झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ साउन । आजका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ६ गते बिहान ११ बजेसम्मका लागि सरेको छ । दलको आन्तरिक विषयमा सचिवालय र शीर्षनेताहरु छलफलमा रहनुभएकाले बैठक सर्दै आएको छ । नेकपा केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गरी बैठक मङ्गलबार सरेको जानकारी दिएको हो ।

Read More

झापा, ४ साउन । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो । कतारमा निधन भएका आठमध्ये दुई जनाको निधन हुनुअघि कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी छ जनाको निधनपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ । शनिबार साँझसम्म १४ देशमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो । सङ्घका अनुसार जम्मा कोराना सङ्क्रमित नेपालीमध्ये ९३ प्रतिशत कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अफ्रिकी…

Read More

काठमाडौं, ४ साउन । कोरोना भाइरस कोभिड-१९ को महामारी संगै त्यसको रोकथामका लागी भएको बन्दा बन्दिले अझै सम्म सुचारु हुन नसकेको सार्बजनिक सवारी साधन भोली सोमबारबाट संचालनमा आउने भएको छ । गत असार २६ गते सरकारले सार्वजनिक सवारी साधन संचालन गर्न निर्णय गरेपनि यातायात व्यवसायीहरुले विभिन्न माग राख्दै आएका थिए । आज आइतबार यातायात व्यवसायीहरु र यातायात व्यवस्था विभाग बीच छलफल भएपछि भोली सोमबारबाट सार्बजनिक सवारी साधन संचालन गर्ने सहमति भएको हो । तर यातायात ब्यबसायीलाई कोरोना महामारीका डर अझै पनि कायम रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न लागि पनि विभागले आग्रह गरेको छ । काठमाडौं उपत्यका…

Read More

झापा, ४ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप १५६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफमा यसको पुष्टि भएको हो । संक्रमितहरुमा कोशी अस्पतालमा गरिएको परिक्षणमा १ जना, गजेन्द्र नारायणमा गरिएको परिक्षणमा ३३ जना, नारायणी अस्पतालमा गरिएको परिक्षणमा ८ जना, राष्ट्रिय जनस्वास्थ्यमा गरिएको परिक्षणमा १ जना, शुक्रराज ट्रपिकलमा गरिएको परिक्षणमा ४ जना, हेटौडामा गरिएको परिक्षणमा ५ जना, पोखरामा गरिएको परिक्षणमा १२ जना, प्रादेशिक प्रयोगशाला पोखरामा १० जना, रुपन्देहीमा गरिएको परिक्षणमा ३ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा २० जना, लुम्बिनीमा गरिएको परिक्षणमा १० जना, सुर्खेतमा गरिएको परिक्षणमा १ जना, डडेलधुरामा गरिएको परिक्षणमा २ जना,…

Read More

झापा, ४ साउन । बजार मूल्यभन्दा डेढ गुणा बढी निकासी कर तिर्नु परेपछि अलैँची व्यवसायी मारमा परेका छन् । नेपाली बजारमा अहिले अलैँची प्रतिमन रु २० हजारमा कारोवार भइरहेको छ । तर भारतले अलैँचीमा प्रतिकेजी रु ८०० ९भारु ५००० निकासी कर लिएपछि व्यवसायी मारमा परेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले अलैँचीमा भारतले भारु ५०० प्रतिकिलो भन्सारदर कायम राखेका कारण व्यवसायी समस्यामा परेको बताउनुभयो । “नेपाली बजारमा रु ५०० प्रतिकेजीमा किनबेच भइरहेको अलैँचीको निकासी कर रु ८०० तिर्न सकिँदैन”, उहाँले भन्नुभयो, “सरकारले बजार भाउअनुसार भन्सार शुल्क समायोजन गर्न पहल गर्नुपर्छ ।” नेपाली अलैँची बङ्गलादेश निर्यात गर्दा बङ्गलादेशले…

Read More

किरण पौड्यालइलाम, ४ साउन । लामो समयदेखि आन्दोलनरत चिया किसानले पछिल्लो छलफलबाट आफ्ना माग सुनुवाइ हुँदै गएकाले सहमति नजिक पुगेको बताएका छन् । उद्योगले विभिन्न बहाना बनाएर हरियो चियाको दाम कम्ती दिएको भन्दै आन्दोलनमा होमिएका किसान अब भने चियाको उचित दाम पाउनेमा आशावादी देखिएका छन् । सूर्योदय नगरपालिकामा रहेका चिया उद्योगले बन्दाबन्दीको बहाना बनाउँदै नगरले तोकेको मूल्यभन्दा कम मूल्यमा चिया लिने बताएपछि किसान आन्दोलनमा होमिएका थिए । दुई वर्षअघि नगरपालिकाले हरियो चियापत्ती प्रतिकिलो मूल्य रु ४० भन्दा कममा उद्योगले किन्न नपाउने भन्दै कार्यविधि नै बनाएको थियो तर अहिले उद्योगीले बन्दाबन्दीमा चिया बेच्न नसकिएका कारण व्यवसाय घाटामा गएकाले तोकिएको मूल्य दिन…

Read More

झापा, ४ साउन । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ । शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएका बताएको छ । भिटिएमको अभावले स्वाब सङ्कलन सुस्तपिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम ९भाइरस ट्रान्सपोर्ट मिडिया० अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ । शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा यस्तो जानकारी दिएको…

Read More

झापा, ४ साउन । झापाको कमल गाउँपालिका–३ केर्खामा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शनिवार राति सवा १२ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ९८२६ नम्बरको मोटरसाइकलले सडकमा उभिरहेको राँगालाई ठक्कर दिंदा घाइते भएका मोटरसाईकल चालक झापा गाउँपालिका–६ का २७ बर्षीय प्रदिप लम्साललाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सोही मोटरसाइकलमा रहेका २६ वर्षीय धर्मेन्द्र सुवेदी घाइते भई सोही अस्पतालमा उपचार भइरहेको छ ।

Read More

तुलसीप्रसाद निरौलाबिर्तामोड, ४ साउन । हिन्दू नारीहरूको महान पर्व हरितालिका अर्थात् तीज नजिकिंदै छ । माइतीमा जाने, राम्रो लगाउने, मीठो मसिनो खाने र गीतसंगीतमा रमेर दुःख बिर्सने तीजको मौलिक परम्परा हो । तीज नजिकिएसंगै अहिले बजारमा धमाधम तीजका गीतहरू सार्वजनिक भइरहेका छन् । यही अवसरमा आरवी थापाको शब्द संगीतमा गायिका सम्झना पाण्डेको स्वरमा नयाँ गीत ‘होइ शिवजी होइ होइ मलाई पनि मिलाइदेउ महादेव तिमी जस्तो पोइ’ सार्वजनिक भएको छ । क्षितिज नाट्य समूह झापाको प्रस्तुति रहेको गीतको म्यूजिक भिडियो ओयसआर डिजीटल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गीतको मुख्य भूमिकामा सविता रेग्मी र मुना प्रसाईंले अभिनय गरेका छन् । गीतमा…

Read More

झापा, ४ साउन । चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले सञ्चालन गरेका थिएनन् । आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासङ्घले यातायात सञ्चालनको तयारी थालेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले दुईरतीन दिनको तयारीपछि यातायात सञ्चालन गर्ने जानकारी दिए । उनले भने, “हामी भोलि र पर्सि सरकारसँग छलफल गरेर सम्भवत ६ गतेबाट गाडी चलाउँछौँ । मौद्रिक नीति ठीक छ तर लामो दूरीको पनि खोल्नुपर्छ, जिल्लाभित्रको खुलेर…

Read More