
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ५ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झण्डै १६ करोड रुपैंयाँ हराएको छ । अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैंयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैंयाँ बैंक मौज्दात देखिएको थियो । सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार मौज्दात छ । बैंकमा १६ करोड ४४ लाख ८ हजार रुपैंयाँ घटी देखिएको छ । घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखापरीक्षकको बार्षिक प्रतिवेदनमा उल्लेख छ । आजको अन्नपूर्ण पोष्ट खबर छ ।
काठमाडौं, ५ असार । नेकपा स्थायी कमिटी बैठक फेरि दुई दिनका लागि सरेको छ भने गतिरोध यथास्थितिमा देखिएको छ । आगामी मंंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अध्यक्ष केपी ओलीको मात्र भएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असहमति जनाएका छन् । वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि असहमति स्पष्ट पारिसकेका छन् । आइतबार बिहान प्रचण्डले खुमलटारस्थित निवासमा वरिष्ठ नेताहरू खनाल, नेपाल, प्रवक्ता श्रेष्ठसहित स्थायी कमिटीका करिब डेढ दर्जन नेतालाई बोलाएका थिए । शनिबार सचिवालयको बैठक र राष्ट्रपतिनिवासमा भएको छलफलबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले ओलीको प्रस्तावमा आफ्नो सहमति नभएको प्रस्ट पारेका हुन् । ‘त्यो ओलीजीको मात्रै प्रस्ताव हो, मैले त सदस्यताको टुंगो छैन, नवीकरण…
झापा, ५ असार । संघीय सरकारको सञ्चित कोषको घाटा २ खर्ब १४ अर्ब रुपैयाँमा झरेको छ । आर्थिक वर्ष २०७६र०७७ मा आम्दानीको तुलनामा खर्च कम भएपछि सञ्चित कोषको घाटा अघिल्लो वर्षको तुलनामा घटेको हो । आर्थिक वर्ष २०७५–०७६ मा यो घाटा २ खर्ब ३१ अर्ब रुपैयाँ थियो । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष सञ्चित कोष १६ अर्ब १९ करोड रुपैयाँ ‘सरप्लस‘मा छ । वर्षको अन्तिम दिन सञ्चित कोष सन्तुलित भए पनि अर्थमन्त्री डा. युवराज खतवडाकै जोडबलमा १६ अर्ब रुपैयाँ बराबरको बजेटरी सहयोगबापतको वैदेशिक सहायता परिचालन गर्ने निर्णय भएको अर्थ मन्त्रधालय स्रोत बताउँछन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ…
काठमाडौँ, ५ साउन । सरकारले उच्च शिक्षा अध्ययनका लागि भारत जाने विद्यार्थीलाई राजस्वको दायरामा ल्याउन नसक्दा एक वर्षमै करिब २८ करोड रुपैयाँ गुमेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५–७६ मा २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ राजस्व गुमेको छ । वार्षिक प्रतिवेदनमा आव २०७५-७६ मा १० हजार ५ सय विद्यार्थीले नेपालबाट भारतमा गई स्नातक तह अध्ययन गरेको उल्लेख छ । महालेखाले त्रिभुवन विश्वविद्यालयको समकक्षता अभिलेखअनुसार सो विवरण उल्लेख गरेको जनाएको छ । आव २०७५–७६ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ७ करोड ९३ लाख ६८ हजार विदेशी मुद्रा विदेश पठाउन स्वीकृति दिएको…
झापा, ५ साउन । स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न खडा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दाताले सहयोगस्वरूप उपलब्ध गराएको १० अर्ब ७० करोड ३७ लाख रुपैयाँको हिसाब पारदर्शी नभएको देखिएको हो । जर्मन सरकार सहयोगअन्तर्गतको केएफडब्लूले स्वास्थ्य मन्त्रालयलाई अनुदानमार्फत उपलब्ध गराएको १ अर्ब रुपैयाँबराबरको बजेट लेखापरीक्षण नै नभएको पाइएको छ । जसमध्ये ९ करोड ९२ लाख ६२ हजार रुपैयाँ खर्च भएको छ । मन्त्रालयले दातासँगको सो रकम तीन निर्माण व्यवसायीलाई स्वास्थ्य संस्था भवन निर्माणबापत भुक्तानी गरेको जनाए पनि खर्चको स्रेस्ता लेखापरीक्षणको क्रममा पेस गरिएको छैन । बजेट वक्तव्य २०७५–७६ मा पाँच दाताबाट…
काठमाडौं, ५ साउन । सामाजिक सेवाको उद्देश्यसाथ स्थापित नेपाल रेडक्रस सोसाइटी भ्रष्टाचारले थिलथिलो भएको छ। समाज कल्याण परिषद्ले बनाएको अध्ययन अनुगमन समितिले रेडक्रसमा व्यापक बेथिति रहेको प्रतिवेदन सरकारलाई बुझाएको छ। उसले सरकारको स्वीकृतिबिना अर्बौं रकम विदेशबाट ल्याएर अपचलन गरेको समितिको निष्कर्ष छ। पछिल्लो १० वर्षमा वैदेशिक सहयोग १५ अर्ब ९५ करोड ६ लाख रुपैयाँ प्राप्त भएको पाइएको छ। जसमा १५ अर्ब ६१ करोड १८ लाख रुपैयाँ खर्च देखिएको छ। तर, रेडक्रसले गैरसरकारी संस्थाका रूपमा परिषद्बाट ७ करोड १५ लाख रकमको मात्रै स्वीकृति लिएको देखिएको छ। समितिले आर्थिक वर्ष २०६५–६६ देखि २०७५–७६ सम्मको लेखापरीक्षण प्रतिवेदनका आधारमा ६ विषयवस्तु अध्ययन गरेर रकम…
झापा, ५ साउन । सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरिने बताए । विदेशबाट आएका, कोरोना परीक्षणमा पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका, अत्यावश्यक सेवाकर्मीहरू सबैको चिकित्सकको सल्लाह अनुसार पीसीआर परीक्षण हुनेछ । प्रवक्ता गौतमले हवाईमार्ग हुँदै स्वदेश आउनेलाई पाँच दिनसम्म होल्डिङ सेन्टरमा राखेर पीसीआर परीक्षणपछि मात्र घर पठाउने निर्णय भएको जानकारी दिए। स्थलमार्गबाट आउनेको पनि अनिवार्य रूपमा पीसीआर गरिनेछ । उनले सिंहदरबारभित्रका सफाइमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिए ।…
झापा, ५ साउन । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक घटेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५–७६ को तुलनामा आर्थिक वर्ष २०७६–७७ मा श्रम स्वीकृति लिने श्रमिक २७.५९ प्रतिशतले घटेका छन् । विश्व महामारीका रूपमा फैलिएको कोरोनाका कारण स्वदेशमा श्रम स्वीकृति बन्द हुनुका साथै स्वदेश तथा विदेशमा बन्दाबन्दीले सबै उडान ठप्प हुँदा यो सङ्ख्या घटेको हो । विभागका अनुसार आर्थिक वर्ष २०७५–७६ मा पाँच लाख आठ हजार ८०२ जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा आर्थिक वर्ष २०७६–७७ मा तीन लाख ६८ हजार ४३३ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका पनि धेरैजसो अझै जान…
काठमाडौँ, ५ साउन । यस वर्ष जुम्लामा स्याउका बोटमा दाना लागेनन् । जसले गर्दा यहाँका किसान चिन्तित छन् । स्याउका फूल तुषारोले खाएपछि स्याउमा फल नलागेर उत्पादनमा निकै कमी आउने भएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको किसानले बताएका छन् । चन्दननाथ नगरपालिका वडा नं ३ का किसान रामकृष्ण बुढ्थापाका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचा भएको रडिखेल्ला क्षेत्रका सबै बगैँचामा स्याउका फल छैनन् । उनले भने, स्याउ फूूल्ने बेलामा कालो तुषारो लागेपछि फल लाग्न पाएन । बर्सेनि ३ टनभन्दा बढी फल्ने गरेको बताउँदै उनले यो वर्ष निकै घाटा लाग्ने…
बिर्तामोड, ४ साउन । बन्दाबन्दीको अवधिमा तलब सुविधा नपाएका निजी विद्यालयका शिक्षक कर्मचारीले भोलि (सोमबार) बिर्तामोडस्थित प्याब्सनको कार्यालय र केही निजी विद्यालयमा तालाबन्दी गर्ने भएको छ । भोलि दिउँसो १ बजे प्याब्सनको कार्यालयमा तालाबन्दी गर्न लागिएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा अध्यक्ष होमराज खतिवडाले बताउनुभयो । ‘प्याब्सनको कार्यालयमा तालाबन्दी तथा शिक्षक कर्मचारी निस्काशन गर्ने केही निजी विद्यालयमा समेत तालाबन्दी गर्ने कार्यक्रम रहेकाले छ’, उहाँले भन्नुभयो । झापामा सञ्चालित अधिकांश संस्थागत विद्यालयले शैक्षिक वर्ष २०७६ को केही महिना र २०७७ को बन्दाबन्दीको अवधिको पनि सेवा सुविधा नदिएको इस्टु झापाले जनाएको छ । यसखालको अमानवीय व्यवहारविरूद्ध पटक पटक सरकारसित समेत गुहार…