
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ६ साउन ।कोरोना महामारीसंगै लकडाउनको कारण बन्द रहेको सार्वजनिक यातायात आगामी साउन ८ गते देखि सञ्चालन गर्ने यातायात व्यवसायीले घोषणा गरेका छन । यस अघि नै सरकारले सुरक्षा विधि अपनाएर यातायात संचालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए । तर मंगलबारको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको छ ।
बिर्तामोड, ५ साउन । ‘एकका लागि एक’ अभियानले मंगलबार शिवसताक्षीका अतिविपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले वडा नम्बर ८ लालझोडाका अतिविपन्न तथा सुकुम्बासी ३१ परिवारलाई खाद्यान्न वितरण गरेको हो । एक परिवारलाई भने नगद पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो । स्थानीय महिला अगुवा शोभा राई पौडेलको संयोजनमा भएको खाद्यान्न वितरण कार्यक्रममा लालझोडाका दैनिक ज्यालादारी गर्ने परिवारलाई अभियानको तर्फबाट खाद्य सामग्री वितरण गरिएको हो । हातखुट्टा नचल्ने स्थानीय प्रेमबहादुर राना मगरको परिवारलाई नगद प्रदान गरिएको थियो । अभियानका सदस्य गजेन्द्रबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ती परिवारलाई २५ किलो चामल, २ किलो…
झापा, ६ साउन । झापा गाउँपालिका–३ फुलगाछीबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । सोमवार राती साँढे ९ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले ज ८ प ७७५ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका कन्काई नगरपालिका(४ का २७ बर्षीय दावा दोर्जे शेर्पा र ३० बर्षीय मोहन हेमरनलाई १ ग्राम २७० मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर, ६ साउन । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपि) को ३८ औं स्मृति दिवसको अवसर पारेर चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । बीपी स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस भद्रपुर नगर समितिको आयोजनामा भद्रपुर १० स्थित बीपी चौकमा विचार गोष्ठी तथा माल्याणपर्ण सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागी बक्ताहरूले बीपीको विचार अनुसरण गर्न नसकिएकै कारण देशमा कम्युनिस्टले मनपरी शैलीमा राज्य सञ्चालन गर्दा संकट उत्पन्न भएको आरोप लगाए । उनीहरूले काँग्रेस नेतृत्वले बीपीको समाजवादी चिन्तन भुल्दै गएको प्रति चिन्ता समेत व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटी, नेपाल महिला…
भद्रपुर, ६ साउन । बहुविवाह मुद्दा र सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार दुई अभियुक्त पक्राउ पछि जेल चलान भएका छन् । बहुविवाहको अभियोगमा साविक शरणामती गाविस–५ का ३४ वर्षीय कुमार शिवाकोटी भन्ने रुपनारायण शिवाकोटी र सरकारी छाप दस्तखत कीर्ते अभियोगमा बिर्तामोड नगरपालिका–१ हनुमाननगर टोलका २५ वर्षीय सुशिल बस्नेतलाई जिल्ला अदालत झापाले सजाय सुनाएको थियो । फरार उनीहरुलाई पक्राउ परी जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । कृष्णमाया रिजालले दिएको जाहेरीका आधारमा बहुविवाह मुद्दामा झापा जिल्ला अदालतले शिवाकोटीलाई २०७० चैत ९ गते एक वर्ष छ महिना कैद र रू १५ हजार…
विराटनगर, ६ साउन । आधुनिकयन्त्रको प्रयोग गरी उत्पादन वृद्धि गर्नुका साथै कृषकलाई व्यावसायिक बनाउन गर्न रु एक करोड १४ लाख बराबरको विभिन्न कृषि उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ मोरङद्वारा सोमबार यहाँ आयोजित कष्टम हायरिङ सेन्टर तथा साना मेशिनरी औजार हस्तान्तरण कार्यक्रममा मोरङका माछा तथा धान जोनमा आबद्ध किसानलाई कृषिका आधुनिक उपकरण वितरण गरिएको हो । माछा जोनमा आबद्ध १६ किसानलाई रु ३४ लाख बराबरको माछा पोखरीमा पानी पटाउन एक–एक थान मोटरपम्प, माछा तौल गर्न ४१ किसानलाई डिजिटल काँटा, ५९ किसानलाई पानी मापनका लागि पिएच मिटर तथा माछालाई अक्सिजन प्रदान गर्न छ एरियेटरलगायतका उपकरण प्रदान…
इलाम, ६ साउन । यतिबेला चिया क्षेत्रमा उद्योगी र किसानबीच मनोमालिन्य भइरहेको छ । उद्योगीले चियाको उचित दाम नदिएको भन्दै किसान आन्दोलनमा छन् । यतिमात्र होइन, वर्षैपिच्छे उद्योगविरुद्ध किसान र मजदुरले आन्दोलन गर्छन् । यसको मतलव उद्योगीसँग किसान–मजदुर असन्तुष्ट छन् भन्ने बुझिन्छ तर, यही क्षेत्रमा किसान–मजदुरलाई ‘चित्त बुझ्दो’ दाम दिने उद्योगीको समेत कमी छैन । यसैमध्येमा पर्ने चिया उद्योगी हुनुहुन्छ सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईं । सधैँ किसान–मजदुरको पक्षमा वकालत गर्ने चापागाईँ चिया उद्यमीमध्ये पनि सबैभन्दा ‘सिनियर’ उद्योगीमा पर्नुहुन्छ । उहाँ चिया क्षेत्रमा रहेदेखि नै सधैँ किसान–मजदुरकै पक्षमा काम गर्दै आएकाले सधैँ उद्योगमा किसान–मजदुर माथिल्लोस्तरमा पर्ने बताउनुहुन्छ…
भोजपुर, ६ साउन । लगातारको वर्षाका कारण पहिरो जाँदा भोजपुर जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ । पहिरोका कारण पौवादुङमा गाउँपालिका–५ सानोदुम्मा टीकाराम तामाङको घर पूर्णरुपमा क्षति भएको छ भने सोही वडाका चौहानबारीका जङ्गबहादुर तामाङकोे भान्साघर पुरिएको प्रहरीले जनाएको छ । टीकारामको घरको गाह्रो भत्किँदा तामाङको पाँच कुखुरा मरेका छन् । घर भत्किएपछि उनको परिवार स्थानीय गजेन्द्र तामाङको घरमा गई बसेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिनुभयो । यस्तै वर्षाका कारण आम्चोक गाउँपालिका–१० पाङ्चामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको पर्खाल भत्किँदा विद्यालयको शौचालयको सेफ्टीट्याङ्की पूर्णरूपमा क्षति भएको छ । त्यस्तै रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको स्वास्थ्यचौकीको…
झापा, ६ साउन । आइतबारदेखि निरन्तर परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा सञ्चालित केही आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलामसहित पाँचथर र ताप्लेजुङबाट सञ्चालित अधिकांश जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन ठप्प भएको हो । जम्मा भएर आएको भेलका कारण कतै विद्युत् उत्पादनगृहभित्र नै पानी पसेर समस्या आएको छ भने कतै पहिरोका कारण पाइपमा समेत क्षति पुगेको काबेली करिडोर प्रसारण लाइन आयोजनाले जानकारी दिएको छ । कतिपय आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको र केही आयोजनाको कम मात्रै बिजुली उत्पादन हुन थालेको छ । इलामको पुवाखोला जलविद्युत् आयोजनामा सबै पानी पसेर समस्या भएको छ ।…
मङ्गलबारे, ६ साउन । गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो । माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फस्नुभएको थियो । सो खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उहाँहरुको सकुशल उद्धार गरेको थियो । भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उहाँहरु आपतमा पर्नुभएको थियो । साँझमा बाढीमा फस्नुभएका उहाँहरुलाई…