
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ७ साउन । अविरल वर्षाका कारण झापाको कनकाई नदीले झापा गाउँपालिका–२ स्थित पाँच सय मिटर जनताको तटबन्ध भत्काएको छ । बाढीले तटबन्ध भत्काउँदा झापा गाउँपालिका–१ र २ वडाका अधिकांश भूभाग डुबानमा परेको नेपाल रेडक्रस सोसाइटी झापाका आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन हरिशरण खड्काले जानकारी दिन्ुभयो । बाढीले तटबन्ध भत्काउँदा ती वडाका पाँच सय बिघाभन्दा बढी भूभाग डुबानमा परेको छ । बाढीले यहाँका ४९ परिवारका २४१ पूर्ण विस्थापित भएका छन् । झापा गाउँपालिका–१ स्थित मिलनबस्तीका १९ परिवारका ९२ जनालाई सितुमारी प्रावि र वडा नं. २ का ३० परिवारका १४९ जना विस्थापित परिवारलाई लक्ष्मी प्राविमा राखिएको रेडक्रस झापाले जनाएको छ…
रोहित काफ्लेभद्रपुर, ७ साउन । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन नजिकिँदै जाँदा देशभरि चुनावी चहलपहल देखिन थालेको छ । यसैक्रममा, झापा उद्योग वाणिज्य संघले महासंघको आसन्न निर्वाचनमा खुलातर्फको केन्द्रीय सदस्य पदको उम्मेदवारीका लागि संघका पूर्व अध्यक्ष उमेश डालमियाको नाम सिफारिश गर्ने निर्णय गरेको छ । यसैगरी, महासंघको संस्थापक सदस्यको हैसियतले प्राप्त हुने संस्थापकतर्फको केन्द्रीय सदस्य पदका लागि संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार घिमिरेलाई पठाउने निर्णय पनि संघले गरेको छ । संघको सभाहलमा अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा बुधबार सम्पन्न नियमित मासिक बैठकमा ती नाम सिफारिश गर्न कार्यसमितिले सर्वसम्मत निर्णय गरेको महासचिव पंकज शर्माले जानकारी दिए । उद्योग वाणिज्य क्षेत्रमा लामो समयदेखि सफल…
झापा, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै पुष्पलाल श्रेष्ठप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ । आज ४२औँ पुष्पलाल स्मृति दिवसको अवसरमा वक्तव्य जारी गर्दै पूर्व प्रधानमन्त्री खनालले पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेको बताउनुभएको छ । उहाँले पुष्पलालले नेपाल र नेपाली जनतालाई पु¥याएको योगदान कहिल्यै भुल्न नहुने बताउनुभयो । “ऐतिहासिक प्राकृतिक विकास प्रक्रियाको रुपमा नेपाली कम्युनिष्ट आन्दोलनका जन्मदाता, प्रणेता साथै संवाहक पुष्पलाल हुनुहुन्छ”, उहाँले भन्नुभएको छ, “पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज हामीले देशको संविधान निर्माण गरेका…
इलाम, ७ साउन । ‘सदावाहर’जस्तो चलिरहने चिया विवाद फेरि बल्झिएको छ । केही महिना अघि मात्र शुरु भएको किसान–उद्योगी विवाद साम्य हुन नपाउँदै यहाँस्थित सूर्योदय नगरपालिकामा अर्को विवाद चर्केको छ । केही दिनअघि नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, नगरपालिकाको चिया शाखा सचिवालय संयोजक देवेन्द्र शर्मा, चिया तथा कफी बोर्डका प्रमुखसहितको टालीे उद्योगमा पुगेर अनुगमन गरेपछि विवाद बाहिरिएको हो । नगरपालिकाले बनाएको दुई वर्षअघिको चिया मापदण्ड कार्यान्वयन भएको÷नभएको बुझ्न उद्योग गएको अनुगमन टोलीले आफूहरूको आँच आउने काम गरेको भन्दै उद्योगीले आपत्ति जनाएका छन् । नगरपालिकाको कार्यविधिमा किसानको हरियो चियापत्तीको मूल्य प्रति किलो रु ४० न्यूनतम दिनुपर्ने प्रावधान कार्यान्वयनमा आएको÷नआएको…
बिर्तामोड, ७ साउन । बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महताराले जनतासँग सीधा कुरा टेलिभिजन कार्यक्रमले ‘नियोजित’ रुपमा आफूलाई बदनाम गर्न खोजेको जनाएकी छन् । साताअघि झापाको बिर्तामोडमा छायाङ्कन गरिएको कार्यक्रममा तीन वर्षअघि भएको आन्दोलनका क्रममा घाइते भएका मणि नेपालीकी श्रीमतीलाई चोरीको अभियोग लगाएर तलव समेत नदिई कामबाट निकालेको समाचार प्रशारण भएको थियो । घाइते नेपालीकी श्रीमती महतराको घरमा काम गर्थिन् । घरबाट सुनको औँठी हराएपछि नेपालीकी श्रीमतीसँग फोनमा कुरा भएको र उनले औठी फिर्ता दिएर गएपछि फर्किएर काममा नआएको महताराले बताइन् । आफूले तलब नदिई निकालेको भन्ने समाचारको उनले खण्डन गरिन् । राजधानीबाट कार्यक्रम छायाङ्कनका लागि झापा आएको टोलीले भेट गरेर…
बिर्तामोड, ७ साउन । अविरल वर्षाका कारण झापाको बुद्धशान्ति–७ स्थित मोतिडाँडामा मंगलबार राति पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति–७ स्थित मोतिडाँडामा पहिरोले स्थानीय तेजकुमार बराईलीको घर बगाउँदा मेचीनगर–९ मागुरमाडीका १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । पहिरोमा परी सोही घरकी ७७ वर्षीया तिलमाया, २१ वर्षीया कल्पना र १९ वर्षीया पुष्टिना बराइलीसमेत घाइते भएका छन् । मृतक दर्नाल तेजबहादुर कहाँ पाहुना आएका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले स्थानीयबासी र जेसीवीको सहायतामा पहिरोमा पुरिएको अवस्थामा राति करिब १ बजे…
ताप्लेजुङ, ७ साउन । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको छ । यस्तै बाढीले तिब्बतको रिउ जोड्ने सडक र चिनियाँ ठेकेदारको एउटा गाडीसमेत बगाएको बताइएको छ । सडक निर्माणका क्रममा ठेकेदारले ल्याएको गाडी सडक अवरुद्ध भएपछि ओलाङचुङगोलामा नै छाडिएको थियो । यस्तै दुई पुल बग्दा करिब रु १४ लाख बराबरको…
झापा, ७ साउन । अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार गत २५ असारदेखि मंगलबारसम्म विभिन्न सडकखण्डका १ सय ३ स्थानमा क्षति पुगेको छ भने ती स्थानमा यातायात अवरुद्ध भएको थियो । जसमध्ये ३४ स्थानमा अझै अवरोध हटेको छैन भने कतिपय ठाउँमा आंशिक रूपमा सडक सञ्चालन भएको छ । सडक विभागले सडकखण्डमा रहेको अवरोध हटाउने प्रयास जारी राखे पनि भारी वर्षा तथा बाढीपहिराका कारण समस्या भइरहेको जनाएको…
काठमाडौँ, ७ साउन । अघिल्लो साता शीतलनिवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न नेपाल कोटेश्वरबाट महाराजगञ्जतिर हुईंकिए । राष्ट्रपतिले भनिन्, ‘तपाईंलाई मध्यस्थकर्ताको रूपमा सबैले निपुण ठान्छन् । अहिले पार्टीमा देखिएको अन्तरविरोध समाधानमा पनि त्यहीअनुसार गरिदिनुप¥यो ।’ नेपाल केही नबोली सुनिरहे तर राष्ट्रपतिले थपिन्, ‘मैलेभन्दा बढी तपाईंले नै संगत गर्नुभएको र चिन्नुभएको मान्छे हो उहाँ ९केपी ओलीप्रति इंगित गर्दै० । मैले पनि एकदिन यहाँबाट छाडेर जानैपर्छ ।’ त्यसपछि राष्ट्रपतिले निर्वाचनताकाको क्षण स्मरण गर्दै भनिन्, ‘तपाईंहरूले नै मलाई यो पदमा ल्याउनुभएको हो । भोलि फेरि…
काठमाडौँ, ७ साउन । अरु बेलाजस्तो अस्ति सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले लामो भनाइ राखेनन् । बरु, बैठकको बीचमा नेकपा अध्यक्ष प्रचण्डले अघिल्लो शनिबार आफूलाई झुक्याएर शीतल निवास पु¥याएको प्रसंगसम्बन्धी अहिले मान्छेहरूको मुखमुखमा झुण्डिएको ‘परिबन्द’ शव्द प्रयोग गरे । अनि, सबै मन्त्री गलल हाँसे । ‘अहिले देशव्यापी रुपमा बाढी, पहिरोले प्राकृतिक विपद् मच्चिएको छ । यस्तो बेलामा सबै राजनीतिक दल, संघसंस्थालाई त्यसतर्फ केन्द्रित हुन आह्वान गरौँ’ भनेर प्रधानमन्त्रीले बैठक शुरु गरे । अरु दिनभन्दा अलिक बढी थकितजस्तो देखिएका उनले पहिला–पहिला विभिन्न मन्त्रीलाई उनीहरूले ल्याएको प्रस्तावबारे सोधखोज र टिप्पणी गर्थे । तर, सोमबार त्यस्तो केही भनेनन् । शुरुमा विपद्बारे…