
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १ साउन । बेरुजु फछ्र्योटमा उच्च सक्रियता देखाएको सरकारले अझै विभिन्न निकायबाट उठाउनुपर्ने बेरुजु रकम ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । यो आर्थिक वर्ष २०७५–७६ सम्मको कुल बेरुजु रकम हो । अघिल्लो वर्ष २०७४–७५ भन्दा १९ अर्ब २२ करोड रुपैयाँ बेरुजु रकम घटेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको ५७औं वार्षिक प्रतिवेदनअनुसार अघिल्लो वर्षसम्मको बेरुजु ६ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो । तर, हाल भने बेरुजु फछ्र्योट गर्ने क्रममा सुधार देखिएको छ । बाँकी बेरुजु ३ खर्ब ७७ अर्ब ४८ करोड रुपैयाँ फछ्र्योट गरिएको थियो । त्यसको अंक घटाई यो वर्ष थप…
झापा, १ साउन । पछिल्लो २४ घण्टामा देशभर ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ६९७ जना डिस्चार्ज भएका छन् । यसले दैनिक सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, बुधबार काठमाडौंँमा सातसहित ११६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा पाँच हजार ९० जनाको पीसीआर परीक्षण भएको छ । उनले हालसम्म दुई लाख ९८ हजार ८२९ को पीसीआर परीक्षण गरिएको बताए । गौतमले हालसम्म…
झापा, १ साउन । अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै क्रममा छ। विभागको स्टोर शाखामा रहेका भिसा स्टिकर उनले गोप्य ढंगले निकालेका थिए। त्यसपछि बिचौलियाको सहयोगमा ती चिनियाँलाई रिलेसन ९नातेदार० भिसा जारी गरेको खुलेको छ। तर, उक्त भिसाका लागि न आवश्यक कागजपत्र पेस भएको छ न त भिसा जारी गरेको रेकर्ड विभागसँग छ। केही थान भिसा स्टिकर अनधिकृत ढंगले बाहिरिएको रेकर्ड भने अध्यागमनसँग छ। त्यसकै आधारमा विभागले काफ्लेमाथि छानबिन थालेको हो। रिलेसन भिसा पाउन…
झापा, १ साउन । आफ्ना मागको कार्यान्वयनमा सरकारका तर्फबाट कुनै चासो नदिएको भन्दै निजी शैक्षिक संस्थाका सञ्चालकहरूले बिहीबारदेखि शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द गर्ने घोषणा गरेका छन् । यसबाट विगत तीन महिनादेखि निजी विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन कक्षा लगायतका सिकाइका क्रियाकलाप पूर्णरूपमा बन्द हुने भएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९एन।प्याब्सन० का अध्यक्ष ऋतुराज सापकोटा तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० का अध्यक्ष टीका पुरीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कक्षा बन्द गर्ने घोषणा गरेका हुन् । बुधबार संयुक्त विज्ञप्ति जारी गरी यी दुई संस्थाले मासिक शिक्षण शुल्क, अनलाइन शुल्क लगायतका विषयमा सरकारले…
भद्रपुर, ३१ असार । झापाको कचनकवल गाउँपालिकाको छैटौं गाउँ सभाले चालु आर्थिक वर्ष ०७७-७८ का लागि ५३ करोड ८९ लाख ६० हजार एक सय रूपैयाको बजेट पारित गरेको छ । गाउँपालिकाको असार १० गतेबाट सुरू भएको गाउँ सभा अन्त्य गर्दै परिषद सदस्यहरूको बुधवार बसेको बन्द सत्रको बहुमतले बजेट पारित गरेको हो । बजेटलाई उपाध्यक्ष निमसरी राजवंशीले लिखित प्रतिवेदन मार्फत सार्वजानिक गरेकी थिइन् । उपाध्यक्ष राजवंशीले सार्वजानिक गरेको प्रतिवेदन अनुसार पूजीँगत तर्फ २५ करोड ६६ लाख १८ हजार सहित ५३ करोड ८९ लाख ६० हजार एक सय रूपैयाको विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष अञ्जार आलमको अध्यक्षतामा सम्पन्न भएको सभा सुरू…
झापा, ३१ असार । मानिसलाई कर्मले जहाँ पुर्याए पनि उसको मन आफ्नै देश, समाज र गाउँघरप्रति समर्पित हुन्छ भन्ने कुरा इजराइलमा रहेका झापा कनकाईका युवाले प्रमाणित गरिदिएका छन् । कोरोना भाइरसले आक्रान्त बनेको विश्व परिवेसमा आफूले विदेशी भूमिमा आर्जन गरेको रकमबाट केही छुट्याएर उनीहरु आफ्नो जन्मभूमि प्रति समर्पित गरेका छन् । इजराइललाई कर्मभूमि बनाएका कनकाईका युवाले कनकाई नगरपालिकालाई आज कोरोना परीक्षणका लागि ७५० थान पीसीआर किट प्रदान गरेका छन् । त्यहाँ रहेका २९ जना युवाबाट संकलित २ लाख ५१ हजार रुपैयाँमध्ये २ लाख ४७ हजार रुपैयाँको पीसीआर किट नगरपालिकालाई हस्तान्तरण गरिएको हो । कनकाईबासी एवम् कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला…
मोरङ, ३१ असार । बिराटनगरका २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो बिराटनगर–९ का १८ बर्षीय मो सावाजलाई लागुऔषध डाईलक्स डि.सि.२६ बोतल सहित पक्राउ गरेको हो भने बिराटनगर १५ का २३ बर्षीय सचिन कुमार शाहलाई डाईलक्स डि.सी. ६ बोतल र नाईट्राभेट ३० चक्की सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।
काठमाडौं, ३१ असार । कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ। रौतहट जिल्ला परवा नगरपालिका वडा–७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो। निधन भएका व्यक्ति भारतबाट फर्किएका थिए। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उनी दाजुको अन्तिम संस्कारका लागि भारत पुगेका थिए। नेपाल फर्किएसँगै स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा असार २४ गते बसेका थिए। २९ गते रुघाखोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनलाई आजै हेटौँडाको किटजन्य अनुसन्धान प्रयोगशालामा कोरोना देखिएको थियो।
मोरङ, ३१ असार । मोरङको रतुवामाई नगरपालिका–३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा बेपत्ता भएका रतुवामाई नगरपालिका–७ का २४ बर्षीय अरुण ऋषिदेव मृत फेला परेका छन् । गत सोमवार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएर बेपत्ता भएका ऋषिदेवलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो ३ बजे बगाएको स्थान भन्दा करिव ३ किलोमिटर तल सोही खोलाको किनारामा कम्मर भन्दा मुनी बालुवामा पुरिएको अवस्थामा मृत फेला पारेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
काठमाडौँ, ३१ असार । पछिल्लो २४ घण्टामा नेपालमा ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार १ सय ७७ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ६ सय ९७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या ११ हजार २५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा ५ हजार ९० जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिए। बुधबारसम्म देशभरका क्वारेन्टिनमा २४ हजार ५ सय २७ जना रहेका छन् भने ६ हजार १ सय १३ जनाको आइसोलेसनमा…