
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, ३ साउन । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६–७७ मा कूल रु छ अर्ब ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु १० अर्ब १२ करोड ५९ लाख दुई हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा राखिएको थियो । यो लक्ष्यभन्दा रु तीन अर्ब १६ करोड ८३ लाख ३० हजार कम हो । अघिल्लो वर्षको तुलनामा रु १५ करोड ५४ लाख १६ हजार कम राजस्व सङ्कलन भएको कार्यालय प्रमुख दिलीप सापकोटाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४–७५ मा रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार र आर्थिक वर्ष २०७५र७६ मा रु सात…
भद्रपुर, ३ साउन । आन्तरिक राजस्व कार्यालय मेचीले कोेभिड–१९ का कारण लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७६–०७७ मा विभिन्न शीर्षकमा रु तीन अर्ब एक करोड अर्थात् लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको झापाका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले बताउनुभयो । कार्यालयले आय करतर्फ रु एक अर्ब २५ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ३७ करोड र अन्तः शुल्कतर्फ रु ३८ करोड र अन्य शीर्षकमा रु एक करोड गरी रु तीन अर्ब एक करोड राजस्व सङ्कलन गरेको छ । उहाँका अनुसार झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्य क्षेत्र रहेको कार्यालयले गत वर्ष रु…
विराटनगर, ३ साउन । मेची–महाकाली रेल मार्ग निर्माणका कारण मोरङको बेलबारी नगरपालिकाबाट विस्थापित हुने १५० घरपरिवारले उचित क्षतिपूर्तिको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् । रेलमाग विस्थापित समन्वय तथा सङ्घर्ष समितिका सल्लाहकार संयोजक विश्व न्यौपानेले पाँचबुँदे माग सम्बन्धित निकायमा छलफल गरी पूरा गर्न आग्रह गर्दै प्रजिअ मदन भुजेललाई ज्ञापनपत्र बुझाउनुभयो । सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्रमा बेलबारी नगरपालिका वडा नं ९ र १० मा पर्ने १२५ घरपरिवारको चलनचल्तीको मूल्यमा घरजग्गा मूल्याङ्कन गरी उचित क्षतिपूर्ति उपलब्ध गराई रेल मार्ग निर्माण प्रक्रिया अगाडि बढाउनु पर्ने, नयाँ कित्ता नम्बर समावेश गरी नयाँ नक्सा उपलब्ध गराई फारम भर्न पुनः सूचना प्रकाशित…
झापा, ३ साउन । कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ । पछिल्ला दुई साताको अवधिमा २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा नै ५ हजार ४ सय ५० जना डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २० असारदेखि हालसम्म दैनिक औसतमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको देखिन्छ । त्यस्तै, दुई साताको अवधिमा दैनिक ३ सय ८९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ दिनको अवधिमा ६६…
बुटवल, ३ साउन । देशभरमा कोरोना सङ्क्रमणको सबैभन्दा उच्च दर रहेको प्रदेश–५ कुनै ‘भवितव्य’ नभएमा छिट्टै कोरोना मुक्त प्रदेश बन्दैछ । उच्च जोखिममा गनिएको यो प्रदेश निको भएर घर फर्किने दर ९१ प्रतिशत छ । देशभर यस्तो दर ६६ प्रतिशत मात्रै छ । देशभर सङ्क्रमणको दर छ प्रतिशत हुँदा यो प्रदेशमा आठ प्रतिशत थियो तर यही प्रदेश विशेष सावधानीका कारण कोरोना मुक्त हुँदैछ । यो प्रदेशमा सङ्क्रमित चार हजार ९८ मध्ये तीन हजार ६३७ जना निको भएर घर फर्किसकेका छन् । अब निको हुन ३७७ जना मात्र बाँकी छन् । प्रदेश–५ सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशभर कोरोना सङ्क्रमणबाट…
झापा, ३ साउन । दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । “मन्दिर खुला गरिए पनि कोरोना भाइरस ९कोभिड–१९०बाट बच्न आवश्यक ठानिएका सबै पालना गर्दै गराउँदै मन्दिर खुला हुन्छ”, उनी भन्छन् । महादेवको अतिप्रिय महिना र प्रिय सोमबार मानिने यो महिना दर्शनार्थी एक पटक मात्र भए पनि दर्शन गर्न पाऊँ भनेर मन्दिर आसपास आइरहेका छन् । पशुपतिनाथका नित्य दर्शनार्थी सिनामङ्गल निवासी मनोज भण्डारीका अनुसार निकै दर्शनार्थी मन्दिर परिसरमा पस्न चाहिरहेका छन् । कतिपयले अमालकोट कचहरीस्थित जलद्रोणी…
काठमाडौं, ३ साउन । काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं , भक्तपुर र ललितपुर जिल्लाका धेरै भीड हुने विभिन्न १२ स्थानमा सङ्कलन गरिएको ४ हजार ८ सय जनाको नमुना परीक्षणमा तीन जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताइएको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले सङ्क्रमित तीनमध्ये दुई जना विदेशबाट फर्किएका र एक जना ब्युटीपार्लर व्यवसायमा संलग्न व्यक्ति रहेको बताए । समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएको छैन । प्रवक्ता डा। गौतमले अन्य विभिन्न तथ्य र प्रमाणले पनि समुदाय स्तरमा सङ्क्रमण फैलिएको कुरालाई पुष्टि गरेको…
काठमाडौं, ३ साउन । सर्वोच्च अदालतको मुद्दा फस्र्योट दरमा सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७६र७७ मा सर्वोच्चमा एक हजार ५६६ थानभन्दा बढी मुद्दा फस्र्योट भएका छन् । यसमा निवेदन तथा प्रतिवेदनको सङ्ख्या उच्च छ । सर्वोच्चले जिम्मेवारी सरेका समेत ३५ हजार १३१ मध्ये दस हजार ७५९ थान मुद्दा फस्र्योट गरेको छ । फरक रूपमा गरिएको पेसी व्यवस्थापनका कारण कोरोना भाइरस (कोभिड–१९) असहज अवस्थामा पनि मुद्दा फस्र्योट दरमा सामान्य सुधार भएको सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले जानकारी दिए । उनले माघ १९ गतेबाट हामीले नियमित मुद्दासँगै निवेदन तथा प्रतिवेदनको फरक पेसी व्यवस्थापन गरेका छौँ । कोरोनाको असहज…
बिर्तामोड, ३ असार । नागरिकता कीर्ते मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ का ४२ वर्षीय भीमबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा शुक्रवार खड्कालाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए । उनलाई लगत्तै अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनलाई तोकिएको सजाय भुक्तानका लागि कारागार पठाएको छ । जिल्ला प्रशासन कार्यालय झापाको पत्र जाहेरीका आधारमा नागरिकता कीर्ते मुद्दामा खड्का दोषी ठहरिएका थिए । झापा जिल्ला अदालतले २०७३ जेठ ३१ गतेमा उनलाई एक वर्ष छ महिना कैद र पाँच हजार पाँचसय पचासरुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
झापा, ३ साउन । संघीय शासन प्रणालीलाई सफल बनाउने सबैभन्दा महत्त्वपूर्ण भूमिकामा रहेका अधिकाशं स्थानीय तहहरु वित्तीय सुशासन कायम गर्न असफल भएका छन् । महालेखापरीक्षकको ५७औं वार्षिक प्रतिवेदनको स्थानीय तहमा विकृति बढेको भन्दै त्यसलाई रोक्न आन्तरिक प्रणाली स्थापना गर्नुका साथै आन्तरिक लेखापरीक्षणका लागि स्वतन्त्र निकायको व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याएको छ । स्थानीय तहले लेखापरीक्षणमा ध्यान नदिँदासमेत अनियमित किसिमले खर्च गर्ने प्रवृत्ति बढेको महालेखापरीक्षकको प्रतिवेदनको निष्कर्ष छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार स्थानीय तहमा अनियमित किसिमले खर्च गर्ने प्रवृत्ति बढ्दै जाँदा बेरुजुमा समेत अस्वाभाविक वृद्धि हुँदै आएको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार तुलनात्मक रुपमा सबैभन्दा घटी बेरुजु गण्डकी प्रदेशमा रहेका स्थानीय तहमा देखिएको छ…