
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ साउन । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षाकोसमेत सम्भावना छ । त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो…
झापा, ५ साउन । झापामा तीन जनासहित कोरोना भाइरस कोभिड–१९ बाट आज थप १८६ जनामा संक्रमण पुष्टि भएको छ । यसको पुष्टि जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा गरेका हुन् । देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २१६ पीसीआर परीक्षणमा थप १८६ जनामा कोरोना भाइरस देखिएको हो । जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा झापामा, ३, सुनसरीका ६, इलामका १, मोरङका १, सिरहाका १, सप्तरीका ९, धुनषाका २, पर्साका ४, बाराका ४६, काठमाडौँका २, सर्लाहीका २३, सोलुखुम्बुका ४, ललितपुरका १, कास्कीका ८, लमजुङका १ , तनहुँका २, स्याङ्जाका १, बाँकेका २, रोल्पाका ४, सल्यानका ३,…
सुनसरी, ५ साउन । जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ५८२० केजी माछा बरामद गरी नष्ट गरेको छ । गत शुक्रबार अपरान्ह ५ बजे इनरुवा–४ बाट भारतीय नम्बर प्लेटको WB 25 J 6141 नम्बरको ट्रकमा लोड गरी ल्याएको माछा प्रहरीले बरामद गरेको हो । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले भारतिय नम्बर प्लेटको उक्त ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा भारतबाटै ल्याएको उक्त परिमाणको माछा फेला पारी बरामद गरेको हो । भारतमा उत्पादित तर नेपालमा प्रतिवन्धित गरिएको माछा ल्याईएको पाइएपछी ट्रकसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै ट्रक र ट्रक चालक भारत पश्चिम वंगाल…
झापा, ५ साउन । साउनको सोमबार शिवालयमा जल चढाउने कार्यक्रम कोभिड–१९ को महामारीको कारण प्रभावित भएको छ । साउन महिनाको पहिलो सोमबार आज शिवालयमा अरु बेलाको जस्तो घुइँचो छैन । अधिकांश भक्तजनले आफ्ना घरमै पूजा सम्पन्न गरेको तथा थोरै मात्र शिवालय मन्दिरमा पुगेका छन् । ‘पूर्वको पशुपतिनाथ’ अर्जुनधारा जलेश्वरधामको प्रवेशद्वार आज बिहान करीब तीन घण्टा मात्र खुलेको छ । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार आज बिहान ४ः३० बजे नित्य पूजाका लागि प्रवेशद्वर खुला गरिएको तथा तीन घण्टापछि ७ः३० मा बन्द गरिएको थियो । धाम समितिले केही दिनअघि नै सार्वजनिक सूचना जारी गरी कोरोना महामारीका कारण साउनमा मन्दिर खुला…
झापा, ५ साउन । झापा अर्जुनधारा नगरपालिका–६ का युवा दीवाकरलाल चौधरीले बन्दाबन्दीको १०८ दिनसम्म ४५ जना सडक मानिसलाई खाना खुवाउनु भएको छ । सडकमा बेसहारा अवस्थामा रहेका उनीहरुलाई बन्दाबन्दी भएको एक सातापछि अर्थात् चैत १७ गतेदेखि उहाँले खाना खुवाउन शुरु गर्नुभएको हो । विभिन्न संघसंस्था र स्थानीय सरकारको नजर नपुगेको देखेपछि मानवीयताका हिसाबले सडक मानिसको खोजी गर्दै तयारी खाना वितरण गरेको उहाँको भनाइ छ । “सबैभन्दा ठूलो कुरा मानवीयता हो”, उहाँले रासससँग भन्नुभयो, “विपन्न परिवारहरुलाई स्थानीय सरकार र विभिन्न संघसंसस्थाले राहत दिएको देखियो, तर घरवारविहीन सडक मानिसतिर कसैको पनि ध्यान जान सकेन÷ सकेको छैन ।” कोरोना भाइरसले विश्व नै आक्रान्त…
विराटनगर, ५ साउन । मोरङको विराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ वर्षीय तारिकन अनवर, बिराटनगर–६ का २० बर्षीय सुमित दास र सोही स्थानका १८ बर्षीय मनिस दास रहेका छन । उनीहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । हिजो साझ साढे ६ बजे साईकलमा रहेका भारतिय नागरिक अनवरलाई विराटनगर(१५ स्थितबाट ३५ ग्राम ५६० मिलिग्राम खैरोहिरोयन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । उनले साईकलको सिटमुनी ब्राउनसुगर लुकाई राखेका थिए । यसैगरी बिराटनगर–१६ स्थितमा पैदल हिडिरहेका सुमित र मनिसलाई १२० नाईट्राभेट लागुऔषध ट्याब्लेट सहित पक्राउ गरिएको हो…
इलाम, ५ साउन । भारततर्फ निकासी–पैठारीको चेकपोष्ट नहुँदा यहाँको सूर्योदय नगरपालिकास्थित पशुपतिनगरबाट अवैध तरिकाले सामान भित्रिने गरेको छ । नेपालतर्फ भन्सार भए पनि भारततर्फ भन्सारको चेकपोष्ट नहुँदा नेपालतर्फ सामग्री भित्र्याउँदा भन्सार महसुल तिर्न नसकिएकाले नेपालतर्फ अवैध तरिकाले सामग्री भित्रिने गरेको पाइएको छ । भारतीय सीमा क्षेत्रमा पशुपतिनगर बजार क्षेत्र भएकाले सीमावर्ती नेपालीको सरसामान किन्न जाने ठाउँ हो तर सीमामा चेकपोष्ट नहुँदा अवैध तवरले सामग्री आउने गरेको पशुपतिनगर भन्सार प्रमुख गजेन्द्र भट्टराई बताउनुहुन्छ । नेपाल भित्रिएको सामानको रसिद बनाइदिने भन्दा पनि कतिपय भने हतोत्साहित भएर कार्यालयमा दर्ता नै नगर्ने गरेको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो । “भारततर्फबाट अवैधरूपमै ल्याए पनि हाम्रोमा दर्ता…
आशिष पौडेल भारतिय कलाकार सुशान्त सिंह राजपुतको मृत्यु भएको एक महिना भैसकेको छ । धेरैले यसलाई ‘हत्या’ भने पनि प्रहरी प्रशासनले भने आत्महत्या हो भन्ने पुष्टि गरिसकेको छ । केहीको मत भने आत्महत्याको लागि दुरुत्साहन गरिएको भन्ने छ र सिबिआइ जाँच हुनुपर्ने माग छ । यसैबीच एक पारालौकिक विशेषज्ञ (paranormal expert) मानिने स्टिभ हफ नामक व्यक्त्तिले आफूले सुशान्त सिंहको आत्मासँग कुरा गरेको बताएका छन् । उनले आफू र सुशान्त सिंह बीच भएको कुराकानी युट्युबमा समेत राखेका छन् । कुराकानीको क्रममा हफले ‘त्यो दिन के भएको थियो’? भनि सोधेका थिए । उताबाट जवाफ आवाज आउँछ “Big Arguments with men” अर्थात् “मान्छे(हरु)सँग…
सुरुङ्गा, ५ साउन । झापामा अपराधका घटनामा कमी आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६८७ मुद्दा दर्ता भए पनि २०७५/०७६ मा घटेर एक हजार ४६४ वटा मात्र मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा अ’पराधका घटनामा अझ कमी आई एक हजार १७० वटा मात्र मुद्दा दर्ता भएका छन् । तीमध्ये कर्तव्य ज्यान १३ र ज्यान मार्ने उद्योगका २७ वटा घटना छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पछिल्लो तीन वर्षमा झापामा घटेका चार हजार ३२१…
झापा, ५ साउन । झापाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् । धान रोपेको महिना दिनमै शुरुमा गुभो कुहिने र पछि बोटै मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । “रोपेको १५ देखि २० दिनभित्रमा धान हरियो देखिनुपर्नेमा सबै रातो देखिन्छ”, स्थानीय ४३ वर्षीय किसान सुवेदबहादुर भुजेल टाउकोमा हात राख्दै भन्नुहुन्छ, “गर्भैमा रोग लाग्यो, सबै धान सखाप भयो अब के खानु ।” उहाँलगायत सारु गौडाका अन्य १० जना किसानले २५ बिघा जमीनमा लगाएको धानमा यो समस्या देखा परेको छ । महँगो खनजोत, मल र बीउको प्रयोग गरी रोपेको…