
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ साउन । भ्रष्टाचारीलाई ठाउँका ठाउँ पक्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आइरहेको स्टिङ अपरेसन प्रभावकारी देखिए पनि भ्रष्टाचार भने घटेको छैन । अख्तियारले स्टिङ अपरेसनलाई सशक्त बनाएको दाबी गरे पनि भ्रष्टाचार नियन्त्रण भने निकै चुनौतीपूर्ण देखिएको छ । आर्थिक वर्ष २०७६–७७ मा अख्तियारले घुस रिसवतसम्बन्धी २ सय ५ वटा मुद्दा दायर गरेकामा ती मुद्दामा ६ करोड ९१ लाख ४९ हजार ७० रुपैयाँ बिगो माग दाबी गरिएको छ । रंगेहात पक्राउ गरिएका व्यक्तिको मुद्दामा अख्तियारले प्रायः जित्दै आएको छ । रंगेहात पक्राउ परेका भ्रष्टाचारीबाट बिगो असुल भएमा राज्यकोषमा एक वर्षमा झन्डै ७ करोड जम्मा हुने देखिएको…
झापा, ८ साउन । सरकारले कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ । जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि सरकारले बाटो खोलेपछि शैक्षिक संस्थाहरूले बुधबारबाटै यसको तयारी सुरु गरेका छन् । यसक्रममा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ भने त्रिभुवन विश्वविद्यालयले बुधबारबाट क्याम्पस खोल्नुका साथै भदौ ७ गतेबाट स्थगित परीक्षा सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साउन १५ गतेभित्र सबै सार्वजनिक विद्यालयका…
झापा, ८ साउन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्। किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल भएको यसले देखाएको छ। यी आयोजना किसानको उन्नति र खाद्य तथा पशुपन्छी उत्पादनमा आत्मनिर्भरताका नाममा वैदेशिक दातृ निकाय र सरकारको खर्चमा सञ्चालनमा छन्। परामर्श सेवाका नाममा कुल बजेटको १ प्रतिशतदेखि ४० प्रतिशतसम्म खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले यो विषयलाई गम्भीर भनेको छ। आईफ्याडको सहयोगमा कृषि क्षेत्र विकास कार्यक्रम, उच्च मूल्य कृषि वस्तु विकास आयोजना र किसानको लागि उन्नत बीउबिजन कार्यक्रम सञ्चालित छन्। विश्व बैंकको सहयोगमा जलवायु प्रकोप समुत्थान निर्माण आयोजना, कृषि…
झापा, ८ साउन । भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ । कोरोना महामारीकै मौकामा भारतले सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई तीव्रता दिएको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग तवाघाटबाट लिपुलेक हुँदै मानसरोवर जाने सडक वैशाख २६ गते मात्रै उद्घाटन गरेका थिए । त्यसपछि धार्मिकस्थल आदि कैलाश जानका लागि सडक बनाइरहेका भारती दैनिक पत्रिका अमर उजालाले हालै लेखेको छ । त्यो सडक नेपाली भूमि गुन्जी, नाभी, कुटी हुँदै जान्छ । ३४ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको समाचारमा उल्लेख छ । ‘बीआरओले तवाघाट–लिपुलेक सडक लिंक गरेपछि…
विराटनगर, ७ साउन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) प्रदेश नम्बर १ ले विराटनगरमा बृहत् प्रदर्शन गर्दै मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । स्थानीय स्तरबाट सुरू गरिएको आन्दोलनको सुनुवाइ नभएपछि संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले भोकमरीबाट बाँच्न बृहद् प्रदर्शनसहित मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको हो । प्रदर्शनका क्रममा शिक्षक कर्मचारीले इस्टुले उधारो सम्झौता गर्दैन । कुनै महिनाको तलब छोड्दैन । भोकै जीविका चल्दैन । हामीलाई भिख चाहिँदैन । बालबच्चा भोकै पार्न पाइँदैन । सरकार तिमी कहाँछा ै? कर हामी तिर्ने गरेका छौं । राज्यको दाइत्व पूरा गर । राज्यबाट निजी विद्यालयलाई अराजक हुन नदेऊ लगायत नारा लेखेकेका प्लेकार्ड बोकेर…
भद्रपुर, ७ साउन । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमती दिने तयारीमा रहेको नगर शिक्षा समितिले विद्यालयको भौतिक पुर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि निशेचीकरणको अवस्था बारे अनुगमनको क्रममा विभूति विद्या मन्दिरको निरीक्षण गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा शिक्षा, स्वास्थ्य सहितको प्राविधिक टोलीले तत्काल विद्यालय सञ्चालन गर्न आवश्यक पुर्वाधार तयारी पूरा गरे नगरेको स्थलगत अनुगमका क्रममा भद्रपुर १० स्थित विभूति विद्या मन्दिरको निरीक्षण गरेको हो । अनुगमनका क्रममा कोरोना रोगको भाइरस सर्न नदिने वातावरण निर्माण अन्र्तगत तयारी गरिएको निशेचीकरण उपकरण जडान, त्यसबाट उत्पन्न हुन सक्ने लाभ हानी,…
झापा, ७ साउन । आज थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १०० जना थपिएसँगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको जानकारी दिए । जसमध्ये १२ हजार ६८४ जना निको भएका छन् भने अब सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको गौतमले जानकारी दिए । आज थपिएका संक्रमितमा काठमाडौंका ३ जना रहेका छन् । बुधबार देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले संक्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको प्रवक्ता डा. गौतमले बताए…
दीपक चापागाईंकनकाई नदीको पुल तरिरहेको थिएअचानक रोदन र चित्कार आवाजएकदमै कारुणिक भावले मेरो मन तान्योएसो उत्तरतर्फ फर्केर हेरेको । आगोले जलाएर खरानी बनाउनेमरेका मानिसका लाशमा रमाउनेफलामको चिता चिच्याइरहेको थियोउसको चित्कारले मेरो ध्यान लियो । विस्तारै चिताको नजिक पुग्दा तमाईमा आएको भेलले हप्काउंदै थियोकयौँ लासहरु देखी नडराउने चितामाईमा आएको भेलवाडीसँगचिच्याउँदै भनिरहेको थियोकृपया मलाई नबगाई देऊमैले धेरै पापीहरुलाईखरानी बनाएर पेलेको छु । मै हुँ भन्ने र धनले मातेकाहरुलाईनाङ्गै बनाएर शरीरका कपडाहरु खोलेको छुधेरै पापी र अधर्मीहरुको छातीमाधुसिया भ्रष्टचारी र उसका साथीमा । फलामे टाँड माथी राखिरहँदाती आगोको लप्कामा पाकिरहँदाफलामले अंग अंगमा डाम्दैआफ्नो विगत सम्झिएर काप्दै । सत्ता, शक्ति र पैसाको आडमामच्चाएका वितण्डाका…
बिर्तामोड, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस आज झापामा मनाइएको छ । पुष्पलाल मित्रता केन्द्र झापाले पनि आज बिर्तामोडमा विचार गोष्ठीको आयोजना गरी दिवसमा मनाएको हो । कार्यक्रममा वक्ताहरुले उनको योगदानको स्मरण गरेका थिए । केन्द्रका संयोजक मणि भण्डारीको अध्यक्षता तथा नेकपा प्रदेश कमिटी सदस्य पुष्प पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा अधिकांश वक्ताहरुले नेकपाको केन्द्रमा देखिएको पदीय लोलुपता र अस्थिरता विरुद्ध खुलेर आलोचना गरेका थिए । टुक्राटुक्रामा विभक्त कम्युनिष्ट पार्टीहरुलाई एकताको सूत्रमा बाँध्ने प्रयासलाई सार्थकता दिनुपर्नेमा केन्द्रीय नेतृत्वले आम कार्यकर्ताको भावना विपरित काम गरिरहेको उनीहरुको टिप्पणी छ । लामो प्रयासबाट एकीकृत…
झापा, ७ साउन । विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ । संक्रमित मध्ये हालसम्म ९१ लाख १६ हजार ६५५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ६३ हजार ५५५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६३ हजार ६१४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको…