अवैज्ञानिक भयो, जनतालाई दुःख भयो, काठमाडौँ आउनैपर्ने मान्छे जिल्ला जिल्लामा गाडी चेन्ज गरेर आएका छन् । त्यसो गर्दा कोरोना सङ्क्रमण सर्ने सम्भावना झन् बढ्छ । ” बरु लामो…
झापा, ११ साउन । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् । बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बिचौलियाले बर्सेनि बाढीपहिरोको बहानामा हरियो तरकारीको मूल्य दोब्बर–तेब्बर बढाएर उपभोक्ता ठग्दै आएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनले भने, ‘साता दिनदेखि पानी परेको भए पनि काठमाडौं उपत्यका आउने तरकारी रोकिएको छैन । निरन्तर बजारमा हरियो तरकारी आइरहेको…
झापा, ११ साउन । सावधानी अपनाए सर्पको डसाइको जोखिमबाट बच्न सकिन्छ । सर्पदंश हुन नदिने प्रयाससँगै सावधानी जरुरी रहेको जानकारले औँल्याएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभाग प्रमुख तथा विश्व स्वास्थ्य सङ्गठनको सर्पविज्ञ समूहका सदस्य डा। सञ्जीव शर्मा सर्पदंशमा सबैलाई विषालु सर्पले डसेको हुँदैन । कतिपयमा विषालु सर्पले विष प्रवाह गर्दैन । सर्पले आत्मरक्षामा डस्दा मात्र विष छाड्छ । त्यसैले अस्पताल आएका ९० प्रतिशत बिरामीमा विष हुन्न । बाँकी १० प्रतिशतमा समयमै उपचार गर्न सके बचाउन सकिन्छ भन्नुहुन्छ । चिकित्सक शर्माको भनाइ अनुसार कडा विष भएको गोमन सर्पले एक्कासि मानिसलाई डस्दैन । मानिसले चलाउँदा स्वर निकालेर तर्साउँछ…
काठमाडौँ, ११ साउन । मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको अध्ययनबाट देखिएको छ । सुरुङमा पानी पठाउँदा एक्कासि पानी खुलेपछि प्रवेशद्वारको नटबोल्ट फिटिङमा गम्भीर त्रुटि भएको हुनसक्ने अनुमान गरिएको छ । कुल क्षमताको एक तिहाइ पानीको दबाब गेटले थेग्न नसकेपछि मेलम्चीको पानीको प्रतीक्षा गरेका राजधानीवासीले अझै केही महिना धैर्य गर्नुपर्ने भएको छ । सो घटनापछि पानी पथान्तरणको काम हाल स्थगित भएको छ । हेडबक्स निर्माणको काम भइरहेको तर पथान्तरणको काम अध्ययन समितिले प्रतिवेदन दिएपछि सुरु हुने खानेपानी मन्त्रालयले जनाएको छ । प्रवेशद्वारको डिजाइन र प्रवेशद्वार फिटिङमा समस्या रहेको हुनसक्ने अध्ययन समितिको प्रारम्भिक आकलन छ ।…