
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ साउन । मेची भन्सार कार्यालय काँकरभिट्टा झापाले आर्थिक वर्ष २०७६÷७७ मा रु आठ अर्ब ३५ करोड ६६ लाख ५२ हजार ६१२ राजश्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ६३.१२ प्रतिशत मात्र हो । कार्यालयले आव २०७६–७७ मा रु १३ अर्ब २४ करोेड एक लाख ९९ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले बताउनुभयो । सरकारले अघिल्लो आवमा पूर्वी नाका भएर सुपारी, मरिच, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाएको र बन्दाबन्दीका कारण राजश्व सङ्कलनमा असर परेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताउनुभयो । भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको…
झापा, २ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका एक हजार २४९ नेपाली स्वदेश फर्किएका हुन् । कोभिड–१९ महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारका लागि नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका छन् । आज नेपाल एयरलाइन्सले दोहाबाट १६८ र दमामबाट १४६ यात्रु काठमाडौँ ल्याएको छ । हिमालय एयरलाइन्सले दमामबाट दुई उडान गरी क्रमशः १५४ र १४९ नेपाली स्वदेश फर्काएको छ । त्यस्तै जजीरा एयरले कुवेतबाट दुई उडानमा क्रमशः १५६ र १५३ नेपाली काठमाडौँ…
अर्जुनधारा, २ साउन । निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सन र एनप्याब्सन अर्जुनधारा नगर समितिले अर्जुनधारा नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संगठनको केन्द्रिय नेतृत्वले निजी विद्यालयले अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरे अनुसार नगर समितिले नगरपालिका भित्र रहेका निजी बिद्यालयहरुका सबै अनलाइन कक्षा स्थगन गर्ने भन्दै ध्यानाकर्षण गराएको हो । शुक्रबार नगर क्षेत्रका शैक्षिक गतिविधि बन्द गर्ने जानकारी सहितको ध्यानाकर्षण पत्र नगर प्रमुख हरिकुमार रानालाई संगठनका प्रतिनिधिले बुझाएका हुन् । प्याब्सन अर्जुनधारा अध्यक्ष रुद्र प्रसाद सिटौला र एन प्याब्सनका नगर सचिव राजेश कुमार आर्चायद्वारा हस्ताक्षरीत पत्रमा कोभिड १९ बाट सृजित समस्याको समाधान खोज्नु पर्ने उल्लेख…
काठमाडौँ, २ साउन । नेपाली काँग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गर्नुभएको छ । काँग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा सूर्य ढुङ्गेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुङ्गा) लाई आज नियुक्त गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले जानकारी दिनुभयो । यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्ण (सप्तरी) लाई मनोनयन गरिएको थियो । उहाँहरु प्रतिष्ठानका केन्द्रीय सदस्य हुनुहुन्छ । निर्देशक तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसँग समन्वय गरी कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ । यसै सन्दर्भमा काँग्रेसका वरिष्ठ नेता…
झापा, २ साउन । कोरोना भाइरस कोभिड–१९ आज थप १०१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका अनुसार सोही अवधिमा २८५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ११ हजार ५३४ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । यो ६६ दशमलब १२ प्रतिशत हो ।नेपालमा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।
मोरङ, २ साउन । मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष ४० वर्षीय रोहित कार्कीलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान साँढे ११ बजेको समयमा गाउँपालिकाको कार्यालयमा ठेक्का पट्टाको विषयलाई लिएर अध्यक्षलाई कुटपिट गर्ने केरावारी गाउँपालिका–१० का ३२ बर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ठकुरीको साथबाट एक थान चक्कु र एक थान खुकुरी समेत बरामद भएको छ । कुटपिटबाट घाईते भएका अध्यक्ष कार्कीको नोवेल अस्पताल बिराटनगरमा उपचार भईरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
काठमाडौँ, २ साउन । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५२ हजार ४०६ जना व्यक्तिमा ८२ लाख ८४ हजार २८५ व्यक्ति संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ७५७ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । हाल विश्वभरमा ५० लाख ७५ हजार ३६४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा…
झापा, २ साउन । आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ४ गतेका लागि सरेको छ । आन्तरिक विवादमा सहमति खोज्न शीर्ष नेताहरुको छलफल भइरहेकाले यसअघि पनि बैठक पटक पटक सर्दै आएको छ । नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले आज बिहान ११ बजेका लागि तोकिएको बैठक आजै अपराह्न ३ बजे बस्ने भनिएकामा पुनः सरेर आइतबार ३ बजे बस्ने तय भएको जानकारी दिनुभयो । पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, एकताका बाँकी काम, एमसिसी सम्झौता अनुमोदन आदि कार्यसूची स्थायी कमिटीमा राखिएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का…
झापा, २ साउन । देशभरका विभिन्न स्थानबाट २५ करोड रकम ठगेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–७ कृष्णमन्दिर घर भएका २९ वर्षीय मनिष अग्रवाल भनिने चन्दन जिन्दललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरी शुक्रबार बिहान सार्वजनिक गरेको हो । चन्दनलाई भक्तपुरको मध्यपुर ठिमि–३ गठ्ठाघरमा लुकिछिपि रहेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनी झापा, बारा, पर्सा र सर्लाहीका विभिन्न व्यक्तिहरुलाई विभिन्न बाहानामा ठगी गरी फरार भएका थिए । उनले मनिष अग्रवाल आफ्नो नाम बताएर विभिन्न जिल्लाका खाद्यान्न व्यापारीबाट उधारोमा खाद्यान्न लिएर काठमाडौंमा व्यापारीलाई खरिद मूल्य भन्दा सस्तोमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको…
भद्रपुर, २ साउन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले सदरमुकाम भद्रपुरबाट प्याब्सन, एन प्याब्सनको असार ३१ गतेको निर्णय बिरूद्ध आन्दोलन सुरू गरेको छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई पारिश्रमिक दिनु पर्ने दायित्व बिर्सिएर विद्यालय सञ्चालकहरूले प्याब्सन, एन प्याब्सनको नाममा राज्यको कानुन विपरित साउन १ गतेबाट बेतलवी विदा दिने निर्णय गरेको बिरोध गर्दै पूर्वीद्वार भद्रपुरबाट आन्दोलन सुरू गरेको हो । विद्यालय सञ्चालकहरूले गएको शैक्षिक वर्षको काम गरिसकेको समयको तलव नदिएकोे, सरकारले समेत भोकमरीमा परिसकेका शिक्षक कर्मचारीको सुरक्षाका लागि पहल नगरेको प्रति आक्रोस पोख्दै इस्टुले सामाजिक न्यायको माग राखी सडक आन्दोलनमा जाने निर्णय सहित अभियान थालेको हो । भद्रपुर नगर…