
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ साउन । सरकारले आगामी असोज महिनादेखि कार्यान्वयन हुने गरी भूमि बैंक सञ्चालनको तयारी गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले बैंक सञ्चालनका लागि अहिले कार्यविधि तयार पार्ने काम गरिरहेकोे छ । आगामी भदौ महिनासम्ममा कार्यविधि तयार पारिसक्ने र असोज महिनादेखि कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिनुभयो । उहाँले कार्यविधिमा मुख्यगरी काठमाडौँ उपत्यकाभन्दा बाहिरी जिल्लामा रहेको जग्गा समेट्ने गरी अघि बढेको बताउनुभयो । कार्यविधिले धेरै समयसम्म बाँझो रहेको र व्यावसायिकरुपमा खेती गर्न सकिने जग्गालाई समेट्ने पनि प्रवक्ता जोशीले जानकारी दिनुभयो । सरकारले चालू आर्थिक वर्षदेखि नै सङ्घ, प्रदेश र स्थानीय तहको…
सुरुङ्गा, ८ साउन । वर्षायाम शुरु भएयता झापामा पहिरामा परेर र डुबेर १७ जनाले ज्यान गुमाएका छन् । गत महिनाको असार १० गतेयता जिल्लाका विभिन्न नदी तथा तलाउमा डुबेर १७ जनाले ज्यान गुमाएका हुन् भने दुई बालक अझैं बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार मात्रै डुबेर एक बालकसहित तीन जनाको मृत्यु भएसँगै झापामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको हो । बुधबार राति ८ बजे भद्रपुर नगरपालिका– २ निवासी अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश तामाङको डुबेर मृत्यु भएको थियो । दिउँसो घरबाट खेल्न निस्किएका उनी रातिसम्म घर नफर्किएपछि खोजीगर्ने क्रममा नयाँ सीमसार क्षेत्रमा राति डुबिरहेको अवस्थामा मृत…
द्रोण अधिकारीभद्रपुर, ८ साउन । भद्रपुर–२ स्थित धार्मिक स्थल कमलधापसित जोडिएको सिमसार क्षेत्रको विकास हुँदा स्थानीय स्तरमा उन्नती हुने आशा पालेका स्थानीयले सोच्दै नसोचेको शोक सहनु परेको छ । विकासका लागि निर्माण थालिएको पोखरीमा निर्माण ठेकेदारले सावधानी नअपनाउँदा दलदल बनेको पोखरीमा डुबेर ३ जना बालकले ज्यान गुमाएपछि स्थानीय शोकमा डुबेका हुन् । प्रहरी कार्यालयले दिएको विवरण अनुसार मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षका छोरा अंकुश तामाङ, साबिक गरामनी गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा १४ वर्षका करण र १२ वर्षका अर्जुन थामी रहेका छन् । घरमा कोही नभएका बेला दिउँसो ३ वजे तिर घर…
झापा, ८ साउन । कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार उडानमार्फत ३४ हजार ६४७ नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले जनाएको छ । गत जेठ २३ गते पहिलोपटक उद्धार उडानमार्फत म्यान्माबाट २६ नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई म्यान्माको एयरफोर्स विमानबाट नेपाल फर्काइएको थियो । यस अवधिमा खाडी र मलेशियाबाट सबैभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । सो अवधिमा संयुक्त अरब इमिरेट्स ९युएइ० बाट सबैभन्दा बढी सात हजार ६१७ नेपाली स्वदेश फिरेका केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यस्तै साउदी अरेबियाबाट…
झापा, ८ साउन । नेपालमा कोभिड–१९ का १४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ४८१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार २४१ पुगेको छ । यस्तै, १५६ निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ हजार ८४० पुगेको छ । नेपालमा अहिले पाँचहजार ३५८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् । रेड जोनमा ५३० रहेका छन् ।
भद्रपुर, ८ साउन । सिमसार निर्माणका लागि खनिएको पोखरीमा डुबेर ३ जना बालकले ज्यान गुमाएपछि भद्रपुर–२ स्थित कमलधाप क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरबाहीले अव्यवस्थित खाल्डो दलदलमा रूपान्तरण हुँदा तीन जना बालकको डुबेर मृत्यु भएपछि स्थानीय आक्रोसित बन्दा कमलधाप क्षेत्र तनावग्रस्त बनिएको हो । तीन जना बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ। । भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी कार्यालयले दिएको विवरण अनुसार मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको…
बिर्तामोड, ८ साउन । फर्निचर तथा फनिसिङ व्यवसायी महासंघले छैटौ स्थापना दिवसको अवसर पारेर झापाको बिर्तामोड र दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । महासंघको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोगमा विहिवार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । महासंघले ‘मानव सेवा नै धर्म हो’ भन्ने मुल नाराका साथ माईपश्चिमको दमक र माई पूर्वको बिर्तामोडमा रक्तदान कार्यक्रम गरेको महासंघका झापा अध्यक्ष चन्द्रप्रसाद गिरीले जानकारी दिए । बिर्तामोडमा भएको रक्तदानमा ३७ र दमकमा भएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको थियो । त्यसैगरी, सोही अवसरमा कनकाई नगरस्थित कनकाई माईमा एकका लागि एक अभियानद्धारा कोरोना भाइरस परिक्षण गर्ने निर्माणधिन…
बिर्तामोड, ८ साउन । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउन लागेको पिसिआर ल्याब सञ्चालन गर्न झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् । सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पिसिआर ल्याब यही साउन १० गतेभित्र परीक्षणका लागि तयार हुँदैछ । ल्याब प्रदेश सरकारअन्तर्गत मेची अञ्चल अस्पतालको मातहतमा रहने गरी सञ्चालन अनुमतिको पर्खाइमा छ । अभियानले ल्याब तयार पारिसकेपछि सरकारलाई हस्तान्तरण गर्नेछ । सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिनेगरी हस्तान्तरण गर्न राजनीतिक दलका प्रमुखहरुका राय छ । अभियानले यसअघि नै ल्याब निर्माण सम्पन्न गरेर सरकारलाई जिम्मा लगाउने बताइसकेको छ । बिहीबार ल्याब…
झापा, ८ साउन । वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका हुन् । मङ्गलबार साँझ स्याङ्जाको आकाश भएर सलहको झुण्ड तनहुँतिर लागेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंले बताए । बर्साद्को समयमा सलहहरू ठूला रुखका हाँगामुनि र पातमुनि बस्ने भएकाले केही दिनदेखि हराएजस्तो देखिए पनि मङ्गलबार पुनः देखिएको हुमागाईंले बताए । स्याङ्जाबाट कृषि ज्ञान केन्द्रका प्रमुखले सहल सक्रिय भएको जानकारी दिएका छन् । तर तिनीहरू कहाँ गएर बसेका छन् भन्ने बारेमा खोजी जारी रहेको उनले बताए ।…
झापा, ८ साउन । कोरोना संक्रमणको सन्त्रासबीच सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्करको समूहबाट पटक पटक आक्रमणको प्रयास भएको छ । सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेयता खुला सीमा नाकाबाट हुँदै आएको आवतजावत तथा तस्करी रोकिएपछि भारतीय नागरिक तथा तस्कर समूहद्वारा नेपाली पक्षमाथि विभिन्न बहानामा पटक पटक आक्रमण प्रयास गरिएको हो । गत आइतबार मात्रै झापाको सीमावर्ती क्षेत्र गौरीगन्जमा भारतीय तस्करको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो । गौरीगन्ज गाउँपालिका–५ मा रहेको १५२ नम्बरको सीमास्तम्भ पूर्व मल्हाटोलनजिकै सिमानामा आवतजावतको विषयलाई लिएर सुरक्षाकर्मीमाथि आक्रमण भएपछि…