झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ साउन । एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको छैन । सुदूरपश्चिम र प्रदेश १ को पहाडी जिल्लाका केही जिल्लाका विद्यालयले अहिलेसम्म प्राप्ताङ्क उपलब्ध नगराएका कारण परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले करिब ३० जिल्लाबाट प्राप्ताङ्क नपठाएका कारण ढिलो हुने देखिएको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलले अहिलेसम्म करिब ४५ जिल्लाबाट प्राप्ताङ्क आइपुगेको जानकारी दिए । जिल्ला शिक्षा समन्वय समितिले प्राप्ताङ्क पठाउनुपर्ने व्यवस्था छ । तर…

Read More

झापा, ७ साउन । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो । नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो । बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’ यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।

Read More

झापा, ७ साउन । मुलुकमा मनसुनजन्य विपद्मा परेर घाइते भएकाहरुको उपचार सरकारले गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । घाइतेको उपचारमा कुनै कमी हुन नदिने तथा घाइते, अपाङ्ग, अशक्त र मृतकका परिवारलाई सरकारले यथोचित व्यवस्था गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । सरकराले बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । मृतक परिवारप्रति समेत समवेदना प्रकट गरिएको छ । विपद्बाट जनधनको क्षति हुनाका साथै यातायात, सञ्चार, विद्युत् सेवा अबरुद्ध हँुदा जनजीवनसमेत प्रभावित भएको छ…

Read More

बिर्तामोड, ६ साउन । निरन्तरको वर्षाले झापाको कनकाई नदीमा आएको बाढी बस्ती पस्दा ३९ परिवार विस्थापित भएका छन् । झापा गाउँपालिका–१ स्थित मिलनबस्तीका १९ परिवारका ९२ जना र वडा नं. २ का ३० परिवारका १४९ जना विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । झापा गापा–१ का विस्थापित परिवार स्थानीय सितुमारी प्रावि र वडा नं. २.का विस्थापित परिवार स्थानीय लक्ष्मी प्राविमा राखिएको छ । उनीहरुलाई झापा गाउँपालिकाले खानाको व्यवस्था गरेको छ ।

Read More

बिर्तामोड, ६ साउन । झापाको भद्रपुर नगरपालिका–२ स्थित देउनिया खोलाको बगरमा आज एक पुरुषको शव फेला परेको छ । देउनिया खोलाको बगरमा रहेको काँसघारीमा भद्रपुर माहारानिझोडाका ५० वर्षीय कुमार गजमेर शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । सोमबार बिहान ११ बजे घरबाट हिँडेका गजमेरलाई स्थानीयले आज दिउँसो १२ः४५ बजे खोलाको बगरमा मृत अवस्थामा फेला पारेका थिए । स्थानीयबासीले खबर गरेपछि वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थल पुगी कानुनी कारबाही र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ६ साउन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको सरकारले बताएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् । त्यसैगरी सरकारले लकडाउनका कारण ठप्प रहेको होटल व्यवसाय पनि खोल्ने निर्णयसमेत गरेको छ । त्यसैगरी सरकारले भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।

Read More

बिर्तामोड, ६ साउन । झापामा समुदायबाट सङ्कलित रकमबाट कोभिड–१९ को स्वाब परीक्षण गर्ने पिसिआर मेशिन खरीद गरिएको छ । प्रयोगशालाका उपकरण आज आइपुगेपछि जडान शुरु गरिएको छ । कोभिड–१९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरु गरेको ‘एकका लागि एक अभियान’बाट चन्दा सङ्कलन गरेर यन्त्र खरीद गरिएको हो । अभियानका सहसंयोजक विनोद बस्नेतले कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण भवनमा प्रयोगशालाका सबै उपकरण आज आइपुगेको जानकारी दिनुभयो । मुलुकमै समुदायबाट चन्दा सङ्कलन गरेर स्थापना गर्न लागिएको यो पहिलो पिसिआर ल्याब हो । यसका लागि रु एक करोड २० लाख जति चन्दा सङ्कलन भइसकेको अभियानले जनाएको छ । यसमा अन्तरराष्ट्रिय झापाली समाज एक्लैले…

Read More

मोरङ, ६ साउन । क्लिनिकबाट अबैध औषधी बिक्री बितरण तथा किनबेच गर्ने ३ जनालाई पक्राउ गरिएको छ । मोरङको बेलवारी नगरपालिका-६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अबैध औषधीहरुको बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सुसाङ टेक्निकल हलका संचालक स्थानीय १९ बर्षीय सुसाङ कुमार चौधरी र सोही औषधी पसलमा अबैध औषधी किनी रहेका बेलवारी-५ का २३ बर्षीय शिबजी चौधरी तथा धरान-१७ का २१ बर्षीय किसनलाल थारुलाई पक्राउ गरिएको हो । टेक्निकल क्लिनिकबाट Tramadol Capsule Ip 50 Mg को १३,६०० क्याप्सुल, Decolic २००० क्याप्सुल, Spasmo २८०…

Read More

अर्जुनधारा, ६ साउन । झापाको अर्जुनधारा नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) मेसिन प्रदान गरेको छ । आज मङ्लबार एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले कृषकसंगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ५३ कृषकलाई उक्त यन्त्र प्रदान गरेको हो । नगरप्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, नगरपालिकाका पशुपंक्षी ,मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदम राईलेसंयुक्तरूपमा च्यापकटर मेशीन कृषकलाई हस्तान्तरण गरेका थिए । नगरप्रमुख रानाले नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यन्त्र प्रदान गरेको बताए । कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको नगरप्रमुख रानाको भनाई छ । नगरले साझेदारीमा नगरक्षेत्रका १४…

Read More

झापा, ६ साउन । नेपालमा कोरोनाभाइरस संक्रमितमध्ये निको हुनेको संख्या १२ हजार ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६०९ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको हो । अर्थात ६९.३४ प्रतिशत निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८ सहित पछिल्लो २४ घण्टामा थप १५० संक्रमित थपिएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनले हालसम्म संक्रमित रहनेको संख्या १७ हजार ९९४ रहेको पनि जानकारी दिए । १२ हजार ४७७ ले कोरोना जितेसँगै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ जना रहेको पनि उनले जानकारी दिए । अहिले देशभरीका…

Read More